शनिबार, वैशाख ८, २०८१

विश्व प्रसिद्ध आइफल टावरबाट गगन थापाको प्रचार

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक २२ गते १५:२५

शनीवार एक हुल युवाहरु विश्व प्रसिद्द फ्रान्सको आइफल टावर (आफल धरहरा) पुगे । केहिबेर सल्बलाए । झोलाबाट केहि पोस्टर निकाले । पोस्टरमा लेखिएको थियो ‘माई ओन्ली होप गगन फर पि एम, भोट फर गगन थापा, भोट फर नेपाली कांग्रेस ।’

तिनको सन्देशमा ‘मेरो एक मात्र आशा प्रधानमन्त्रीमा गगन थापा, गगन थापालाई भोट, नेपाली कांग्रेसलाई मत ।’

विश्व प्रसिद्द धरहरा हो त्यो । विश्वका सात आश्चर्य मध्येको एक । विश्वभरिका पर्यटकको भिड भैरहने ठाउँ । नेपाली युवाले त्यस्तो पोस्टर बोक्दै आइफल धरहरामा टाँसेझैं गरेर फोटो खिच्दै गरेको देखेपनि वरिपरिका पर्यटकपनि अचम्ममा परे ।

पोस्टरमा देखिएको ब्यक्ति फ्रान्समा चिनिएको छैन । युरोपमै देखिए जानेको, चर्चित पनि होइन । के होला यो ? को होला यो ? धेरैलाई चासो र कौतुहलता जाग्यो र तिनले निकै आस्चर्य मानेर फोटो खिचे ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै कांग्रेस भात्रि संगठन जनसंपर्क समिति, फ्रान्सका कार्यकर्ता विश्व प्रसिद्द आइफल टावर पुगेका थिए ।

त्यसरि प्रचार गर्न पुग्नेमा नेपाली जनसंपर्क समितिका अध्यक्ष सुधिर राना पनि थिए ।

देशमा बुढा नेताबाट आशा मरेकोले अब युवाहरुनै अगाडि बढ्नुपर्ने र युवाहरुमा सबैभन्दा उत्तम गगन थापा रहेको उनले दाबी गरे ।

“आइफल टावर विश्वकै आश्चर्यजनक चिज हो । यहाँबाट हुने गतिबिधिले संसारको ध्यान तान्छ । हामीले आइफल टावरबाट गर्दा ‘ए फ्रान्सको आइफल टावरबाटपनि गगन थापाकोलागि समर्थन रहेछ’ भन्ने सन्देश विश्वभर जाओस् भनेर गरेका हौं” सुधिर रानाले भने “अब प्रधनामन्त्रि म हुन्छु भनेर दाबीका साथ युवा नेताका रुपमा गगन थापा आएकाले हामीले समर्थन गरेका हौं ।”

गगन थापाको फोटोसहितको पोस्टर लिएर तस्विर खिच्दा आइफल टावर घुम्न आएका बिदेशीले निकै रोमान्चक मानेर कौतुहहलतापूर्वक हेरेकोपनि रानाले बताए ।

“भोट फर फलानो लेख्या छ, के होला, को होला भनेर निकै आस्चर्य मानेर बिदेशीहरुले हाम्रो फोटो खिच्दै थिए” उनले सुनाए ।

तपाइँको प्रतिक्रिया

फेसबुक