बुधबार, वैशाख ५, २०८१

स्विजरल्याण्डमा प्रदर्शनकारीहरूलाई सुरक्षा खर्च तिराईने

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ कार्तिक २१ गते २३:५४

Image Credit-wikimedia.org

स्विजरल्याण्डको बर्न शहरका अधिकारीहरुले पहिलो पटक हिंसात्मक प्रदर्शन गर्नेलाई सुरक्षा खर्च तिराउने निर्णय गरेका छन् ।

पहिलो पटक बर्न शहरले हिंसात्मक प्रदर्शनका सहभागीहरूलाई भुक्तान गर्न भनेको हो । केहिलाई तोकिएको छ भने अन्यको जाँच भैरहेको छ ।

सरकारले कोविड-१९ नियन्त्रण गर्न अपनाएको उपायहरूको बिरोधमा उत्रिएका विरोधीहरूले एक सय स्विस फ्र्यांकदेखि एक हजार सम्म भुक्तान गर्नुपर्ने छ । उक्त रकमलाई शहरले प्रहरीको लागत भनेको छ ।

सन् २०२१ को शरद ऋतुमा कोविड उपायहरू विरुद्ध अनाधिकृत प्रदर्शनहरूमा हिंसात्मक तरिकाले प्रस्तुत हुने प्रदर्शनकारिहरुलाई जरिवाना लगाइने बर्न शहरका अधिकारीहरुले बताएका हुन् । सुरक्षा गार्डहरूमाथि आक्रमण गर्ने केही सहभागीहरूलाई पहिले नै दोषी ठहर गरिएको र अन्य केहिले निकट निकट भविष्यमा निषेधाज्ञाहरू प्राप्त गर्न सक्ने बर्न शहरका लागि सुरक्षा निर्देशक रेटो नउजले स्विस टेलिभिजन, एसआरएफई बताएका हुन् । उनले केहिलाई पहिचान गरी कारबाही प्रक्रिया अझै बाँकी रहेको उल्लेख गरेका छन् ।

बर्न प्रदेशको प्रहरी कानूनमा जुन २०२० देखि खर्चको विवरण निकालिएको छ । यसलाई विधेयकका रुपमा २०१९ मा मतदाताहरूले स्वीकृत गरेको थिए। प्रान्तले आयोजक वा हिसात्मक प्रदर्शनमा संलग्न ब्यक्तिलाई १० हजार स्विस फ्र्क्यांक देखि अझ गम्भिर खालको घटनामा दोषी देखिए ३० हजार स्विस फ्र्यांकसम्म जरिवाना तोक्न सक्ने उल्लेख छ ।

त्यो जरिवाना लगाउँदा ईजाजत नलिईकनै प्रदर्शन गरेको, हिंसात्मक भएको र जरिवाना तोकिएको सम्बन्धित व्यक्तिहरूलाई आरोपका घटनाहरू प्रहरीले प्रमाणित गर्न  सक्नुपर्ने छ ।

सरकारले कोरोना भाईरसको रोकथाम र नियन्त्रणकालागि जारि गरेका नियमहरु बिरुद्द बिपक्षीहरुले अनधिक्रित तरिकाले प्रदर्शन गर्दा प्रहरीको ठूलो संख्या उपस्थित हुनुपर्नाले राज्यलाई भार पार्न नहुने बर्न शहरका अधिकारीहरुको भनाई छ । सुरक्षा लागत प्रत्येक पटक एक लाख स्विस फ्र्यांकदेखि दुई लाख स्विसफ्र्यांकसम्म लागेकाले उक्त रकम प्रदर्शनकारीलेनै ब्यहोर्नुपर्ने नियम बनाइएको हो ।

डेमोक्र्याटिक लयर्स अफ बर्न (डिजिबी) ले यसरि प्रदर्शनकारीमाथि जरिवाना लगाउनाले मौलिक अधिकारको कटौती भन्दै यो मुद्दालाई सर्वोच्च अदालतमा लगेर समिक्षा गरिने बताएको छ ।

तपाइँको प्रतिक्रिया