बिहीबार, वैशाख ६, २०८१

गाउँ बचाउन जर्मन जलवायु कार्यकर्ताद्वारा रुखमा छाप्रा

नेपालप्लस संवाददाता / जर्मनी२०७९ कार्तिक २६ गते २१:५०

ईजिप्टमा विश्वभरिका नेता, वातावरणवादी र जलवायु कार्यकर्ताहरुको भिड लागेको छ । तर यता जर्मन जलवायु कार्यकर्ता भने रुखरुखमा छाप्रा हाल्न ब्यस्त छन् । तिनले आफ्नो गाउँ बचाउन रुखमा छाप्रा हालेर बस्न थालेका हुन् ।

जर्मन सरकारले कोइला खानीको विस्तारलाई अनुमति दिन लागेपछि गाउँलाई भताभुंग हुनबाट रोक्ने आशा गरेका छन्।

अन्तिम किसान अक्टोबरमा आफ्ना सामान प्याक गरी गाउँ छोडेपछि कोइलाको धनी डाँडो माथि बसेको जर्मनीको लुएत्जेराथ गाउँमा अहिले जलवायु कार्यकर्ताहरू मात्र बाँकी छन् । त्यहाँ नजिकै वन छ ।

त्यहाँका रूखहरूमा जमिनबाट छ मिटर (१९ फिट) माथि हाँगामा जेलेर झुपडीहरू बनाएका छन् । जलवायुका युवा अभियानकर्ताहरू यदि सरकारी अधिकारीहरु उनीहरूलाई हटाउने प्रयास गरेमा उनिहरुहरू विरुद्ध खडा हुने बताउँछन् ।

छिमेकीमा रहेको खुल्ला कोइला खानी विस्तार गर्न अनुमति दिन भत्काउन लागिएको गाउँलाई रोक्नको लागि तिनीहरू त्यहाँ पुगेका हुन् ।

प्रहरीले उनीहरूलाई जबरजस्ती बाहिर निकाल्न सक्छ । उनीहरूलाई थाहा छैन कहिले आ उँछन् प्रहरी । रुसले ईन्धन कटौति गरिदिएपछि जर्मनीलाई थप कोइलाको आवश्यकता परेको छ जर्मनीलाई । त्यसैले धेरैलाई लाग्छ, उनीहरुलाई निकाल्न प्रहरी ढिलो चाँडो आउनेनै छ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक हो जर्मनी । रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसबाट ईन्धन आपूर्तिमा कटौती भयो । ग्यासबाट चल्ने मेशिन र उपकरणमा परेको दबाबलाई कम गर्न जर्मनीले कोइला पावर प्लान्ट पुन: सुरु गरेको छ । त्यसैले जर्मनीलाई कोइला धेरै चाहिएको छ ।

इजिप्टमा चलिरहेको कोप २७ सम्मेलनमा सहभागीहरूलाई थप कारबाही गर्न आग्रह गरेका छन् । जीवाश्म ईन्धनको प्रतिरोधको प्रतीक मानिएको लुएत्जेराथमा एक हजार भन्दा बढी प्रदर्शनकारीहरू शनिबार पुगेका हुन् । धेरैले आफ्नो अनुहार “कोइला रोक्नुहोस्” शब्द लेखेर रंगाएका थिए।

जलवायु कार्यकर्ताहरूले जमिनमा एउटा ठूलो पहेंलो क्रस झण्डा जस्तो फहराए, कोइला खानी विस्तारको विरुद्धको प्रतीकको रुपमा ।

सरकारको कोइला खानी प्रयोग गर्ने योजनापछि एक एक गरेर लुएत्जेराथका बासिन्दाहरूले छाडेका छन् । किनभने तिनीहरूको घरहरू कब्जा गरिएका थिए र उनीहरूलाई क्षतिपूर्ति र पुनर्वास गरियो।

डिआइडब्ल्यु इकोनोमिक थिंक-ट्याङ्कको २०२१ रिपोर्ट अनुसार ऊर्जा कम्पनीले लुएत्जेराथ र अन्य पाँच गाउँहरू ध्वस्त नगरी थप १० करोड टन कोइला निकाल्न सक्छ ।

वर्तमान ऊर्जा संकट टार्न जर्मनीले थप कोइला उर्जाको सहारा लिएपनि सन् २०३० मा कोइला उर्जाबाट बाहिरिने आफ्नो लक्ष्य रहेको बताउँदै आएको छ । तर जलवायु कार्यकर्ता त्यसमा विश्वाश गर्दैनन् ।

जलवायु कार्यकर्ताहरू भने कार्बन उत्सर्जन घटाउन द्रुत गतिमा कार्य गर्न चाहन्छन्।

हालैका महिनाहरूमा केही कार्यकर्ताहरूले आफ्नो आवाज सुनाउन धेरै चरम माध्यमहरू अपनाएका छन्-मुख्य सडकहरूमा प्रदर्शन गर्ने, सडक बन्द गर्ने, ट्राफिक जाम गराइदिने आदि ।

केहि हप्ता अघि केही कार्यकर्ताहरूले पोट्सडैम संग्रहालयको मोनेट चित्रकलामा माडमुड पारेका आलुपनि फ्याँकेका छन् ।

लुजेरथमा जलवायु कार्यकर्ताहरूले रूखहरूमा एक जटिल शिविर स्थापना गरेका छन् ताकि प्रहरीले तुरुन्तै निष्कासित गर्न नसकुन् ।

केबलहरूको सञ्जाल प्रयोग गरेर तिनीहरूले आफ्नो शिविर जडान गरेका छन्। जलवायु लडाकुहरूले के सोचेका छन् भने जमिनबाट छ मिटर (१२ फिट) माथि धेरै हप्तासम्म ति टिक्न सक्छन्।

तपाइँको प्रतिक्रिया

फेसबुक