शुक्रबार, वैशाख १४, २०८१

मूल्यवृद्धिको बिरोधमा ट्रेड युनियनका मजदुरहरूद्वारा फ्रान्सभर प्रदर्शन

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक २४ गते २३:३२

फ्रान्समा चर्को मूल्य बढेको र दैनिक जिवनको लागत महँगो भएको भन्दै बिहिवार मजदूर युनियनहरुले बिरोध प्रदर्शन गरेका छन् ।

जुलुस प्रदर्शन गर्नेहरुले पेरिसमा मुद्रास्फीतिसँग जुध्न थप ज्याला र तलब बढाउनुपर्ने माग गरेका हुन् ।

फ्रान्सको राजधानीमा भएको विरोध जुलुसका क्रममा रेल चालक र अन्य सार्वजनिक क्षेत्रका कर्मचारीहरूद्वारा बहिस्कार गरिएको थियो । यो यातायात हडतालको राष्ट्रव्यापी आन्दोलनको एक भाग थियो जसले देशभर यातायातमा समस्या निम्त्यायो ।

फ्रान्स र युरोका धेरै मुलुकमा सरकारप्रति कामदारहरूको असन्तुष्टि बढ्दै गएको छ । प्रदर्शन गर्नेहरू जनताको माग सरकारले पुरा गर्न नसकेको, नसुनेको भन्दै आक्रोशित भएका छन्।

बिहिवारको प्रदर्शनमा फ्रान्सेली राष्ट्रिय विद्यार्थी युनियनका सदस्यहरूले समेत ट्रेड युनियन सदस्यहरूसँग मिलेर प्रदर्क्हन गरेका हुन् ।

“हामी सबै व्यक्तिगत रूपमा प्रभावित छौं। त्यसैले एकताबद्द छौं । कामदारहरूको समस्या महसुस गर्छौं किनभने हामी पनि कामदार हौं,” फ्रान्सको नेशनल स्टुडेन्ट युनियनका अध्यक्ष भिक्टर मेन्डेजले नँतेयरस्थित पेरिस विश्वविद्यालयमा भने ।

“धेरै जसो विद्यार्थीहरूले उनीहरूको पढाइको अतिरिक्त काम पनि गर्छन् । र कक्षा सक्किएपछि हामी काममा जान्छौं, र हामीले हाम्रो परिवारलाई संघर्ष गरिरहेको देख्छौं, त्यसैले यो हाम्रो संघर्ष पनि हो” उनले भने “अधिकांश परिवारहरूलाई अण्डा, रोटी, मासुको बक्स किन्न गाह्रो भइरहेको छ, यो विश्वको छैटौं शक्तिशाली देश हो। फ्रान्समा यस्तोमा जनतालाई राखिरहन सम्भव छैन।”

“हाम्रो विश्वास के छ बह्ने तलब बढाउनु र सबै सार्वजनिक सेवाहरूमा धनीहरूलाई कर तिर्न लगाउनु नै उत्तम तरिका हो। हामीले यो माग गरिरहेका छौं,” मेन्डेजले बताए।

फ्रान्सेली अधिकारीहरूले बिहीबार फ्रान्सभरि जम्मा ३० हजार चार सय मानिसहरूले प्रदर्शन गरेको बताएका छन् । तर प्रदर्शन आव्हानकर्ता ट्रेड युनियन सिजिटीले भने एक लाखले प्रदर्शन गरेको दाबी गरेको छ ।

युरोपमा हालैका महिनाहरूमा बढ्दो मुद्रास्फीतिलाई लिएर शृंखलाबद्ध विरोध र हडतालहरू भैरहेका छन् । नर्स, पाइलट, हुलाक कर्मचारी, रेलवे कर्मचारी, शिक्षक र अरू पेशाकालेपनि काममा हडताल गरेका छन् । रुस-युक्रेन युद्दले युरोपभरि खाध्यान्न, ईन्धन र अन्य दैनिक उपभोग्य वस्तुको मूल्य बढाएपछि त्यसको अनुपातमा तलब बढाउनुपर्ने माग राख्दै आन्दोलन अग्रिरहेका छन् । मुद्रास्फीति निकै उच्च भएकाले त्यससँग तालमेल हुनेगरि ज्याला बढाउनुपर्ने माग गरेका हुन् ।

युरोपेली नेताहरूले ऊर्जा राहत प्याकेजहरू पारित गरे पनि बढ्दो बिलहरू कम गर्न, तलब बढाउन सरकारहरूलाई दबाब दिने उद्देश्यले मजदुर युनियनहरूले सडक आन्दोलनहरू पनि आयोजना गरिरहेका छन्।

मूल्य वृद्धिका बिरुद्द बुधवार ग्रीस र जर्मनीमापनि प्रदर्शन भएको थियो । ग्रीसमा भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारिबिच हिंसात्मक भएको थियो ।

तपाइँको प्रतिक्रिया