शुक्रबार, चैत १६, २०८०

रुससित संवन्ध बिग्रिएपछि चीनसित आर्थिक सम्बन्ध बढाउन जर्मन चान्सलर चीन भ्रमणमा

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ कार्तिक १८ गते १५:५३

फोटो स्रोत-ग्लोबल टिलिग्राफ डट कम

पस्चिमा मुलुकहरुको ब्यापक असन्तुस्टि र आलोचनालाई चिर्दै चीनसित आर्थिक संबन्ध बढाउने उद्देश्यले जर्मन चान्सलर ओलाफ स्कोल्ज चीन पुगेका छन् ।

मुलत आर्थिक विशेषज्ञहरुको दलबल सहित शुक्रवार चीन पुगेका स्कोल्जले चीनसँग आर्थिक सम्बन्ध बढाउने तर त्यो समानताको आधारमा हुनुपर्ने चीनसित आग्रह गरेका छन् ।

रुससित वर्षौंदेखि रहेको निकटताको संवन्ध रुस-युक्रेन युद्दपछि तोडिएर उर्जा र अन्य आर्थिक क्षेत्रमा मार खाइइरहेको जर्मनीका चान्सलर स्कोल्जले आफ्नो पहिलो चीन भ्रमणमा शुक्रबार बेइजिङ ओर्लिनासाथ चीनसँग गहिरो आर्थिक सम्बन्ध खोजेको बताएका हुन् । तर त्यो आर्थिक सम्बन्धमा समान व्यवहारको अपेक्षा गरेको चिनियाँ प्रधानमन्त्रीसँगको भेटमा बताए ।

“हाम्रो लागि के स्पष्ट छ कि हामी चीनसँग दूरी कायम गर्ने र एक पक्षिय विचारमा विश्वास गर्दैनौं । तर यो पनि स्पष्ट छ कि यसको आर्थिक सम्बन्धसँग समानता, पारस्परिकता, लगानीमा पहुँच प्रदान गर्नुपर्दछ भन्ने मुद्दासँग सम्बन्धित छ । उनले चिनियाँ प्रधानमन्त्री ली कियाङसँग वार्ताको सुरुमै उल्लेख गरिएको प्रसंगलाई एक विज्ञप्तिमार्फत् सार्वजनिक गरेका छन् ।

स्कोल्जको भ्रमण सम्भवतः चिनियाँ नेतृत्वको लागि स्वागतयोग्य विकास हो, जसले २० औं पार्टी महाधिवेशनको समाप्ति पछि बाहिरी संसारसँग सम्बन्ध सुधार गर्न खोजिरहेको छ ।

“वर्तमान घरेलु र अन्तर्राष्ट्रिय परिवेशमा चीनलाई उहाँको भ्रमणको आवश्यकता छ । दुबै पक्षले बेइजिङमा संयुक्त रूपमा घोषणा गर्ने जुनसुकै कुरा विशेष गरी पार्टी महाधिवेशनको लगत्तै विशेष अर्थ राख्छ” बेइजिङको रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक शि यिन्होङले भनेका छन् ।

ऐतिहासिक मुद्रास्फीति र जर्मनीमा बढ्दो मन्दीको बीचमा स्कोल्जले चीनसँग निरन्तर सहयोगको आवश्यकतालाई जोड दिन खोजिरहेको विश्लेषकहरूले औंल्याएका छन् ।

जर्मन मेडियाहरुका अनुसार स्कोल्जले राष्ट्रपती सी जिङपिङसँग भेट गर्नेछन् । त्यहाँ उनले मानवअधिकार, ताइवान र जर्मन कम्पनीहरूले चिनियाँ बजारमा पहुँच गर्न सामना गर्ने कठिनाइहरू जस्ता विवादास्पद मुद्दाहरू उठाउने अपेक्षा गरिएको छ।

भ्रमणको बारेमा ईयू र जर्मन सरकारको गठबन्धन भित्रैपनि आलोचना भैरहेको छ । खासगरि ग्रीन पार्टी र लिबरलहरूबाट उनको भ्रमणको आलोचना भएको छ । ईयु देशहरुलेपनि उनको भ्रमणको आलोचना गरेका छन् ।

गठबन्धन साझेदारहरूको विरोधको बाबजुद जर्मनीको ह्याम्बर्ग बन्दरगाह टर्मिनलमा हिस्सेदारी प्राप्त गर्न बर्लिनबाट चिनियाँ शिपिंग विशाल कोस्कोले हरियो संकेत प्राप्त गरेको थियो । जर्मन गठबन्धनका केहि साझेदारले त्यसको बिरोध गर्दागर्दैपनि चीनलाई हरियो बत्ती देखाउन चिनीया कम्पनीसित सम्झौता गरिएको थियो ।

कोस्को सित गरिएको सम्झौतालाई लिएर जर्मनी भित्रको राजनीतिक पङ्क्तिले बिरोध गरेको थियो । जहाज निर्माणदेखि विद्युतीय सवारीसाधनसम्मका प्रमुख उद्योगहरूमा चीनले महत्त्वपूर्ण भूमिका खोजिरहेको बेला हेमबर्ग बन्दरगाहमा चीनलाई पहुँच दिन जर्मनी अगाडि बढेको हो । त्यो किनभने रुससित उर्जा लगायतका अन्य आर्थिक मामिलामा जर्मनीको संवन्ध बिगिएपछि जर्मनीले खास गरि उर्जाको क्षत्रमा मार खाईरहेको छ । त्यसले गर्दा जर्मनीले सामना गरिरहेको अभूतपूर्व आर्थिक मारबाट थोरै भएपनि पार पाउन स्कोल्जलाई आफ्नो पूर्ववर्ती एन्जेला मर्केलले पाएको भन्दा बढी चीनसँग सहयोग चाहिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक