शुक्रबार, वैशाख ७, २०८१

विश्वकपका लागि कतार छनोट गरेकोमा फिफाका पूर्व अध्यक्षद्वारा खेद व्यक्त

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ कार्तिक २५ गते २०:१२

 

फिफाका पूर्व अध्यक्ष स्टेप ब्लाटरले खाडी राष्ट्र निकै सानो भएकाले २०२२ को विश्वकप आयोजना गर्न कतारलाई छनोट गर्नु गल्ती भएको बताएका छन् ।

कतारको लागि फुटबल र विश्वकप धेरै ठूलो भयो” विश्व फुटबलको प्रशासकीय निकाय फिफाका पूर्व अध्यक्षले मंगलबार स्विस तामिडिया समूहका समाचारपत्रहरूसँगको अन्तर्वार्तामा भने ।

“त्यो एक खराब विकल्प थियो” ब्लाटरले भने “र मैले त्यसबेला अध्यक्षको रूपमा यसको जिम्मेवारी लिएको थिएँ ।”

सुरुमा कार्यकारी समितिले २०१८ को विश्वकप रसियालाई र २०२२ को विश्वकप संयुक्त राज्य अमेरिकालाई दिन चाहेको थियो । “दुई राजनीतिक प्रतिद्वन्द्वीले एकपछि अर्को विश्वकप आयोजना गरेको भए यो शान्तिको संकेत हुने थियो” ब्लाटरले भने “तर कसलाई दिने भन्ने विषयमा महत्त्वपूर्ण मतहरू त्यसपछि कतारमा गए ।”

ब्लाटरले फ्रान्सेली राष्ट्रपति निकोला सार्कोजी र युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युईएफए) का पूर्व प्रमुख मिशेल प्लाटिनीबीच भएको भेटघाटलाई प्रमुख मतको रुपमा उद्धृत गरे।

ब्लाटरले जुलाईमा स्विट्जरल्याण्डको संघीय फौजदारी अदालतमा ठगीको आरोपमा आफूले सफाइ पाएको कुरा स्पष्ट र कुनै दोस्रो श्रेणीको सफाइ नभएको बताए।

तथापि, अक्टोबरमा संघीय अभियोजकको कार्यालयले ब्लाटर र प्लाटिनीको मुद्दामा सफाइको विरुद्धमा अर्को अपील दायर गर्यो । दुबै अध्यक्षहरूले पुनरावेदन अदालतमा पहिलो पटकको फैसलाको पूर्ण खारेजको लागि आवेदन दिए।

तपाइँको प्रतिक्रिया

फेसबुक