शनिबार, वैशाख ८, २०८१

नेपाली क्यासिनोलाई दक्षिण एशियाकै सर्वोत्कृष्ट सम्मान

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ कार्तिक २७ गते १३:०८

क्यासिनो माजोङले दक्षिण एशियाकै सर्वोत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ ।

ट्राभल तथा आतिथ्य उद्योगमा योगदान गरेबापत प्रदान गरिँदै आएको भारतको सर्वोच्च पुरस्कारको क्यासिनो क्षेत्रतर्फ क्यासिनो माजोङले प्राप्त गरेको हो ।

दक्षिण एसियाका क्यासिनोहरुको महाप्रबन्धक मध्येबाट माजोङका महाप्रबन्धक अमुल्यविक्रम राणा सम्मानित भएका हुन् ।

भारतका उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामी, पर्यटन तथा रक्षा राज्यमन्त्री अजय भाटको आतिथ्यमा हालै भारतको नयाँदिल्लीमा भएको समारोहमा माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठका तर्फबाट राणालाई उक्त सम्मान गरिएको हो ।

२०६९ पुस १२ मा क्यासिनो माजोङ सोल्टी होटलको परिसरमा संचालनमा आएको हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक