सोमबार, मंसिर १९, २०७९

हिउँ र बादलको सप्कोले छेक्ने पर्वतको सानो बार्दली

अनुराधा पौडेल / फ्रान्स२०७९ कार्तिक २७ गते २१:५२

भोलिपल्ट बिहान हामीहरु भेडाका घन्टीहरुका आवाजले ब्यूँझियौं । “ईभेर्दोँ ले बाँ” भन्ने गाउँ नजिकको « भिलार बुर्क्याँ « भन्ने पाखोमा हाम्रा साथी पाथ्रिकको घर छ । आफ्नो निवास स्थानको नाम उनले « नन्दादेवी हाउस » राखेका छन् । यहि नन्दादेवी हाउसको बरन्डा मुन्तिरको पाखो बारीमा चरिरहेका  उनका छिमेकीका भेडाका बथानले हामीलाई उठाए ।

बुद्ध धर्म र दर्शनबाट प्रभावित उनी हिन्दु धर्मका देवी देवता र तिनका स्वरुपबारे रुचि राख्छन् । झारफुक, तन्त्रमन्त्र, भाग्य र पुनर्जन्मबारे चासो राख्ने यिनी महादेवको रिसाहा स्वरुप सँग परिचित छन् । हिन्दु देवी देवताका नाम र कामबारे अलमल परे हामीलाई सोध्छन् । बंगलादेश, भारत र नेपाली हिन्दुहरुका देवताहरु साझा छन्  । यिनी सबै हिन्दुका देवताहरु साझा भएपनि फरक फरक तरिकाले भजन, किर्तन, महिमा गान गर्ने र फरक समयमा पुज्ने भएकोले उनलाई सहि उत्तर दिन म प्रयाश गर्छु । सबै हिन्दुले दशैंको टीका लगाउँदैनन । सबै हिन्दुले काटमार गर्दैनन नत भाइटीका नै सबैले लगाउँछन् ।

उनको गाउँ « भिलार बुर्क्याँ » लाई जुरा पर्वतको सानो बार्दली भन्दा फरक पर्दैन । उनको घरलाई छेक्ने कुरा केहि छैन । केहिले छेक्छ भने बेला बखत बादलको सप्कोले छेक्छ । जाडोमा कुहिरोको जालोले ढाक्छ र हिउँ पर्दा हिउँले । उनको घर छेक्ने अर्को घर छैन र डाँडोको खोँच छैन । तल बेसीमा नुशातेल ताल र वरपरको बिशाल फाँट देखिन्छ । गहुँ, मकै र तोरी हुने चाक्लाहरु !

पोहोरको वर्ष, जुलाइको ट्न्टालापुर घाममा यो बाटो अलिकति भएपनि पैदल हिँडियो । गहुँ र तोरी थन्काउने बेला थियो । बाली नाली पाकेर पहेलोँ रङ सकिईवरी कालो हुन थालेका थिए । भूइँमा एक तिहाइ खेती झर्ने बेलासम्म नकाट्ने फ्रान्सली चलन होला भनेको त स्विजरल्यान्डमा पनि यस्तै गर्दारहेछन् । बाटोमा स्थानियले पालेका जनावरहरुका मलखादहरु देखियो । घाँस काटिरहेका, बटुलिरहेका र सुकेको घाँस घुमाएर बेर्ने ट्रयाक्टरहरु देखिए । मल बोक्ने र मल छर्ने, ट्रयाक्टरले जोत्ने, तोरी उखेल्ने त कतै गहुँ टिप्ने चटारो बेला थियो । मलखाद बाहेक घाँस काटेपछिको सुगन्ध, तोरी छिनेको सुगन्ध, गहुँको जरा र नलको सुगन्ध  ! हाम्रा नाकका नाथ्राहरु यि सुगन्धले मख्ख थिए र हाम्रो मष्तिष्कलाई गाउँमै रहेको भ्रम भैरहेको थियो । भरपुर गाउँले सुगन्धले गाउँको जीवनशैलीको प्रतिनिधित्व गरेका थिए । यस्तो गाउँको माथिल्लो भित्तोमा सबेरै भेडाको घन्टीले व्युँझनु र बार्दली मुनीका घाँसे पाखोमा भेडाहरुको बथान देखिनु कुनै नयाँ थिएन । एकै दिनको यात्राले हामीलाई पुरै गाउँतिर पुर्‍याइसकेको थियो ।

कहिले घामका किरणहरु ठोक्किएर पर्वतबाट तल झरिरहेको देखिन्थ्यो त कहिले कुनै चम्किलो डल्लो आकासमा घुमिरहेको भान हुन्थ्यो । यस्तो लाग्थ्यो, हिमाललाई पनि हिमाल भएर बाँच्न गाह्रो छ । उसको अग्लाइलाई बादलले घरी घरी जिस्काउन गइरहन्छ र सट्टामा पर्वतको टाकुराले शक्ति देखाउँछ । र उ सँग बिद्रोह गर्छ ।

बरु बिहान भने एकोहोरो पानी बर्सेको बर्सेइ भयो । ढुंगाको छानोमा पानीका तप्प तप्प थोपाहरु बर्सिरहे । हामीले खुब मिठोसँग बर्षे झरीको आवाज सुनिरह्यौँ ।

हाम्रा साथि ढिला उठे । उठेपछि « ए ददि » « ए राधा » भनेर होहल्ला गर्दै माथि उक्ले । अनि सोधे, « ए तिमीहरु यहाँबाट कतिबजे जाने हो ? » ।

“तिम्रोमा आएपछि हामीलाई जान मन लाग्दैन” हामी हाँस्यौँ ।

“कति बेला जाने सोच्दै गरौँला” भन्दै चिया नास्तामा भुलियो । उनको वार्दलीबाट फ्रान्स र इटाली सीमाको सबैभन्दा अग्लो पर्वत « मो ब्लँ” झल्याक झुलुक देखिंदै थियो । हाम्रो तिर सेतो टोपी लगाएका पर्वतका पछाडी हिमाल जोडिए जस्तो यताका पर्वतका पछाडी हिमाल भन्ने शब्द जोडिंदैन । बरु सेता पर्वत भनिन्छ । « मो ब्लँ » को नाम पनि «सेतो पर्वत» हो । युरोपको यो अग्लो हिमालको एक छेउ देख्न पनि रहर भयो हामीलाई यो पटक ।

हाम्रा साथीले ठट्टामा «मो ब्लँले आज मेरो टिभी हेर्ला जस्तो छैन » भने । मैले अलि कुरा बुझिन । «मो ब्लँ» खुल्दाखेरी यो पर्वतले उनलाई देखिरहेको र उनको घर कुरिरहेको भान हुन्छ रे । हुनपनि उनको घर कुरुवा « मोँ ब्लँ » माथि बादलको चमत्कार चम्किरहेको थियो । केहि मिनेटमै बादल कालै भएर ड्ल्लो पर्थ्यौ । कहिले घामका किरणहरु ठोक्किएर पर्वतबाट तल झरिरहेको देखिन्थ्यो त कहिले कुनै चम्किलो डल्लो आकासमा घुमिरहेको भान हुन्थ्यो । यस्तो लाग्थ्यो, हिमाललाई पनि हिमाल भएर बाँच्न गाह्रो छ । उसको अग्लाइलाई बादलले घरी घरी जिस्काउन गइरहन्छ र सट्टामा पर्वतको टाकुराले शक्ति देखाउँछ । र उ सँग बिद्रोह गर्छ ।

‘भोली पिताजीलाई लिएर घुम्न जाँदैछु म पनि ।’ दार्जलिङको कालो बिषादी रहि चिया पिउँदै उनले थपे, ‘मेरा पिताजीलाई मृत्यु अगाडी क्यानाडाको क्युवेक जान मन थियो । अलि बुढो भएपछि जाने भन्दै कुरिरहनु भएको थियो । यो पतझड मौसममा क्युवेकको मोन्ट्रियल वरपरको जंगलहरु राताम्यै र पहेँलै हुन्छन् । तालहरुमा तिनै जंगलका पहेंला छायाँहरु पर्छन् । आकास खुला हुन्छ । पतझडको स्वर्णिम समय पारेर केहि दिनको पदमार्गमा जाने रहर थियो पिताजीको । सबै रद्द गरियो ।‘

बरै नेपालमा बस्ने बुबा आमा र सासु ससुराले के खोज्नुहुन्छ र ? दशैं तिहार आउँदा ‘लौ न तिमीहरु पनि आओ, वरपर फलानाको छोरो आयो, तिमीहरु नआएर सुन्य पार्यौ’ भन्नुहुन्छ ।

एकैछिन अगाडिको हाँसो ठट्टा एकाएक मौनता तर्फ मोडियो । उनको कुरा गंभिर भएर सुन्यौँ हामीले ।

Image source-Image : www.tourdumonde.fr

बृद्द र रोगी पिताजीको चिन्ता व्यक्त गरे उनले । ‘मेरो पिताजीको उमेर छिप्पियो । गएको वर्ष पिताजीलाई कोभिड भयो र कोमामा पर्नुभयो । कोमाबाट व्युँतेपछि उहाँको शरिर दिन प्रतिदिन शिथिल हुँदै गइरहेको छ । दमले पहिले भन्दा छिटो च्यापिरहेको छ ।‘ उनले बिस्तार गरे, ‘बुबा आफैंले भो त्यति टाढा नजाउँ, मेरो शरिरले जहाजको लामो यात्रा धान्ला जस्तो लाग्दैन’ भनेर हिम्मत हार्नुभयो । यसको सट्टामा बुबासँग अलि रातो देखिने स्विस वन जाँदैछु ।‘

उमेर छिप्पेका पिताजी प्रति उनको लगाव सद्भाभाव र माया देख्दा हामी नतमस्तक भयौँ । अनि हामीले हाम्रा बुबा आमाको रहर पुरा गर्न नसकेकोमा बिस्मात मान्यौँ । हे बरै नेपालमा बस्ने बुबा आमा र सासु ससुराले के खोज्नुहुन्छ र ? दशैं तिहार आउँदा ‘लौ न तिमीहरु पनि आओ, वरपर फलानाको छोरो आयो, तिमीहरु नआएर सुन्य पार्यौ’ भन्नुहुन्छ ।

माता पिताका कति भकारी रहरहरुलाई हामीले हरेक दिन जिउँदै पुर्छौँ होला ? यति मात्र के सँझेकी थिएँ मलाइ अत्याहार लाग्यो । मनमा उठेका सबै रहर पुर्‍याउन सकिन्न भनेर तुरुन्तै चित्त बुझाएँ ।

पोहोर हामी केहि दिन यिनको घरमा बसेका थियौँ । त्यो बेला ठाडा भिरालाहरुमा पानी बग्ने आधुनिक ढलहरुको निर्माण भैरहेको थियो । बडेमानका ह्युम पाइपहरु बोक्ने डोजरहरु कनीकनी डाँडा उक्लिरहेका थिए। कतै डोजरले ह्युम पाइप त झारेका थिए । तर ति सुलुलु गुडुल्केर तल पुगेका थिए । कामदारहरुले डोरी लगाएर तिनलाई तान्न सकस परिरहेको थियो । माथि तानिएकालाई फिट गर्न हम्मे हम्मे थियो । यो वर्ष पुग्दा काम सफाचट भैसकेको रहेछ । मैले पाथ्रिकलाई तिमीहरुले प्रयोग गरेको ढलको पानी कहाँ पुगेर बिसर्जन हुन्छ भन्ने जिज्ञासा राखेँ । फ्रान्समा जस्तै यहाँ पनि ढल प्रसोधन गर्ने ठाउँ त होला भन्ने जिज्ञासा थियो ।

उनको घरको छानोमा सोलार प्यानलहरु रहेछन् । त्यहि प्यानलबाट निस्कने बिजुलीले उनलाई पर्याप्त पुग्दोरहेछ र बाँकी बिजुली सरकारलाई बेच्दा रहेछन् । कति युनिट बिजुली उत्पादन भयो र कति युनिट राष्ट्रिय प्रसारण लाइनमा पुगेको छ भन्ने कुरा मोबाइलको एप्लिकेशन हेरेर थाह पाउने रहेछन् ।

आफ्नो गाउँ सहित वरपरका केहि गाउँहरुको ढलको पानी प्रशोधन पछि नुशातेल तालमा फ्याँकिने रहेछ । नुशातेल तालको पानी पिउन योग्य छ कि छैन थाह छैन । तर उनको अनुसार पानी पिउन योग्य बनाएरै तालमा हालिन्छ किनभने मानिसहरुले यो तालका माछा मारेर खान्छन् । “अशुद्द पानी मिसाउने कल्पनै गर्न सकिँदैन नि । तालमा आश्रित मानिसहरुको रोजी रोटि खोसिन्छ नि । यो बिषयमा हाम्रो « भो प्रान्त» को सरकार चनाखो छ ।”

बेला बखत इन्द्रेणी दृश्य देखिने हिम शृंखला हेर्दै हामीले नितान्त पारिवारीक गफ गर्यौँ । आफन्तकोमा जाँदा मन खोलेर कुरा गर्न डराउनुपर्छ । कसकोमा जाँदा के बात गर्ने र कसकोमा जाँदा के गफ लाउने भन्ने जानेन भने क्षणभरमै अचेल ‘पाखे’ बनिन्छ । त्यसैले, मन खोलेर गफ गर्न डर लाग्छ । अभिव्यक्ति स्वतन्त्रता कुन्ठित पार्नुपर्छ तर पेशाले साइकोलोजिष्ट, शोखले एकदम राम्रा काष्टकर्मी र ढुंगेकर्मी पाथ्रिक भने हाम्रा एक आत्मीय साथी हुन् । हाम्रो बिचमा लुकाउनुपर्ने कुरा हुँदैनन । हामी बिच भएका गफहरु «पँधेराका गफ» होइनन जुन फैलिएर वातावरण नै बिषाक्त बनोस् ।

हाम्रा साथीलाई हरेक मानिसको मृत्यु गह्रुंगो लाग्दोरहेछ । त्यसमा पनि अझ दुधे छोराछोरी गुमाएका आमाहरुको पिडाले उनलाई चसक्क हुँदो रहेछ । भन्दैथिए, «मेरो पेशा राम्रो छ । तर म हरेक दिन हरेक आमाका अनेकथरी दुख सुन्दा सुन्दा थाकेको छु । पिडा अभिव्यक्त गर्ने व्यक्ति पो एउटा हुन्छ । तर मैले दैनिक अनेकौँ दुख सुन्छु । त्यो दुखमा साथ दिँदा मैले उनीहरुको साथी बनेर सुन्नुपर्छ । त्यस्ता दुख सुन्दा सुन्दा म पनि अब दुखी हुन थालेछु । त्यसैले यतिबेला केहि समय बिश्राम लिएको छु र आफ्ना अरु रहर पुरा गरिरहेको छु » । फुर्सदमा उनी काष्ठकलाका सामान बनाउनमा ध्यान दिने रहेछन् ।

पाथ्रिकले बनाएको भ्यागुताको काष्ठकला

गफ सकिएनन । आजको यात्रा जम्मा तीन घन्टाको थियो । गफ गर्दागर्दै फेरि दिउँसोको खाना बनाइयो । रसिया र युक्रेन युद्दले युरोपमा निम्ताएको बिपत्ती र बढ्दो इन्धनको मुल्य बारे हामी गफियौं ।

हुन पनि नेपाल भन्दा पौने चार गुना ठूलो फ्रान्स आफैंमा इन्धनमा आत्मनिर्भर छ र युरोपलाई बिजुली बेच्दछ । अमेरिका पछि फ्रान्स आणविक भट्रटीबाट बिजुली निकाल्ने बिश्वको दोस्रो ठूलो देश हो ।

उनले आफू चाहिं बिजुलीमा आत्मनिर्भर रहेको सुनाए । कसरी ? उनको घरको छानोमा सोलार प्यानलहरु रहेछन् । त्यहि प्यानलबाट निस्कने बिजुलीले उनलाई पर्याप्त पुग्दोरहेछ र बाँकी बिजुली सरकारलाई बेच्दा रहेछन् । कति युनिट बिजुली उत्पादन भयो र कति युनिट राष्ट्रिय प्रसारण लाइनमा पुगेको छ भन्ने कुरा मोबाइलको एप्लिकेशन हेरेर थाह पाउने रहेछन् ।

भन्दैथिए, ‘स्विस सरकार फ्रान्सेली बिजुलीमा निर्भर छ । फ्रान्सको बिजुली आणविक भट्टी र युरेनियम सँग ‘। युद्द बढ्दो तापक्रम आदीका कारण अहिले स्विजरल्यान्ड सरकारलाई बिजुलीमा आत्मनिर्भर बन्नुपर्ने चुनौती छ । बाँध बाँधेर बिजुली निकाल्ने केहि योजनाहरु जनताको बिमतीका कारण पुरा भएका छैनन ।

“अब हाम्रो क्यान्टोनमा भने जुरा पर्वत शृखलाहरुमा हवाइ पंखाहरु स्थापना गरेर बिजुली निकाल्ने योजना अगाडि बढीरहेको छ । केहि वर्षमा हाम्रो जुराको रुप परिवर्तित हुनेछ । संभवत कुरुप हुनेछ । तिमीहरु अर्को पटक आउँदा यो ठाउँको परिवर्तित अनुहार देख्नेछौ ।”

हुन पनि नेपाल भन्दा पौने चार गुना ठूलो फ्रान्स आफैंमा इन्धनमा आत्मनिर्भर छ र युरोपलाई बिजुली बेच्दछ । अमेरिका पछि फ्रान्स आणविक भट्टीबाट बिजुली निकाल्ने बिश्वको दोस्रो ठूलो देश हो । १८ वटा आणविक भट्टीका ५६ वटा ‘रियाक्टरबाट’ फ्रान्समा बिजुली उत्पादन हुन्छ । यो वर्ष अर्थात सन् २०२२ मा यति गर्मी भयो कि आणविक भट्टी वरपरका नदीहरुमा पानीको सतह घट्यो जसले गर्दा रियाक्टरहरु सेलाउनलाई पर्याप्त चिसो पानीको अभाव भयो र बिजुली उत्पादन घटाउन पर्यो भने केहि त बन्दै गर्नुपर्‍यो ।

झमझम पानीले बिदा लेला र वरपरका दृश्यहरु हेर्दै जाउँला भन्ने योजना हाम्रो थियो । हाम्रो योजनामा तुवाँलो लागेपछि पाथ्रिकसँग बिदा माग्ने योजना बनायौँ । हिड्ने बेलामा हिजो बेलुकाका एक साथी आइपुगे । छाता ओढ्दै सुटकेश गाडीमा हालेर यात्रा तय गर्यौं । पोहोर घुमेको स्थानिय चिज कारखाना, तिनका हँसिला मालिक र माथि ‘शुशे’ खर्क उक्लिंदै गरेका गाइहरु संझियौं ।
क्रमश :

(स्विजरल्याण्ड यात्रा साहित्यको यो दोस्रो भाग हो । पहिलो भाग ‘पुठ्ठा जमेकाहरु’ हेर्न यहाँ क्लिक गर्नुहोस)

तपाइँको प्रतिक्रिया