मंगलबार, वैशाख ११, २०८१

मुद्रास्फीतिको विरोधमा ग्रीस र बेल्जियममा हडताल : प्रदर्शनकारि र सुरक्षाकर्मीबिच झडप, यातायात अवरुद्द

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक २३ गते १९:१९

ग्रीसमा मूल्यवृद्धिको विरोधमा आयोजना गरिएको आम हड्तालमा प्रहरी र प्रदर्शनकारिबिच झडप भएको छ । ग्रीसका दुई ठूला सहर एथेन्स र थेसालोनिकीमा जुलुसका क्रममा प्रदर्शनकारी र दंगा प्रहरीको समूहबीच झडप भएको थियो ।

त्यहाँको बिरोध कार्यक्रममा हजारौं मानिसहरूले प्रदर्शन गरेका छन्। ककटेल र ढुङ्गा हाने, जसले अश्रु ग्यास र स्टन ग्रेनेडसहित प्रहरीले जवाफ दियो । गम्भिर क्षती वा कुनैपनि चोटपटकको तत्काल कुनै रिपोर्ट आएको छैन ।

ट्रेड युनियनहरूले ज्याला वृद्धिको आह्वान गरेपछि बेल्जियमका मजदुरहरूले पनि दैनिक जीवनको लागत वृद्धि बिरुद्द बुधबार राष्ट्रव्यापी हडताल गरेका छन्।

अधिकांश रेल र सार्वजनिक यातायात न्युन संख्यामा चले । ब्रसेल्स एयरपोर्टमा ६० प्रतिशत उडानहरू रद्द गरियो । सुपरमार्केट, पसल, सुपरमार्केट र अस्पतालका कर्मचारीहरू पनि हडतालमा सामेल भए ।

बढ्दो मुद्रास्फीतिको विरोधमा बुधबार सार्वजनिक र केही निजी क्षेत्रका कर्मचारीले २४ घण्टा काम छाडेका छन् ।

ग्रीसको हडतालले देशभरका सेवाहरू अवरुद्ध पारेको छ । राज्यद्वारा सञ्चालित विद्यालयहरू बन्द भए । केही सार्वजनिक अस्पतालमा समेत कर्मचारीले हडतालमा संलग्न भएपछि कर्मचारी अभाव बह्यो ।

ग्रीसमा धेरैजसो सार्वजनिक यातायात पनि ठप्प भएको छ । त्यहाँ साना टापुहरूमा चल्ने फेरी (डुंगा) सेवाहरू पनि अवरुद्दभएका छन् । एयरलाइन्सहरूले दर्जनौं उडानहरू रद्द गरिसकेका छन् ।

युरोपमा दैनिक जिवन लागत झन बढीरहेको छ । युक्रेन-रूस युद्धले ऊर्जा र खाद्यान्नको मूल्य बढाईदिएपछि जनजिवन कष्टमय बन्दै गएपनि ऊर्जा कम्पनीहरूले भने नाफा बढाउँदैलगेका छन् ।

“हामी सबैका लागि उच्च पारिश्रमिक र सामाजिक सुरक्षाको माग गर्दछौं” निजी कर्मचारीहरूको महासंघ जिएस ईईले प्रेस बिज्ञप्तीमा भनेको छ ।

ग्रीस र बेल्जियम सहित यूरो मुद्रा प्रयोग गर्ने १९ देशहरूमा मुद्रास्फीति गत महिना १० दशमलव ७ प्रतिशतमा पुगेको छ।

केही देशहरूले ऊर्जा राहत प्याकेजहरू पारित गरे पनि धेरैले आफ्ना सरकारहरूलाई उर्जाको बढ्दो बिलको मूल्य घटाउन आग्रह गरेका छन्।

ग्रीस सरकारले सबैभन्दा कम आम्दानी गर्नेहरूका लागि २५० यूरोको असाधारण सहायता, विद्यार्थीहरूका लागि आवास सहायता र किसानहरूका लागि आपतकालीन अनुदानसहित पाँच अर्ब ५० करोड आर्थिक प्याकेज घोषणा गरेको छ।

तर मजदुर युनियनहरूले भने यो प्याकेज सत्तारुढ कन्जरभेटिभ पार्टीको चुनावी अभियानको हिस्सा भएको आरोप लगाएका छन् ।

बेलायतमा, देशको सबैभन्दा ठूलो नर्सिङ युनियनले आफ्नो १०६ वर्षको इतिहासमा पहिलो पटक हड्तालको घोषणा गरेको छ। फ्रान्सले पनि बिहीबार मुद्रास्फितिका बिरुद्द राष्ट्रव्यापी बिरोध घोषणाको अपेक्षा गरिएको छ ।

(स्रोत-युरोन्युज, एपी र एफपी)

तपाइँको प्रतिक्रिया