शुक्रबार, चैत १६, २०८०

एनआरएनएमा केन्द्रिय सदस्य थप्न खोजेपछि बैठक अनिस्चिकालकालागि भंग, भित्रभित्रै फेरि विवाद

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ कार्तिक २१ गते २१:२३

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय कार्यकारि समितिको आइतवार बसेको बैठक आधा घण्टापनि नहुँदै विवादका बिच अनिस्कालसम्मकालागि टुंगिएको छ ।

लामो समयदेखि बस्न नसकेको बैठक आइतवार डाकिएको थियो । कार्यकारी अध्यक्ष भएपछि रवीना थापाको यो पहिलो बैठक थियो । बैठकमा केहि पदाधिकारी उपस्थित भैसकेका थिए । केहि थिएनन् ।

अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) पदाधिकारीहरुको बैठक आधिकारिक रुपमा बस्दै थियो । बस्नासाथ कार्यकारी अध्यक्ष रवीना थापाले पदाधिकारी थप्ने निर्णय सुनाएपछि अध्यक्षद्वय कुल आचार्य र डा बद्रि केसीको सहमतिमा महासचिव गौरी जोशीले बैठक टुंग्याइदिएका थिए ।

बैठक अनिस्चित कालसम्मकालागि टुंग्याइदिएको बारे प्रश्न गर्दा महासचिव गौरीराज जोशीले नेपालप्लससित भने ‘हो बैठक टुंग्याइदिएको हो । अध्यक्षद्वय डा बद्रि केसी,कुल आचार्यसित परामर्श गरेर उहाँहरुको सहमतिमा टुंग्याइदिएको हो ।”

अकस्मात किन टुंगियो त बैठक ?

गैर आवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी समिति ज्यादै ठूलो भएको भन्दै आमरुपमा बिरोध र गुनासो छ । अझै बिभिन्न समिति र आइसिसी सदस्यका रुपमा करिब १०० जना जति मनोनयन र नियुक्तिबारे रस्साकस्सी चलिरहेको छ । आम सदस्यहरु अब थप्नुहुन्न भन्ने पक्षमा छन् । आइसिसी र केन्द्रिय समितिका अधिकांश पदाधिकारीपनि नथप्ने मनोशायमै छन् । त्यसैले अन्तर्राष्ट्रिय समन्वय परिषद, अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र पदाधिकारीबिच बिभिन्न पदमा मनोनयन र नियुक्ति गर्ने बारे मतभेद छ ।

यहि मतभेदका बिचमा बैठकको शुरुमै कार्यकारी अध्यक्ष रवीना थापाले मनोनयन र नियुक्ति गर्न पर्ने प्रस्ताव अगाडि सार्ने गरि प्रस्तुत भईन । पदाधिकारी बैठकमा यो मूल मुद्दा नभएको, आम मानिसको गुनासो रहेको र यसरि एकतर्फिरुपमा थप्न नहुने भनाई राख्दै थिए पदाधिकारीहरु ।

एनआरएनएको कार्यकाल अब एक वर्षपनि बाँकि छैन । त्यसैले अधिकांश केन्द्रिय सदय र आइसिसी पदाधिअकरीहरु संरक्षक समिति, सल्लाहकार समिति मानार्थ सदस्य र मनोनित सदस्य थप्ने पक्षमा छैनन् । तर रवीना थापा भने यो सबै विधानले दिएको भन्दै मनोनित र नियुक्त गर्ने पक्षमा छन् ।

“केन्द्रिय सदस्यहरु मनोनित गर्नै पर्छ । सहमति नभएपनि म नियुक्ति गर्छु । नगरे लिस्टबाट नाम पढेर सुनाउँछु भन्नुभयो बैठकमा । त्यसपछि महासचिवको नाताले मैले दुई जना अध्यक्षहरुलाई फोन गरें । उहाँहरुले जबर्जस्ति नगरौं । नियुक्ति तत्काललाई जरुरत छैन भन्नुभयो । उहाँहरुकै सल्लाहमा बैठक रद्द गरिदिएको हुँ” जोशीले नेपालप्लससित भने । त्यसपछि विवाद उत्कर्षमा पुग्यो ।

एनआरएनएको विधानको परिच्छेद ६ को २२, १४ अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषदले कम्तिमा सात जना महिला प्रतिनिधिसहित बढीमा २१ जनासम्म मनोनित सदस्यहरु निस्चित समयावधिकोलागि मनोनीत गर्न सक्ने ब्यवस्था छ । यो बाध्यकारिपनि होइन । विधानमै ‘मनोनित गर्न सक्ने छ’ भनिएकाले मनोनित नगरेपनि हुन्छ । हो, विधानको यहि धाराका कारण आइतवारको आइसिसी कार्यकारि पदाधिकारी बैठक अनिस्चितकाल सम्मकालागि रोकिएको हो ।

विधानको त्यहि धारामा टेकेर रवीना थापाले केन्द्रिय सदस्यहरु मनोनित गर्न खोजेकि थिईन् । तीन जना अध्यक्ष भएकाले यो २१ जना मनोनित गरिने मध्ये आफ्ना तर्फबाट ७ जना र कुल आचार्यका तर्फबाट ७ गरि १४ जना केन्द्रिय सदस्य मनोनित गर्न खोजेकि थिईन् । उनले बैठकमा ‘विधानले दिएको अधिकार प्रयोग गरेर आजै यि मनोनित गर्नुपर्छ । नगरे नाम पढेर सुनाईन्छ र आज घोषणा गर्नुपर्छ’ भनेपछि विवाद भएको हो ।

सहमतिका आधारमा तीन अध्यक्ष, दुई महासचिव, दुई प्रवक्ता लगायतका पदमा भागबण्डा गरिएकाले हरेक मनोनित सदस्य, सल्लाहकार समिति, संरक्षक समिति लगायतमा भागवबण्डानै गर्ने र त्यसकोलागि सहमतिमा काम गर्ने भनिएको छ ।

नियुक्ति र मनोनयनमा विवाद नहोस् भनेर कार्यप्रणाली, नियुक्ति कसरि गर्ने भनेर ‘अन्तर्राष्ट्रिय समन्वय परिषद २०२१-२०२३ सन्चालन संवन्धि कार्यविधि’ लागु गरेका थिए । त्यसको अर्थ कुनैपनि समिति बनाउने, भंग गर्ने, मनोनित गर्ने वा अन्य कुनैपनि कामकालागि कुन कुन पदाधिकारीले के काम गर्ने, कसरि गर्ने र के भूमिका हुने, वरियताक्रम कसको के हो भन्ने उल्लेख छ । रवीना थापाले यहि कार्यविधिलाई लत्याएको आरोप लागेको छ ।

नियुक्तिका बारेमा बैठकको एजेण्डामा सहमतिपनि भएको थिएन । कार्यविधि अनुसार सहमति नभएकोले बैठक रद्द गरिएको भनाई गौरि जोशीको छ ।

कार्यविधिमा के छ ?

‘अन्तर्राष्ट्रिय समन्वय परिषद २०२१-२०२३ सन्चालन संवन्धि कार्यविधि’ को बुँदा नंबर १।१।७ मा उल्लेख छ ‘तीन जना अध्यक्षले सचिवालयका कर्मचारी तथा संघका विभिन्न निकायका नियुक्ति, करार र जिम्मेवारी तोक्ने कार्य सहमतिमा गर्नुपर्ने छ ।’

हो यो कार्यबिधि अनुसार कुनैपनि नियुक्ति वा मनोनयन गर्दा तीनै जना अध्यक्षले एकापसमा छलफल गरेर सहमतिमै नियुक्ति, मनोनयन गर्नुपर्ने हो । तर तीन जना अध्यक्ष रहेकाले २१ जना मनोनित गर्नुपर्ने केन्द्रिय सदस्यमध्ये मेरो भागमा सात जना पर्छन्, कुल आचार्यका थप सात जना पर्छन् हामी नियुक्ति गर्छौं, आजै घोषणा गर्ने हो’ भनेपछि कार्यविधि तोडिएकाले बैठक अनिस्चितकालकालागि रोकियो ।

महासचिव गौरिराज जोशीको भनाईपनि त्यहि छ । जोशीले संस्थामा विवाद नआओस, नियुक्ति र मनोनयनमा विवाद नआओस् भनेरै कार्यबिधि बनाएको र अध्यक्षबाट त्यो तोड्ने खोजेपछि दुई जना अध्यक्ष र अर्का महासचिव डा केशव पौडेलसित सल्लाह गरेर आफूले बैठक रोकिदिएको बताए ।

जोशीले नेपालप्लससित भने “हरेक नियुक्ति र मनोनयनमा विवाद नहोस् भनेर कार्यबिधि बनाएकै छौं । त्यस्तो नियुक्ति वा मनोनयनमा तीन जना अध्यक्षकै सहमति हुनुपर्ने भन्ने उल्लेखनै छ । सहमति अनुसार मिटिङ अब्स्ने, सहमतिमै कार्यसम्पादन गर्ने र निर्वाचनपनि सहमतिमै गर्ने भन्ने छ । त्यसलाई तोडेर अध्यक्षले आजै घोषणा गर्नुपर्छ भनेपछि कार्यबिधि तोड्ने काम भयो । मैले बाँकि दुई जना अध्यक्ष र महासचिवसित सल्लाह गरेरै बैठक रोकेको हुँ । यसैपनि एनआरएनएको कार्यसमिति धेरि ठूलो भयो भनेर गाली खाइरहेका बेला फेरि विधिनै तोडेर, बाँकि दुई जना अध्यक्षको सहमतिबेगर कसरि तत्कालै मनोनयन गर्ने ?’

महासचिवलाई तत्कालै पत्र

महासचिव गौरी जोशीले पदाधिकारीको बैठक तत्कालै रोकिदिएपछि कार्यकारी अध्यक्ष रवीना थापा आगो भईन् । कार्यकारी अध्यक्षता ग्रहण गरेपछिको यो उनको पहिलो बैठक भएकाले प्रतिष्ठाको विषयपनि थियो । पहिलो बैठकबाटै मनोनित गर्नुपर्ने पदमा झ्यापझुप गरिहाल्ने योजना उनको थियो । तर पहिलो बैठकनै उनकोलागि असहज बनिदिएपछि उनी आगो भईन् ।

त्यसपछि उनले महासचिव गौरी जोशीलाई पत्र काटिन् । जोशीलाई पत्र काट्दै उनले २४ घण्टाभित्र आफूलाई बैठक तय गरी जानकारि गराउन निर्देशन दिईन् । र उनले लेखेको पत्रमा ‘यहाँलाई मेरो कार्यकालमा महासचिवको कर्तब्य निभाउन सक्नुहुँदैन भने यहाँले सो ईच्क्षाले नगर्दापनि हुने जानकारि गराउँछु’ उल्लेख गरेपछि महासचिव जोशीलाई अध्यक्षको शक्ति र दम्भ देखाउन खोजेको महसुस भएको भनाई राख्नेहरुपनि छन् ।

रवीना थापाको २४ घण्टे उर्दीलाई संवोधन गर्दै गौरी जोशीले उत्तर पठाएको बताए । उनले दुई अध्यक्ष, दुई जना महासचिवकै निर्णय अनुसार बैठक रद्द गरेको, अहिलेको कार्य समिति सहमतिमा बनेको र कार्यबिधिमा सहमतिमै नियुक्ति, मनोनयन गर्नुपर्ने उल्लेख भएकाले एक जना अध्यक्षले चाहेर नियुक्ति गर्ने, बैठक बोलाउने गर्न बिधिबिधान त नमिल्ने जवाफ पठाएको नेपालप्लसलाई बताए ।

जोशीले नेपालप्लससलाई भने “अध्यक्षले मलाई काटेको पत्रको जवाफ दिएको छु । मलाई २४ घण्टामा जवाफ दिनु र बैठक बोलाउनु भन्ने चिठ्ठीनै जोक हो ।”

केन्द्रिय सदस्य मनोनित गर्ने, सल्लाहकार र संरक्षक परिषद बनाउने बारे यस अघिदेखि नेपालप्लसले प्रतिक्रिया माग्दा रवीना थापाले भने बेवास्ता गर्दै आएकि छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक