बुधबार, वैशाख १२, २०८१

आँधीले धावनमार्गमा बाढी आएपछि स्पेनको भ्यालेन्सिया विमानस्थलमा सयौं यात्रु अलपत्र

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक २७ गते ०:३१

Photo Source-MSN News

तिब्र आँधीले धावनमार्गमा बाढी आएपछि स्पेनको भ्यालेन्सिया विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् ।

शनिबार स्पेनको भ्यालेन्सिया एयरपोर्टमा आँधीले रनवेमा बाढी आएपछि विमानहरू केही घण्टासम्म ग्राउन्ड हुँदा सयौं मानिस अलपत्र परेका हुन् ।

भ्यालेन्सिया एयरपोर्टको मौसम स्टेशनले एक घण्टामै प्रति वर्ग मिटर ६६ दशमलव १ लिटर वर्षा रेकर्ड गर्‍यो । स्पेनको मौसम विज्ञान एजेन्सी एई एमईटीका अनुसार नोभेम्बरको रेकर्डमा सबैभन्दा ठूलो वर्षा भएको हो ।

भयंकर वर्षा र आँधीका कारण देशभरि हजारौं मानिस बिजुलीबिहिन भएका छन् ।

वर्षा विशेष गरी भ्यालेन्सियाको दक्षिण पूर्वी क्षेत्रमा भारी मात्रामा परेको थियो । त्यसलाई उच्च सतर्कतामा राखिएको छ ।

क्याटालोनिया क्षेत्रको तारागोनामा आँधीले करिब ६,६०० बासिन्दालाई विद्युतविहीन बनाएको छ । स्पेनका धेरै मध्य क्षेत्रहरूमा पनि बाढी आएको रिपोर्ट गरिएको छ।

तपाइँको प्रतिक्रिया

फेसबुक