शनिबार, वैशाख ८, २०८१

स्कूलकी प्रेमीका

ददि सापकोटा२०७९ कार्तिक २७ गते २३:३८

एउटा पोथी ढुकुर अस्पत्तालको साईनबोर्डमा निकैबेर बसिराखी । छिनमै उडिहाल्ने चन्चल जिव हो यो । तर उसले त्यो चन्चलता तोड्दै बसिरही, एकै थलोमा । साईनबोर्डको टुप्पोमा ऊ यता उति सरिरहन्छे । प्राय सडकतिर हेर्छे । तर कराउँदिन । उसको नजिकैबाट हिंडिरहेका, अस्पताल ओहोरदोहोर गरिरहेका मान्छेसितपनि डराउँदिन ।

कमेरो माटोले पोते जस्तो उसको शरिर । सुरिलो ठोंड, टुप्पोमा थोरै घुम्रिएको । बाटुला, आँखीगेडी भन्दा सिनित्त परेका आँखा । कर्कलोको मुना जस्तो कल्कलाएको सुलुत्त परेको घाँटी । चट्ट चम्द्रमाकारको कालो घेरो लगाएको गर्धन ।  घरिघरि सिपालु महिलाले नाङ्लो पट्याँस पट्याँस पारेजस्तै फर्फराउँछे, पुच्छर । झट्ट आँखा लगाउँदा प्रेम बसालिहालुँ झैं लाग्ने सुन्दर, बेजोडको आक्रिति छ उसको ।

फ्रान्सको दक्षिणी शहर निशको एक अस्पतालको साईनबोर्डमा ऊ उभिईरहेकि थिई । केहिबेरमा बिरामी, बिरामीका आफन्त र स्वास्थ्यकर्मी ओसार्ने गाडी आइपुग्यो । त्यो गाडी सडकबाट अस्पताल हाताभित्र नछिर्दै उसका आँखा सल्बलाए, शरिर तन्कियो । मिनी बस जस्तो गाडी भित्र छिर्नासाथ उसले घाँटी तनक्क पारी । चालक बस्ने सिटतिर हेरिराखी । चालक मुसुमुसु हाँसिरहेका थिए ।

म स्कूल पढ्दा एउटी केटी साथी थिई, उसलाई असाध्यै माया गरें । गर्थें । तर कहिल्यै ब्यक्त गर्न सकिन । ऊ मन र मुटुमा मबाहेक कसैको भईन । तर वास्तबिक जिवनमा कहिल्यै मेरो बन्न सकिन । मैले उसलाई जति प्रेमको भावना अन्तर्मनले कसैलाई पोखिन । धेरै भन्न मन लागेर उसले सुन्नेगरि चाहिं केहि पनि भन्न सकिन ।

‘यो पोथी पटक्कै डराउँदैन त किन हो ?’ मेरो जिज्ञासा थियो ।

अहमद उनको नाम । भने ‘मेरो प्रेमीका हो यो पोथी ।’

‘हाहाहा म सँगै मिनि बसभित्रका मान्छेपनि हाँसे । तैट जोक गर्नुहुन्छ तपाई ।’

‘हो क्या, कस्तो नपत्याएको ?’

‘चरासित मान्छेको पनि प्रेम हुन्छ र पत्याम त ?’

‘किन चरासित मान्छेले प्रेम गर्न हुन्न ?’

‘प्रेम, माया, स्नेह गर्न हुन्छ नी । माया गर्नैपर्छ । तर महिला-पुरुषबिच जस्तो प्रेम कहाँ हुन्छ त ?’

‘त्यो भन्दा बढी हुन्छ । त्यो पोथी र मेरै भैसक्यो ।’

‘हाहाहाहाहाहा’

‘तपाई हाँसेर उडाउनुहुन्छ भने के गर्ने ? हामी प्रेममा फसेका छौं ।’

उनले एकोहोरो प्रेमको रटान लगाइरहे । अब भने म सोच्न बाध्य भएँ ‘थप रहस्य केहि छ की ? अलि पर्दा खोलेर भित्र प्रवेश नगरि भएन ।’

‘तपाईको नाम अहमेद ?’

‘हो’

यत्ति कुरा हुनासाथ अहमेदले भने ‘यो त मैले बोलायो भने हातैमा बस्न आउँछे । टाउकैमा टेक्छे नी । केटीहरुले बिस्तार बिस्तार टाउकामा टेक्छन् नी !’ अहमेदले ब्यंग्य गरे हल्का ।

‘हैन होला’ मेरो शंका ।

‘ल अलि पर बस्नुस् त’ अहमदले भने ।

म केहि पाईला पर सरें ।

‘रोइया, आऊ, आइहाल न ।  भाउ खोज्छे फेरि, स्त्री त हो ।’

के हो रोइया भनेको ?’ सोधें ।

‘म स्कूल पढ्दा एउटी केटी साथी थिई, उसलाई असाध्यै माया गरें । गर्थें । तर कहिल्यै ब्यक्त गर्न सकिन । ऊ मन र मुटुमा मबाहेक कसैको भईन । तर वास्तबिक जिवनमा कहिल्यै मेरो बन्न सकिन । मैले उसलाई जति प्रेमको भावना अन्तर्मनले कसैलाई पोखिन । धेरै भन्न मन लागेर उसले सुन्नेगरि चाहिं केहि पनि भन्न नसकेको सायद उहि थिई ।  त्यसपछि मैले कहिल्यै प्रेमको अनुभूति गरिन भनेपनि हुन्छ । त्यसैको नामबाट मैले रोईया राखें यसको नाम ।’

‘भनेसि अतृप्त प्रेमलाई तपाई पुरा गर्दै हुनुहुन्छ ?’

‘जे भनेपनि भयो ।’

अहमेदले चालक बस्ने सिट छेउको झ्यालको पर्दा अलिकति खोले । देब्रे हात बाहिर निकाले । उता रोइयाले शरिर थोरै ढल्काई । अहमदले आइजा आइजा गरे । तर के आउँथी ऊ । आइन झट्टै ।

‘भाउ खोज्छे । फकाउन, फसाउन, मन जित्न गाह्रो । स्त्री भन्ने चिजै गाह्रो’ अहमेद फिस्स गरे ।

अहमेदले हातका औंला नचाए- आउ आउ । बोलाएको संकेत केहि पटक दिए । रोइया भुर्रै उडेर आई । ट्याक्कै अहमेदको हत्केलामा उभिई । निधारतिर हेरि । अहमेदको आँखासित आफ्ना आँखा जुधाई । अहमेदले मुस्कान दिंदै भने ‘ज तेम रोईया (आइ लभ यु रोइया) । एकछिन पखेंटा फरफर गरी रोइयाले । अहमेदले गोजीबाट रोटीको टुक्रा निकाले । उसले अहमेदकै औंलाबाट टपक्कै टिपी । अनि भुर्र उडी । फेरि त्यहिं गएर उभिई । तर उसका आँखा अहमेदतिरै थिए ।

अहमेदको गाडीको ऐना र हातमा उभिंदा उसको ढुकुर प्रेमी रोइयालाई परैबाट नियालीरहेको थियो । तर रोइयाको भाले कहिल्यै अहमेदतिर आउँदैन ।

“रोइयासित मेरो लभ परेको चार पाँच महिना भयो । आँखा जुधेको त अलि बढीनै भयो होला । उसको लोग्ने मकहाँ कहिल्यै आएको छैन” अहमेदले सुनाए ।

त्यसो त, रोइयाको पतीलाईपनि आकर्षित गर्न सबै उपाय लगाएका हुन् अहमेदले । खाने कुरा दिए । अनेकौंपटक बोलाए । तर अहँ ऊ कहिल्यै अहमेदको निकट परेन ।

“आफ्नो केटी, पत्नी अरुसित नजिक भयो भने पुरुषलाई कस्तो हुन्छ । सायद रोइयाको लोग्नेपनि खुशि छैन होला” अहमेद हाँसे ।

रोइया कतिसम्म बुझक्कि छ भने जब मिनिबसमा मानिस भरिन्छन् ऊ ट्याक्क अहमेदको गाडीको छत, उनको हात वा गाडीको ऐनाबाट भुर्र उडेर पर गैहाल्छे । उसलाई थाह हुन्छ, ‘अब गाडी भरियो अहमेद तिनलाई पुर्‍याउन जानुपर्छ ।’

अहमेदले दिएको खाने कुरा लिएर रोइया आफ्नो पती (भाले) कहाँ जान्छे । तिनले बाँडेर खान्छन् । अहमेद गाडीको सिटबाट हेर्छन् । ‘स्कूलकी रोइया मेरो जिवन साथी भैदिएको भए आज हामीपनि त्यसै गर्थियौं होला’ अहमेद बिगततिर फर्किए । अहमेदसितको यो प्रेम चलेको चार महिना जस्तो भैसक्यो । झन गहिरिंदो छ ।

अहमेदको आफ्नी पत्नीसित पारपाचुके भएको केहि वर्ष भयो । उनले खुलाउन भने चाहेनन् । रोइयाको त भाको छैन । उनी ड्युटी सक्किएपछि यहि रोइयालाई सम्झिन्छन् ।

प्रेम, यौन र संभोगलाई एकै आँखाले हेर्दैनन् अहमेद । “मान्छेहरु पागल हुन् । प्रेम, सेक्स, यौन, उत्तेजना सबै एकै ठान्छन्” दर्शनिक जस्ता लाग्छन् अहमेद ।

प्रेम, प्रेम हो । मुटु, ह्रिदयले आफ्नो ठान्ने, बनाउने संवाहक हो । यौन, सेक्स यि सबै बाहिरि कुरा हुन् । ति हल्का कुरा हुन् । जब मान्छे गहिरो प्रेममा डुब्छ आँखालेनै यौनतृप्ति पुरा गर्न सक्छ । रोइयाबाट त्यहि मिलेको छ” दार्शनिक शैलीमा सुनाए अहमेदले ।

“यस्तो हुँदैन । कस्सैकोपनि हुँदैन । म त पूर्व जन्ममा विश्वाश गर्छु । रोइया र म एकदमै मिल्ने, असल जोडि हुनुपर्छ अघिल्लो जन्मको । त्यहि भएर मैले स्कूलकी रोइयालाई भुल्न सकिन, पत्नीसित डिभोर्स भयो । फेरि यो अस्पतालमा रोइयानै भेटिई। मैले मात्रै होइन यो बसमा चढ्ने यात्रुहरुपनि तिमी र त्यो अघिल्लो जन्मका उदाहरणिय जोडी हुनुपर्छ भन्छन्” अहमद भावुक बने ।

तपाइँको प्रतिक्रिया