शुक्रबार, वैशाख १४, २०८१

‘महिलाले मदिरा धेरै पिएकाले बच्चा कम जन्मिए’ पोल्याण्डका नेता

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक २३ गते १८:१०

देशको सत्तारुढ दलका नेताले पोल्याण्डको कम जन्मदर आंशिक रूपमा महिलाहरूले अत्यधिक मदिरा सेवन गरेको कारण भएको दाबी गरेपछि ब्यापक बिरोध भएको छ ।

पोल्याण्डको एक महिला अधिकार समूहले महिलालाई हेपेको भन्दै मानिसहरूलाई त्यसको बिरोधमा प्रदर्शन गर्न आग्रह गरेको छ ।

विपक्षी राजनीतिज्ञहरू, कार्यकर्ताहरू र सेलिब्रेटीहरूले ७३ वर्षीय बिदुर जारोस्लाव काजिन्स्कीलाई सिमाघेरा नाघेको, अप्रसंगका कुरा बोलेर महिलालाई हेपेको आरोप लागएका छन् ।

उनीहरूले सन् २०१५ पछि उनी पोल्याण्डका सबैभन्दा शक्तिशाली राजनीतिज्ञ काक्सिन्स्की रहेको र तीन करोड ८० लाख जनसंख्या भएको देशमा कम जन्मदर हुनुमा उनीनै आंशिक रूपमा जिम्मेवार रहेको बताएका छन् ।

विशेष गरी, आलोचकहरूले गर्भपतनमा बढ्दो प्रतिबन्धहरू लगाएकाले केही महिलाहरूलाई गर्भवती हुन निरुत्साहित गरेको आरोप लगाएका छन् । अन्य केहिले लगभग १८ प्रतिशत पुगेको मुद्रास्फीतिले गर्दा युवाहरूलाई परिवार हुर्काउनमा कठिनाइ भएको टिप्पणी गरेका छन् ।

पोल्याण्डको एक महिला अधिकार समूह काक्जिन्स्कीको टिप्पणीलाई लिएर आक्रोशित भएको छ । पोल्याण्डमा महिलाहरूलाई मतदानको अधिकार प्राप्त गरेको १०४ औं वार्षिकोत्सव नोभेम्बर २८ मा काक्जिन्स्कीको वार्सा स्थित घर अगाडि विरोध प्रदर्शन गर्न मानिसहरूलाई आग्रह गरेको छ ।

“पोल्यान्ड नर्क भएको कारणले महिलाहरूले बच्चा जन्माउँदैनन् भन्ने पोल्यान्डका महिलाहरूका बारेमा पुरानो हेपाहा बोली वा भनाई (गिजरको क्रिटिनस शब्दहरू) यो हाम्रो वास्तविकताको एक अंश मात्र हो” महिला अभियन्ताहरुले फेसबुकमा लेखेका छन् र पोल्याण्ड नरक भएको कारणले होइन ।”

समूहले पोल्याण्डमा गर्भपतन निषेध गर्नु, यौन शिक्षाको कमी र इन भिट्रो प्रक्रिया (बिजलाई अन्यत्रै विकास अग्रि डिम्बमा लगेर रकह्ने प्रक्रिया) हरूमा पहुँचको अभाव, मुद्रास्फीति, आवासको अभाव र डे केयर सेन्टरहरूमा पहुँचको अभावलगायत देशको कम जन्मदरका धेरै कारणहरू रहेको बताएको छ ।

लोकतान्त्रिक सत्तारुढ दलको कानून र न्यायका नेता काजिन्स्कीले शनिबार भनेका थिए “यहाँ कहिलेकाहीँ थोरै खुलेर भन्न आवश्यक छ । केहि तीतो कुराहरू। उदाहरणका लागि अवस्था यस्तो रह्यो कि २५ वर्षको उमेरसम्म केटीहरू, युवतीहरूले आफ्ना साथीहरू जस्तै पिउँछन्, तिनको कुनै बच्चा हुने छैनन् ।”

कुनै चिकित्सा प्रमाण बिना उनले दाबी गरेका थिए “रक्सीको विकास गर्न, औसत पुरुषले २० वर्षको लागि अत्यधिक पिउनुपर्छ । तर महिलाले मात्र दुई वर्ष ।”

“म साँच्चै महिला समानताको एक निष्कपट समर्थक हुँ, तर म महिलाहरू पुरुष भएको नाटक गर्ने र पुरुषहरूले महिला भएको नाटक गर्ने समर्थक होइन” काजिन्स्कीले भने।

पोल्याण्डको गर्भपतन अधिकार युरोपमा सबैभन्दा प्रतिबन्धित मानिन्छ ।

तपाइँको प्रतिक्रिया