शुक्रबार, वैशाख १४, २०८१

नेपाल एसोसिएशन र एनआरएनए युएईबिच एकता

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ कार्तिक १७ गते २०:०६

बिगतमा बिभिन्न विवादका कारण अलग अलग भएका एनआरएनए युएई र नेपाल एशोसिएसन युएई बिच हाल एकता गरेर एनआरएनए युएई बनाउन सहमत भएका छन् ।

बिगतमा फुटेका ति दुई संस्थाले एकता गरेर एक हुँदै एनआरएनए युएई बनाएको एनआरएनए केन्द्रिय बिज्ञप्तीमा उल्लेख छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषद युएईको संयुक्त पहलमा युएईमा गैरआवासीय नेपाली संघलाई प्रतिनिधित्व गर्ने संस्था नेपाल एशोसिएसन युएई दर्ता भएको थियो । हाल उक्त संस्था र गैरआवासीय नेपाली संघबिच एकता भएर नेपाल एशोसिएसन नाम भएपनि ति दुई एउटै संस्था रहेको एनआरएनए आईसिसिले जानकारी गराएको छ ।

पछिल्लो समयमा युएईमा रहेका नेपालीबिच असमझदारीको विषयमा सहमती भईसकेको तथा गैरआवासीय नेपाली संघ युएईमा नयाँ कार्यसमिति चयन भईसकेको एनआरएनए केन्द्रिय महासचिव गौरिराज जोशी र केशव पौडेलद्वारा सार्वजनिक गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

युएईमा दर्ता भएको संस्था नेपाल एशोसिएसन युएई युत्यहि देशको स्थानिय प्रावधान अनुसार अधिवेशन गैरआवासीय नेपाली संघ तथा नेपाल एशोसिएसन युएइको संयुक्त रूपमा सम्पन्न गरिने छ । अधिवेशनबाट दुवै संस्थालाई एकगरी अगाडी बढ्नको लागी एनआरएनए आईसिसिले अनुरोध गरेको छ ।

एनआरएनए आईसिसिका महासचिवद्वय जोशी र पौडेलले एनआरएनए युएईका पुर्व अध्यक्ष एबं नेपाल एशोसिएसन युएईका अध्यक्ष रमेश श्रेष्ठलाई सम्बोधन गर्दै दुबै सँस्था एउटै भएको जानकारी गराएका छन् । बिगत केही वर्षदेखी दुई संस्थाबिच भएको आन्तरिक विवादले एनआरएनए निस्क्रिय जस्तै थियो ।

तपाइँको प्रतिक्रिया