शुक्रबार, चैत १६, २०८०

भूकम्प पिडितलाई एनआरएनएद्वारा राहत दिने घोषणा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक २३ गते १९:३३

गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष रवीना थापाले भूकम्प पीडित परिवारलाई राहत दिने बताएकी छन् । बुधबार कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले भूकम्प पीडित परिवारलाई राहत दिने प्रतिबद्धता जनाएकी हुन् ।

‘भूकम्पले क्षति गरेको थाहा पाएपछि सुदूरपश्चिम पुगेका छौं’ उनले भनिन् ‘पीडित परिवारलाई राहतका लागि सहयोग गर्ने तयारी गरेका छौं ।’

बुधवार विहान २ः१३ बजे आएको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेकी अध्यक्ष थापाले समस्यामा परेका नेपालीको सहयोगका साथै देशको विकास र समृद्धिका लागि एनआरएनए सधैं तत्पर रहेको बताइन् ।

कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले एनएआरएनले सुदूरपश्चिमसहित देशको विकासमा पर्याएको योगदानको प्रशंसा गरे । कोरोनाकाल लगायतमा एनआरएनएले सुदूरपश्चिमबासीका लागि महत्वपूर्ण सहयोग गरेको बताए । साथै उनले सुदूरपश्चिमको विकासका लागि यहाँको पर्यटन, उद्योगलगायतमा लगानी गर्नसमेत आग्रह गरे ।

कैलाली उद्योग वाणिज्य संंघका अध्यक्ष कुँवरको अध्यक्षतामा भएको स्वागत तथा भेटघाट कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा संघका महासचिव ओम विष्टले सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषिलगायतका बारेमा प्रकाश पारेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक