बिहीबार, चैत १५, २०८०

एनआरएनए सचिवालयमा एमालेको भेला

नेपाल प्लस२०७९ कार्तिक २० गते २३:२३

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवालयमा सोमवार नेकपा एमालेको जमघट हुँदै छ । संघकी कार्यकारी अध्यक्ष रवीना थापाले सोमबार वालुवाटरस्थित सचिवालयमा चियापान कार्यक्रमको आयोजना गरेकी हुन् ।

प्राप्त जानकारी अनुसार उनले विदेश बस्ने एमाले समर्थित व्यक्तिहरुलाई चियापान कार्यक्रम राखेकि हुन् ।

नेकपा एमालेको प्रवास विभाग संगठन प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन शनिबारदेखि काठमाडौंमा चलिरहेको छ। आ इतवार नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनका लागि विश्वका विभिन्न मुलुकबाट तीन सयभन्दा बढी प्रतिनिधि काठमाडौं आएका छन्। यिनै प्रतिनिधिलाई थापाले चियापान कार्यक्रम राखेकि हुन् ।

‘एमाले भएपनि विदेशमा बस्ने भएपछि उहाँहरु सबै एनआरएन नै हो। त्यसैले रवीना जीले वधाई ज्ञापन गर्न चियापान कार्यक्रम गर्दै हुनुहुन्छ,’ रवीना निकट एक व्यक्तिले बताए।

एनआरएनए विशुद्ध गैरराजनीतिक संस्था हो। विधानअनुसार राजनीतिक पार्टीको पदमा रहेका व्यक्ति संस्थाको पदाधिकारी हुन पाउँदैनन्। उसको विधानमा राजनीतिसँग सम्बन्धित गतिविधिलाई प्रचार–प्रसार तथा सर–सहयोग गर्न नपाइने उल्लेख छ।

सचिवालयमै पार्टीका कार्यकर्तालाई बोलाएर चिया खुवाउन लागेको कुरा एनआरएनएकै कतिपय प्रतिनिधिलाई मन परेको छैन।

‘गैर–राजनीतिक संस्था भन्ने, सचिवालयमै बोलाएर राजनितिक पार्टीको जनवर्गिय संगठनलाई चियापान गराउने ? यस अघि त राजनितिक संगठनलाईस् अंस्थाग्तरुपमै बोलाएको जानकारि छैन’ एक आइसीसी सदस्यले भने ‘यस्ता गतिविधिले संस्था अरु बिग्रिन्छ। भेटघाट गर्ने मन नै भए छुट्टै किसिमले गरे हुन्छ नि ! किन सचिवालयमै भेला गर्नु ?’

तपाइँको प्रतिक्रिया

फेसबुक