बुधबार, वैशाख १२, २०८१

पहिलो विश्वयुद्दमा लडेका नेपालीको सम्मानमा बेल्जियममा श्रद्धाञ्जली कार्यक्रम

नेपालप्लस संवाददाता / इपर, बेल्जियम२०७९ कार्तिक २६ गते १:१४

पहिलो बिश्व युद्धमा बेल्जियमको इपर शहरमा शहदत्त प्राप्त गरेका ५८ जना वीर नेपालीहरुको सम्झनामा नेपालीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

ति गोर्खाली सैनिकको सम्झनामा बनेको ईपरस्थित स्मारकमा श्रद्धाञ्जली अर्पण गर्न शुक्रवार एक कार्यक्रम आयोजना गरियो ।

सन् २००३ देखि तमु समाज बेल्जियमको आयोजनामा बार्षिक रुपमा मनाउँदै आएको यस श्रद्धाञ्जली कार्यक्रम बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख अतिथ्यमा भएको थियो । ईपरको स्मारमा मुख्य कार्यक्रम सकिएपछि नेपाली सैनिकको सालिक अगाडी नेपालीहरुले छुट्टै कार्यक्रम गरेका थिए ।

एक मिनेट मौन धारण गर्दै शुरु भएको यस कार्यक्रममा गैर अवासिय नेपाली संघ बेल्जियमका उपाध्यक्ष तिर्थ धमला, आदिवासी जनजाती महासंघ बेल्जियमका उपाध्यक्ष होम तमु, महेश थापा, शेर्पा किदुङ्ग बेल्जियमका अध्यक्ष सोनाम लामा शेर्पा, आदिवासी जनजाति महासंघ बेल्जियमका निवर्तमान महासचिव नन्दराज घले लगायत वक्ताहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रम तमु समाज बेल्जियमका अध्यक्ष ओम राज तमुको अध्यक्षतामा भएको थियो । कार्यक्रममा तमु समाज बेल्जियमका सल्लाहकार चित्र जङ्ग तमुले स्वागत मन्तव्य प्रकट गरेका थिए ।

कार्यक्रमको प्रमख अतिथिको मन्तव्य प्रस्तुत गर्ने क्रममा महामहिम राजदुत गेहेन्द्र राजभण्डारीले त्यति टाढा आएर पनि नेपालीहरुले यो स्थानमा यस देशकालागी प्राण आहुति दिएकोले हरेक वर्ष नेपालीले यस्ता कार्यक्रम गर्दा २ देश विचको सम्वन्ध प्रगाढ हुने बताए । “पुर्खाको योगदान कहिल्यै खेर नजाने” उनले उल्लेख गरे ।

मन्तव्य प्रस्तुत गर्ने सबैले हिजोको दिनमा यसरी कमनवेल्थ देशको लागि प्राण आहुती दिने ती वीर गोर्खालीहरुको नेपालमा रहेका परिवारहरुको खोजीनीति गरेरै भए पनि क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, बनेको स्मारकमा गोर्खा सैनिकको झझल्को नआएको हुँदा परिवर्तन गर्नु पर्ने, शहदत्त प्राप्त गर्ने ५८ जनाकै नामावली सहितको शिलालेख स्मारक सङ्गै बनाउनु पर्ने, स्मारकलाई सरसफाइ एवं हेरबिचार गर्न एउटा समिति गठन गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

कार्यक्रम तमु समाज बेल्जियमकी सचिब श्रीमती उमा तमुस्योले सन्चालन गरेकि थिईन् । कार्यक्रममा बेल्जियम स्थित विभिन्न जातीय, सामाजिक, धार्मिक, क्षेत्रीय एवं पत्रकारहरुको उल्लेख्य सहभागीता थियो ।

तपाइँको प्रतिक्रिया