शुक्रबार, वैशाख १४, २०८१

विधान संशोधन प्रस्ताव सहित एनआरएनए फ्रान्सको वार्षिक साधारण सभा आइतवार

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक १६ गते १९:०९

लामो समयदेखि समेटिन नसकेका नेपालीहरुलाई समेट्ने गरि विधानमा विविध संशोधन प्रस्तावसहित यहि आइतवार (नोभेम्वर ६) मा गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको वार्षिक साधारण सभा घोषणा गरिएको छ ।

एनआरएनए फ्रान्सले सार्वजनिक गरेको सूचना अनुसार यस साधारण सभामा संघको विधानका केही धाराहरू अनुमोदनको लागि प्रस्ताव गर्ने छ।

संवन्धित : सबै नेपालीलाई समेट्ने गरि एनआरएनए फ्रान्सको विधान संशोधन प्रस्ताव, झण्डै दर्जन संस्थाको सहमति

यस साधारण सभामा संशोधन गरिने बुँदा बारे संघको आधिकारिक वेभ साईटमा पहिले नै घोषणा गरिएको सूचनामा उल्लेख छ ।

एनआरएनए फ्रान्सको सूचनाका अनुसार संशोधन गर्न लागिएका धारामा ५, ६, ७, ८, १०.१, ११.८, १२.५, १२.७, १२.१०, १३.७, १४.१, १४.२, २१.१, २१.५, २४, २७.३, २८.३, २९.१, २९.४, ३३.१ छन् ।

ति धाराहरुमा के छन् भन्ने हेर्न यहाँ क्लिक गर्नुहोला ।

साथै उक्त दिनमा संघको वार्षिक कार्यतालिका अन्तर्गतको देउसीभैलोको समापन समेत गरिने भएको छ ।

तपाइँको प्रतिक्रिया