शुक्रबार, वैशाख १४, २०८१

प्रवाशी नेपाली मञ्चको कार्यसमिति निर्विरोध

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ कार्तिक २० गते २३:४०

नेकपा एमालेको प्रवाश विभाग संगठन प्रवाशी नेपाली मञ्चको कार्यसमितिका सबै पदाधिकारी निर्विरोध चयन भएका छन्।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले अमेरिका निवासी संजय थापाको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा अस्ट्रेलियाबाट रमेश पाण्डे चयन भएका छन् ।

यसैगरी सचिवको जिम्मेवारी हेम शेर्पाले पाएका छन् भने उप-सचिवमा चानक पोख्रेल र कर्ण शाही चयन भएका छन्।

यस्तै सदस्यहरुमा गोविन्द पौडेल, राजेन्द्र पुडासैनी, विमला भण्डारी, शिव वरुवाल, कल्पना त्रिपाटी, सुरेन्द्र थपलिया, सरस्वती केसी, हेमराज जोसी, तिर्थ गौतम, ज्योती शर्मा, महेश गिरी, कमल मणी, वलराम गिरी, डा. विनोद श्रेष्ठ, शिशिर नेपाल, विजय फुयाल, सिता केसी, सुरेश केसी, डा. सरोज कँडेल, सन्जु केसी, भक्त गुरुङ, डुण्डीराज पाण्डे, कुन्ति थापा, जानकी कार्की, पुरुषोतम वोहरा र राजेन्द्र सिवाकोटी छन्।

समितिलाई एन आर एन ए केन्द्रिय कार्यकारी अध्यक्ष रवीना थापाले संघको केन्द्रिय सचिवालयमा सोमवार चियापानको कार्यक्रम राखेकि छन् ।

तर राजनितिक पार्टीको जनवर्गिय संगठनलाई गैर राजनितिक भनिएको एनआरएनएको सचिवालयमै आधिकारिक रुपमा बोलाएर राजनितिक संगठनलाई प्रश्रय दिएको भन्दै केहि पदाधिकारीले असन्तुस्टि जाहेर गरेका छन् । तर ति मध्ये कसैलेपनि मुख खोलेरै बिरोध भने गरिसकेका छैनन् ।

तपाइँको प्रतिक्रिया