बिहीबार, वैशाख ६, २०८१

औसत व्यक्तिको तुलनामा करोडौं गुणा बढी उत्सर्जनका जिम्मेवार अर्बपतिहरू

जोसुवा आक्यु / फ्रान्स२०७९ कार्तिक २२ गते २३:४५

सामान्य व्यक्तिको तुलनामा करोडौं गुणा बढी हरितगृह ग्यास उत्सर्जनका लागि अरबपतिहरू जिम्मेवार रहेका छन् र तिनलाई त्यहि मात्रामा जिम्मेर बनाउनुपर्ने आवाज उठेको छ ।

अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामले गरेको अनुसन्धानले १२५ अर्बपतिहरूको मात्र लगानीले प्रत्येक वर्ष ३९ करोड ३० लाख टन कार्बनडाईअक्साईड उत्सर्जन गर्छ । त्यो भनेको आठ करोड ५० लाख कारहरूको वार्षिक उत्सर्जन बराबर हो ।

यो सामान्य अवस्थाका ९० प्रतिशत मानिसको तुलनामा १० लाख गुणा बढी हो । औसतमा एक लाख ७३ हजार युरोभन्दा कम कमाउने सबै यस समूहमा पर्छन् ।

कोप २७ मा जलवायु समस्याको आपतकालिन अवस्था सामना गर्नका लागि विश्वका अति धनीहरूले थप जिम्मेवारी लिनुपर्ने आवाज उठिरहेको छ । तिनको काँधमा थप वित्तीय जिम्मेवारी बोक्न लगाउनुपर्छ भन्ने आह्वानका बीचमा यो रिपोर्ट आएको हो ।

सोमबार इजिप्टमा भएको शिखर सम्मेलनमा अर्बपति अमेजनका संस्थापक जेफ बेजोसले स्थापना गरेको बेजोस अर्थ कोषले कार्बनको भण्डार र जैविक विविधतालाई जोगाउन २०३० सम्ममा एक अर्ब युरो दिने वाचा गरेको छ।

यद्यपि बेजोसको परोपकारी संस्थाका प्रमुख कार्यकारि अधिक्रित (सीईओ) एन्ड्रयू स्टीयरले पहिले भनेका थिए ‘धनी देशहरूले छोडेको जलवायु वित्तिय खाडलहरू अरबपतिहरूले पूरा गर्ने अपेक्षा गर्नु हुँदैन।’

केही मुठ्ठीभर अरबपतिद्वारा फ्रान्स वा इजिप्टले जति उत्सर्जन

विश्वका धनी व्यक्तिहरूको उत्सर्जनसम्बन्धी प्रतिवेदन विश्वका धनी अर्बपतिहरूमध्ये १२५ जनाको लगानीको विस्तृत विश्लेषणमा आधारित थियो । सामूहिक रूपमा तिनीहरूसँग १८३ कम्पनीहरूमा २४ खर्ब युरो हिस्सेदारी छ।

यी अर्बपतिहरूको लगानीले वार्षिक औसत तीन लाख टन कार्बनडाईअक्साईड उत्पादन गर्दछ । जबकि अधिकांश वा सामान्य अवस्थाका ९० प्रतिशत औसत व्यक्तिले दुई दशमलव ७६ टन मात्रै उत्सर्जन गर्छन् ।

कार्बन डाइअक्साइड सबैभन्दा महत्त्वपूर्ण हरितगृह ग्यास हो जसले वायुमण्डलमा तापलाई बढाएर र वातावरणमा विकिरण गरेर गोलार्धलाई तिब्ररुपमा तताउन प्ररित गर्छ ।

“यी केही अर्बपतिहरूले मिलेर ‘उत्सर्जन लगानी’ गरिरहेका छन् जसले फ्रान्स, इजिप्ट वा अर्जेन्टिना जस्ता सम्पूर्ण देशहरूको कार्बन फुटप्रिन्ट बराबर उत्सर्जन गर्छ,” अक्सफामका जलवायु परिवर्तन प्रमुख नाफकोटे दाबीले रिपोर्ट सार्वजनिक गर्दै भनेका छन् ।

“समग्र उत्सर्जनका लागि धनी व्यक्तिहरूको प्रमुख र बढ्दो जिम्मेवारीलाई जलवायु नीति निर्माणमा विरलै छलफलमा ल्याउने गरिन्छ। यो परिवर्तन हुनुपर्छ” उनको भनाई छ।

अर्बपतिहरूको वास्तविक कार्बन उत्सर्जन ठूलो हुनसक्ने

विश्वका अति धनीहरूले सिर्जना गरेको प्रदूषक उत्सर्जनको वास्तविक मात्रा खासमा धेरै बढी हुने सम्भावना रहेको भन्दै अक्सफामको प्रतिवेदनले सचेत गराएको छ ।

कम्पनीहरूद्वारा प्रकाशित कार्बन उत्सर्जनको रिपोर्टले व्यवस्थित रूपमा तिनीहरूको वास्तविक कार्बन प्रभावलाई कम आँकलन देखाउने गरेको छ ।

ठोस तथ्याङ्कको अभावका कारण यी व्यक्तिहरूलाई अनुसन्धानमा समावेश गरिएको थिएन।

“ग्रहलाई नष्ट गर्ने प्रदूषणकारी लगानीहरूबाट अति धनीहरूलाई टाढा राख्न र नियमन गर्न आवश्यक छ” अर्क्सफामले भनेको छ ।

विश्वका अर्बपतिहरूमा सम्पत्ति करले वार्षिक १४ खर्ब युरो उठाउन सक्ने उनीहरूले अनुमान गरे । त्यसले जलवायु संकटबाट सबैभन्दा बढी प्रभावित विकासशील देशहरूलाई मद्दत गर्न सक्छ ।

अरबपतिहरूद्वारा स्वैच्छिक पहल

कोप २७ मा केही अर्बपतिहरूले जलवायु परिवर्तनको समस्या हल गर्न भन्दै आफ्नै स्वैच्छिक पहलहरूको घोषणा गरेका छन् । यद्यपि अरू धेरै ब्यक्तिले त्यसमा गुनासो गरेका छन् ।

बेजोसको अर्थ कोषले हालसम्म यसको १० अर्ब यूरो कोषको ३० प्रतिशत प्रकृति संरक्षण, पुनर्स्थापना र खाद्य-प्रणाली परिवर्तनका लागि प्रतिबद्धता गरेको छ ।

इजिप्टमा भैरहेको संयुक्त राष्ट्र संघको जलवायु शिखर सम्मेलन कोप २७ सम्मेलनमा अफ्रिकी र युरोपेली देशहरूसँग भूमि पुनर्स्थापनामा मद्दत गर्नको लागि गठबन्धन गर्न खोजिंदै छ ।

सोमबार गार्डियनसँग कुरा गर्दै बेजोसको वातावरणीय कोष स्टीयरका प्रमुखले भनेका छन् “धनी राष्ट्रहरूले आफ्नो वित्तीय प्रतिज्ञाहरू पूरा गर्न असफल भएर छोडेको कोषको खाली ठाउँ परोपकारीहरूले भर्नु हुँदैन ।”

जलवायु परिवर्तनका कारण हुने क्षतिको जिम्मेवारी र त्यसलाई समाधान गर्न कसले तिर्ने भन्ने विषयहरू यस वर्षको कोप २७ मा मुख्य मुद्दा हुँदै छ ।

“हामी केवल सरकारी पैसा तिर्ने, राज्य कोषद्वारा प्रतिस्थापन गर्न प्रतिरोध गर्न चाहन्छौं। त्यो राम्रो हुनेछैन” “स्टीयरले भने । उनले राज्य मात्र जिम्मेवार नरहेर धनाढ्यहरुपनि जिम्मेवार रहेकाले तिनलाईपनि उत्सर्जन बिरुद्द तिराउनुपर्ने र उत्सर्जन कम गराउने उपाय निकाल्नुपर्ने संकेत गर्न खोजेका हुन् ।

“हामी कुनै न कुनै रूपमा सरकारको विकल्प हौं भन्ने बिचार हामीले नक्कल गर्ने वा त्यो बिचार किन्नु हुन्न भन्ने लाग्छ । किनकि सरकारहरूको दायित्व हुन्छ र उनीहरू त्यो हदसम्म बाँचिरहेका छैनन् ।” उनले सरकारले मात्रै हालको कार्बन उत्सर्जन गराएका छैनन् र सरकार मात्रै दोषी वा जिम्मेवार छ भन्ने बिचार राखिरहनु उचित होइन भन्न खोजेका हुन् ।

निगमहरूले महत्वाकांक्षी र समयबद्ध जलवायु परिवर्तन कार्य योजनाहरू राख्नु पर्छ भन्नेमा अक्सफ्यामले जोड दिएको छ । सरकारले पनि प्रदूषण गर्ने उद्योगहरूमा लगानी गर्ने विश्वव्यापी अभिजात वर्गलाई कर लगाउन आवश्यक छ।

“हामीलाई कोप २७ चाहिन्छ । ठूला निगमहरू र तिनीहरूका धनी लगानीकर्ताहरूले प्रदूषणबाट लाभ उठाएर जलवायु संकटलाई चलाउन खेलिरहेको भूमिकालाई उजागर गर्न र परिवर्तन गर्न आवश्यक छ” डाबीले भने “उनीहरूलाई तथ्य लुकाउन दिन वा त्यो उत्सर्जन गरेको पखाल्नकालागि हरियो बत्ती दिन सकिँदैन ।”

(युरो न्युजको लेखलाई नेपालप्लसले थप सामाग्रिसहित भावानुवाद गरेको हो-सं)

तपाइँको प्रतिक्रिया

फेसबुक