बिहीबार, चैत १५, २०८०

युक्रेनलाई हतियार पठाउन बन्द गर्नुपर्ने भन्दै इटालीमा जुलुस

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक २० गते १:०७

युक्रेनमा शान्तिको आह्वान र इटालीलाई रुसी आक्रमणको बिरूद्ध हतियार पठाउन बन्द गर्न आग्रह गर्दै दशौं हजार इटालियनहरूले राजधानी रोममा शनिबार जुलुस गरेका छन् ।

नाटोको संस्थापक सदस्य इटालीले युक्रेनलाई युद्धको शुरुवातदेखि नै हतियार उपलब्ध गराउँदै आएको छ। नयाँ अति दक्षिणपन्थी प्रधानमन्त्री जर्जिया मेलोनीले ईटालीको भूमिका परिवर्तन नहुने बताउँदै आएकि छन् । उनले सरकारले चाँडै थप हतियार पठाउने अपेक्षा गरिएको समेत उल्लेख गरेकि छन् ।

तर पूर्व प्रधानमन्त्री ग्य्युसेप्पे कोन्टे लगायत केहीले इटालीले हतियार पठाउनुको सट्टा वार्तालाई अगाडि बढाउनुपर्ने बताउँदै आएका छन् ।

प्रदर्शनकारी रोबर्टो जानोटोले एएफपीलाई भने “सुरुमा हतियारहरू किन पठाइएको थियो कि यसले युद्दको वृद्धि हुनबाट रोक्न सक्छ।”

“नौ महिना पछि मलाई लाग्छ कि त्यहाँ वृद्धि भएको छ। तथ्यहरू हेर्नुहोस्: हतियार पठाउँदा युद्ध रोक्न मद्दत गर्दैन, हतियारहरूले युद्धलाई ईन्धन थप्न मद्दत गर्दछ ।”

प्रदर्शनकारीहरुले युक्रेनलाई हतियार दिएर द्वन्द्व झन लम्ब्याउने काम गरेको बताएका छन् । आफ्नो देशलाई आर्थिक भार परेको र मानव अधिकारको सम्मानको लागिपनि हतियार बाधक रहेको बताएका हुन् ।

इटालीलगायत जी ७ राष्ट्रका विदेश मन्त्रीहरूले शुक्रबार रुस विरुद्धको लडाईमा युक्रेनलाई समर्थन जारी राख्ने वाचा गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक