शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए स्पेनमा भाँडभैलो, लेबीनै नतिरेर हैरान

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ कार्तिक २८ गते १:०६

गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनमा भाँडभैलो मच्चिएको छ । संस्थाका जिम्मेवार पदाधिकारीलेनै कबुल गरेको रकम नतिरिदिंदा हजारौं युरो उठ्न बाँकि छ । सस्थाको बार्षिक कार्यक्रमहरु दशैं तिहार रोकिएपनि सामुहिक रुपमा नामका लागी आयोजना गरिएको थियो । श्रद्धान्जली सभा जस्ता आम मानिसको भावनात्मक सद्भाब राख्ने कार्यक्रम माओवादी केन्द्रको भातृ संगठन जनप्रगतीशिल मन्च स्पेनद्वारा गरिएको छ ।

विशेषत सस्थाका कोषाध्यक्ष शान्त बहादुर क्षेत्रीले बारम्बार सामाजिक संजाल र स्थानिय समुहमा शेष घले प्यानलको एनआरएनएको प्रचारमा लागेपछी सस्था अस्तब्यस्त बनेको आरोप लाग्ने गरेको छ । संस्थाका कोषाध्यक्षनै बिपरित धारको एनआरएनएको प्रचार प्रसारमा लागेपछी सस्थाका एक दुईजना बाहेकले सस्थाको कार्यक्रमको सहयोग तथा लेबी समेत तिरका छैनन् ।

त्यस्तै एनआरएनए स्पेनको गुरुयोजना नेपाल घर बनाउने काम पनि अलपत्र परेको छ । पैसा उठाएर सकेपछी घर किन्ने र त्यसलाई शेष घले पक्षको एनआरएनएको स्वामित्वमा लाने गैर जिम्मेवार अभिब्यक्ती कोषाध्यक्षले दिएको आरोप अलगेको छ । त्यसपछि पैसा संकलनको क्रममा कोषाध्यक्षलाई नै रोकावट गरी स्थानिय सबै संघ सस्थाको समायोजनमा अर्को छुट्टै समिती बनाएर कोषाध्यक्षलाई आर्थिक संकलन नगर्न निर्देशन गरिएको छ । अध्यक्षको सिधा आदेशबाट उनले सामाजिक संजालमा राखेको सुचना समेत डिलीट गरेका थिए ।

तल उल्लेखित बिबरण भएकाहरुले सस्थामा लेबी लगायत रकम नदिएको सुचना कोषाध्यक्षले सार्बजनिक गरेका छन् ।

उनले सार्बजनिक गरेको बिबरण जस्ताको तस्तै हेर्नुस्-

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन को कार्यसमितिका अध्यक्ष ज्यु लगायत पदाधिकारी ज्यु, संरक्षक ज्यु ,सल्लाहकार ज्यु,आई।सि।सि।ज्यु तथा युरोप संयोजक ज्यु सम्पूर्णमा सादर नमस्ते 🙏

विषय:- आर्थिक जम्मा गरिदिने बारेमा।

उपरोक्त सम्बन्धमा
कार्यसमितिका सबै साथीहरुलाई २ बर्षसम्म लाग्ने मासिक लेबी १० युरो ले २४० युरो निर्धारण गरिएको छ साथ-साथै मनोनीत शुल्क र आफुले सहयोग बोलेको रकम हालसम्म प्राप्त नभएको र यो पनि सँगै जोडीएका छौ अहिले सम्म रकम जम्मा गरेको ब्याक्तीहरूको नामावली मा राईट ✔️ चिन्ह लगाईएको छ यद्यपि संयुक्त रूप मा सबैलाई सम्मान गर्दै अब बार्षिक साधारण सभा २०।११।२०२२ गर्ने तथा यो महिनासम्मको आम्दानी र खर्च बिबरण स्पेन बासी नेपाली दाजु भाइ तथा दिदिबहिनी हरुलाई जानकारी गराउनु पर्ने भएकोले सबैले आफ्नो नाम हेरेर उक्त रकम संघ को बैंक खातामा १७ नोभेम्बर २०२२ सम्म जम्मा गरिदिनुहुन गैर आवासीय नेपाली संघ राष्ट्रिय समनवय परिषद स्पेन बिनम्र अनुरोध गर्दछौ ।

टपशिलः-दिनुपर्ने बिगतको १७ महिनाको १७० युरो छ भने लाग्ने २४० युरो रहेको हुनाले अबस्था हेरेर दिनुहोला ।

१.अध्यक्ष : शालिकराम डुम्रे १०x२४= २४०-(१२०✔️)१५।१२।२०२१ =१२० युरो लेबी बाकी

२. उपाध्यक्ष (खुल्ला) : सनु राउत १०x२४= २४०-(१२० ✔️)०३।०३।२०२२+२५ = १४५ युरो लेबी बाकी

३. कृष्णराम रानाभाट १०x२४= २४०-(१२०✔️)०३।०३।२०२२=१२० युरो लेबी बाकी

४.उपाध्यक्ष (महिला) : सृजना लामिछाने १०x२४= २४० युरो लेबी सबै किलेर ०९।०१।२०२२ ✔️

५.उपाध्यक्ष (क्षेत्र) : रोशन पाठक १०x२४= २४० युरो लेबी बाकी

६. महासचिव : बिदुर गौतम १०x२४= २४०-(१२० ✔️)१५।१२।२०२१ =१२० युरो लेबी बाकी

७.सचिव (खुल्ला) : अरुण घिमिरे १०x२४= २४० युरो लेबी बाकी

८. नारायण भट्टराई १०x२४= २४०+२० शव ब्यबस्थापन + ईन्द्रेनी कार्यक्रम २५ युरो =२८५ युरो लेबी बाकी

९. सचिव (म्याड्रिड क्षेत्र): सुन्दरी लामा १०x२४= २४० युरो लेबी बाकी

१०. कोषाध्यक्ष : शन्त बहादुर क्षेत्री १०x२४= २४० युरो लेबी सबै किलेर २२।०९। २०२१✔️

११.युवा संयोजक : मनुश जंग खड्का १० २४= २४० ✔️ युरो

त्यस्तै निर्बिरोध निर्बाचित हुनु भएका

१२. सचिव (ग्रान कानारिया क्षेत्र) : दिपेन्द्र कुमार श्रेष्ठ(दीप) १०x२४= २४० युरो लेबी + ५१ युरो बाढी पिडिट =२९१ युरो बाकी

१३. सचिव (पाईस भास्को क्षेत्र) : दिपेन्द्र अर्याल १०x२४= २४० युरो लेबी बाकी

१४. सह-कोषाध्यक्ष : शिब प्रसाद पौडेल १०x२४= २४० युरो लेबी बाकी

१५. महिला संयोजक : देवी कुमारी भण्डारी १०x२४= २४० युरो लेबी सबै किलेर १३।१०।२०२१✔️

१६. सदस्यहरु : ईमा सापकोटा भट्ट १०x२४= २४० युरो लेबी बाकी

१७. जमुना देवी शर्मा १०x२४= २४० युरो लेबी बाकी

१९.  कमल पराजुली १०x२४= २४० युरो लेबी बाकी

२०. दिल बहादुर थापा १०x२४= २४० युरो लेबी बाकी

२१. मालती पन्थ १०x२४= २४० युरो लेबी बाकी

२२. रिता आचार्य १०x२४= २४० युरो लेबी बाकी

२३. भिम गुरुङ १०x२४= २४० युरो लेबी बाकी

२४. सुजिल गोले १०x२४= २४० युरो लेबी बाकी

मनोनीत हुनु भएकाहरु

२५. सचिव (अलिकान्ते क्षेत्र): भरत न्यौपाने १०x२४= २४० युरो लेबी + मनोनीत शुल्क ३५०=५९० युरो बाकी

२६. प्रबक्ता : लक्ष्मन खत्री १०x२४= २४० युरो लेबी + मनोनीत शुल्क १५० -३९० (१३०-१५० ✔️)=११० युरो बाकी

सदस्य

२७. दिपक परियार १०x२४=२४० युरो लेबी + मनोनीत शुल्क १५०=३९०-(१२०✔️)=२७० युरो बाकी

२८. जित बहादुर कुमाल १०x२४= २४० युरो लेबी + मनोनीत शुल्क १५०=३९० युरो बाकी

२९. इन्द्र प्रसाद शर्मा १०x२४=२४० युरो लेबी + मनोनीत शुल्क १५० युरो +२५१ युरो (राहत बितरणको रकम जनसम्पर्क समिति स्पेनको अध्यक्ष द्वारा स्वयम बोलेको मार्च २०२०)+१०० युरो (फुटबल टुर्नामेन्ट नवेम्बर २०२१) + २१ = ७६२ युरो बाकी

संरक्षक भिषम / अनिल गुरुङ (बाढि पिडिट) १३।१०।२०२१ = ५१ युरो

निबर्तामान युरोप संयोजक नारायण आचार्य (बाढ़ी पिडित ) २३।१०।२०२१ = २०१ युरो बाकी

गैर आवासीय नेपाली संघ, क्षेत्रिय समिति कोष्टाब्लान्का (फुटबल टुर्नामेन्ट नवेम्बर २०२१)= १०० युरो बाकी

जम्मा रकम =८७०४ युरो
आएको रकम =१८४० युरो

नेपाल पर्यटन प्रवर्द्धन डे तथा नेपाली पन्चेबाजाको साथै कार्यक्रममा रकम आउन बाकी रहेको वरिष्ठ माननीय मान्यजनहरुको नामावली निम्नलिखित छ कृपया जति सक्दो चाडो संघको खातामा जम्मा गरदिनुहुन अनुरोध गर्दछौं ।

९. धन बहादुर रोक्क ३०€
१४. ईन्द्र शर्मा २१€
१६. प्रभाकर केसी २१€
१७. जिपी फाउन्डेसन ५१€
२१. बिराज शर्मा ३५€
२७. मधुसुधन २५€

जम्मा रकम =१८३€

आउन बाँकी रकम जम्मा = ६८६४ +१८३= ७०४७

शन्त बहादुर क्षेत्री
कोषाध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रिय समनवय परिषद, स्पेन

Non Resident Nepali Association Spain
Iban:ES36 2100 0920 3601 0064 6604

यसरी खाता नम्बर समेत उपलब्ध गराउँदा पनि कोषाध्यक्षको गैर जिम्मेवारीको कारण देखाउँदै रकम संकलन भएको छैन । रकम संकलन सबै क्षेत्रमा प्रभावित बनेको छ भने हरेक वर्ष गर्दै आईरहेको दशैं तिहार कार्यक्रम पनि गैर आबावासीय नेपाली संघले गर्न सकेन । स्पेनमा मृत्युवरण गरेका जनक सापकोटाको श्रद्धान्जली सभा समेत प्रगतिशिल मन्चले आयोजना गरी त्यसै सभाबाट उक्त नेपालीलाई सहयोगको आब्ह्वान गरियो, रकम संकलन मञ्चलेनै गर्‍यो । पछिल्ला कार्यक्रमहरु नाम एनआरएनएको राख्ने तर गैर आवासीय नेपाली संघका महत्वपूर्ण कार्यक्रमहरु जनप्रगतीशिल मन्चले आयोजना गर्दै आईरहेको छ ।

तपाइँको प्रतिक्रिया