सोमबार, मंसिर १९, २०७९

ब्रेक्जिट ‘गलत’ भन्दै पछुताउने बेलायतीको संख्या बढ्दो

नेपालप्लस संवाददाता / बेलायत२०७९ कार्तिक १६ गते २३:३२

 

सन् २०१६ को ब्रेक्जिट जनमतसंग्रहपछि बेलायतीहरुले त्यो गल्ति थियो भन्दै पछुताउन थालेका छन् । उनीहरुमा त्यो बेलाको जनमत संग्रह परिणामको लहर परिवर्तन भएको देखिन थालेको छ ।

नयाँ सर्वेक्षणका अनुसार बेलायती जनसंख्याको ४३ प्रतिशतले मात्र युरोपेली संघबाट बेलायतको बहिर्गमन राम्रो निर्णय भएको ठान्छन् भने ५७ प्रतिशतले यो गल्ती भएको विश्वास गरेका छन् ।

ब्रिटिश पोलिंग काउन्सिलका अध्यक्ष जोन कर्टिसले बुधवार प्रकट गरेको संख्याले २०१६ को नतिजाबाट एक महत्त्वपूर्ण परिवर्तनलाई प्रतिनिधित्व गरेको छ । युरोपेली युनियनबाट बाहिरिने कि सँगै बस्ने भन्ने विषयमा जनमत संग्रह हुँदा लगभग ५२ प्रतिशत बेलायती मतदाताले ईयु छोड्न मतदान गरेका थिए । तिनको निर्णयले विश्वभर झट्का दिएको थियो ।

संवन्धित : ब्रेक्सिट पछिको एक वर्ष : बेलायत र युरोपेली निर्यातकर्ताहरूलाई कस्तो असर ?

बुधवार पत्रकारहरूसँगको भेटघाटमा कर्टिसले भने “ब्रेक्जिट आज सम्भवतः जुन २०१६ पछिको लोकप्रियताको सबैभन्दा कम स्तरमा छ।”

उनले ईयु समर्थन गर्ने प्रवृत्तिमा सन् २०२१ को शरद ऋतु पछि थप ध्यानाकर्षण भएको बताए । जब लगभग एक लाख लरी चालकहरूको अभावले धेरै ब्रिटिश कम्पनीहरू र उपभोक्ताहरूलाई आयातित सामानहरू किन्न असमर्थ बनायो । त्यसपछि उनीहरुमा ईयु समर्थनको भावना विकास भएको थियो ।

त्यसबेला विश्लेषकहरूको तर्क के थियो भने ति मध्ये धेरै लरी चालकहरू पूर्वी युरोपबाट आएका थिए । तर एकल बजारमा फिर्ता हुनुले कामदारहरूको लागि आवागमनको स्वतन्त्रता सुनिश्चित गर्दछ । तर के भयो भने ब्रेक्जिटपछि कामदारकालागि नियमहरु कडा भए । आवागमन अप्ठेरो बन्यो । सिमामा झन्झट थपियो । नियमहरु कडा बने । कामदारको कागजी प्रक्रिया झन्झटिलो र जटिल बन्यो । परिणामत उनीहरूलाई ईयुका अन्य मुलुकमा राम्रो अवसरहरू खोज्न धकेल्यो ।

बढ्दो मुद्रास्फीति र ऊर्जा मूल्यहरू बढेको यो बिचमा दैनिक जिवनको लागत झनै बढ्यो । जीवन लागतको संकटले ब्रेक्सिटलाई समर्थन गर्नेहरू र पछुताउनेहरू बीचको खाडललाई अझ फराकिलो बनाएको कर्टिसले बताए ।

“यद्यपि जनमत संग्रहको नतिजालाई पुनर्विचार गर्ने निष्कर्षमा पुग्छन् भन्ने सोच्नु धेरै चाँडो हुने छ” उनले भने ।

बहुमत नागरिक पछुताउन थालेपनि बेलायतको कुनै पनि प्रमुख राजनीतिक दलले नयाँ जनमत संग्रहको प्रवर्द्धन वा माग गर्ने कुनै योजना भने बनाएको छैन । किनकि देशले अझै पनि ब्रेक्सिट पछिको पहिचानलाई परिभाषित र स्थापित गर्ने प्रयास गरिरहेको छ ।

कर्टिसको भनाईमा वामपन्थी लेबर पार्टी ईयू सदस्यता वा साझा बजार बारेको बहस पुन: खोल्न तयार देखिंदैन । किनकि यो प्रश्नले मुख्य मतदाताहरूलाई बिच्काउने डर उक्त पार्टीमा देखिन्छ ।

हालैका हप्ताहरूमा कन्जरभेटिभ पार्टीका प्रधानमन्त्रीहरू, बोरिस जोनसन र लिज ट्रसले चार महिना भन्दा कम समयमै राजीनामा गरेपछि लेबर पार्टीको समर्थनमा वृद्धि भएको छ।

“प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा आइपुगेपछि ट्रसका गल्तीहरू सच्याउने वाचा गरेका ऋषि सुनकको नियुक्तिले केही हदसम्म रक्तस्राव रोकिएको छ” कर्टिसले भने।

तर सन् २०१० देखि सत्तामा रहेको टोरीज पछिल्लो मत सर्वेक्षणमा लेबरभन्दा ३० अंकले पछाडि रहेको मत सर्वेक्षणहरुले देखाएका छन् ।

“आर्थिक संकटको समयमा सत्तामा रहेको कुनै पनि सरकार चुनावबाट बच्न सकेन” कर्टिसले पत्रकारहरूलाई भने “उनीहरूले धरातल गुमाएका छन् किनभने जनताको रायले अब कन्जरभेटिभहरूलाई देशको नेतृत्व गर्न विश्वास गर्न सक्दैन ।”

बेलायतको अर्को आम चुनाव जनवरी २०२५ भन्दा पछि हुने भनिएको छ । तर मिति भने तोकिएको छैन ।

संवन्धित :

ब्रेक्जिटको असर तिब्र देखिँदै : पेट्रोलकालागि बेलायतमा घण्टौं लाईन

बेलायतको जीवनस्तरमा यसरि आउँदै छ विनाशकारी गिरावट

विश्वको सबैभन्दा असफल राज्य बन्ने तरखरमा बेलायत !

युरोपेली युनियनबाट बेलायत बाहिरियो : युनियन र बेलायत कसलाई कति घाटा ?

सम्झौता उल्लंघनको आरोपमा बेलायत बिरुद्द युरोपेली युनियनद्वारा दुई मुद्दा दायर

बेलायती खाद्य उत्पादननै ब्रेक्सिटको शिकार : अझै खाद्य संकट थपिने संभावना

ब्रेक्सिट पछिको एक वर्ष : बेलायत र युरोपेली निर्यातकर्ताहरूलाई कस्तो असर ?

ब्रेक्सिटले गर्दा बेलायतलाई ‘उच्च लागत, ब्यापारमा ढिलाइ र थप अवरोधको सम्भावना’ : रिपोर्ट

ब्रेक्जिटपछि युरोपेली युनियन र बेलायतबिचको ब्यापार नाटकियरुपमा गिर्दो

बेलायतमा कामदारको अभावले ईन्धन र खाध्य वस्तुको संकट : १०,५०० अस्थायि भिसा जारि गरिने

तपाइँको प्रतिक्रिया