शनिबार, वैशाख १५, २०८१

डल्फिनसित महिलाको संभोग !

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक २८ गते १६:३६

अमेरिकी अध्ययन केन्द्र नासा अध्ययनको एक भागको अध्ययन गर्दा एक महिलाले डल्फिनसँग यौन अनुभव स्वीकार गरेको बताएकि छन् ।

नासाद्वारा अनुदान प्राप्त डल्फिनको प्रयोगमा भाग लिने एउटी महिलाका अनुसार डल्फिन (सोंस) उनीसँग यति नजिक भयो कि उनीसँग यौनसम्पर्क गर्ने प्रयास गरेको थियो ।

सन् १९६० मा मार्गरेट होवे लोभाट अनुसन्धानको एक हिस्सा थिइन । उनले डल्फिनसँग लामो समय बिताएको मानिसहरुले देखेका थिए । किनकि ति बिभिन्न कार्यक्रमबाट सार्वजनिक भएका थिए । डल्फिनसित लामो समय बिताएकोले गर्दा डल्फिन र उनीबिच बलियो, निकट संवन्ध निर्माण भएको थियो ।

बीबीसीसँग कुरा गर्दै मार्गरेटले पिटर नामको एउटा डल्फिनले आफ्नो घुँडा, हात र खुट्टामा ‘यौनिक’ तरिकाले रगड्ने गरेको सम्झना गरिन् ।

उनले भनिन् “यो उसको तर्फबाट यौन थियो । तर त्यो मेरो लागि यौन थिएन, सायद कामुक क्रिया थियो।”

जनावरलाई माया गर्ने मार्गरेट भर्खर २० वर्षकी थिईन् । उनमा जवानी चढ्दै थियो । उनलाई सन् १९६३ को क्रिसमसको समयमा उनकै भाउजुले कार्यक्रमको बारेमा बताएकी थिइन्।

मार्गरेट क्यारिबियनको सेन्ट थोमसमा बसिरहेकी थिइन् त्यो बेला । र उनको भाउजुले त्यहाँ ‘गोप्य टापु’ रहेको खुलासा गरिदिईन् जुन डल्फिनसँग काम गर्न प्रयोग भइरहेको थियो।

कुनै वैज्ञानिक पृष्ठभूमि नभएकोले बेटेसनले मार्गरेटलाई जनावरहरू अवलोकन गर्न र तिनका निष्कर्षहरू लेख्न जिम्मेवारी दिए । तर मार्गरेटले चाँडै नै जनावरहरूको व्यवहार पत्ता लगाउने क्षमता बनाईन् । जनावरको आनिबानी महसुस गर्न मद्दत गर्‍यो ।

उनको त्यो क्षमताले गर्दा अन्ततः उनलाई नासा द्वारा आर्थिक सहयोग गरिने अध्ययनमा स्थान सुरक्षित गर्‍यो । त्यो कार्यक्रम डल्फिनहरूलाई अंग्रेजी बुझ्न र बोल्न तालिम दिन सकिन्छ कि सकिंदैन भनेर निर्धारण गर्न निर्मित थियो ।

पामेला धेरै लजालु र डराउने, त्रसित हुने स्वभावकि थिईन् । र पिटर एक जवान केटा थियो । ऊ यौनका हिसाबले पाको उमेरमा आउँदै थियो र अलि नक्कले, जिस्किने र कामुक स्वभावको थियो।

डल्फिनसँग धेरै समय बिताउँदै जाँदा मार्गरेटले पत्ता लगाइन् कि उनले उनीहरूसँग अझ नजिकको बन्धन बनाउँदै गएकी छिन् । विशेष गरी एउटा सित विशेष खालको निकटता, संवन्ध बनेको छ ।

“उसले आफ्नो शरिर मेरो घुँडा, मेरो खुट्टा वा मेरो हातमा रगड्थ्यो। मैले अनुमति दिएँ” उनले भनेकि छन् ।

“उसलाई टाँस्सिन, ढेप्पिन, मुसार्न दिनुनै सजिलो थियो । मैले दिएँ । यो धेरै बहुमूल्य र धेरै कोमल क्षण थियो । पीटर त्यहाँ थिए उनलाई थाहा थियो कि म त्यहिं छु ।”

उनले थपिन् “यो उसको तर्फबाट यौन थियो । यो मेरो लागि यौन थिएन, सायद कामुकतासम्म थियो ।”

“म त्यहाँ पिटरलाई चिन्न आएकि थिएँ । त्यो पिटरको एक अंश थियो ।”

यो अध्ययन अमेरिकी न्यूरोवैज्ञानिक डा जोन लिलीले स्थापना गरेका थिए । उनले यो प्रयोगले डल्फिनलाई आफ्नो ब्लुहोल (श्वाश प्रश्वाश गर्ने दुल्को) बाट मानवजस्तै आवाज निकालेर मानिससँग सञ्चार गर्न सक्षम बनाउने आशा व्यक्त गरेका थिए ।

उनले नासाबाट कोष सुरक्षित गरे । नासाको कोष दिने एजेन्सीलाई विश्वस्त गराए कि यसले संचारका अन्य रूपहरू प्रयोग गरेर अन्य बौद्धिक जीवनका रूपहरू बुझ्न मद्दत गर्न सक्छ ।

तथापि, अन्ततः डल्फिनहरूलाई एल एस डी (लागु प्रदार्थ) दिइएको दाबी सहित विभिन्न चिन्ताहरू सार्वजनिक भएपछि अध्ययन बन्द गरियो।

(फोटो स्रोत-बीबीसी)

तपाइँको प्रतिक्रिया