शुक्रबार, चैत १६, २०८०

इरानको दंगामा ७५० भन्दा बढी अभियोग, पहिलो मृत्युदण्डको सजाय

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ कार्तिक २८ गते १९:१४

महसा अमिनीको मृत्युपछि राष्ट्रव्यापी विरोध प्रदर्शनको क्रममा इरानले दंगामा संलग्न भएको आरोपमा आफ्नो पहिलो मृत्युदण्ड जारी गरेको छ ।

न्यायपालिकाको मिजान अनलाइन वेबसाइटका अनुसार अभियुक्तहरुलाई तेहरान अदालतले “सरकारी भवनमा आगजनी, सार्वजनिक व्यवस्था लत्याएको, सभा र राष्ट्रिय सुरक्षा विरुद्धको अपराध गर्ने, भगवानको शत्रु र पृथ्वीमा भ्रष्टाचार गर्ने, षड्यन्त्र” गरेको अपराधमा मृत्युदण्डको सजाय सुनाएको हो ।

इरानी कानून अन्तर्गत त्यसलाई सबैभन्दा गम्भीर अपराध मानिएको भन्दै मिजान अनलाइनले रिपोर्ट गरेको छ।

तेहरानको अर्को अदालतले पाँच जनालाई राष्ट्रिय सुरक्षा विरुद्धको अपराध र सार्वजनिक व्यवस्थामा खलल पुर्‍याउने षड्यन्त्र गरेको अभियोगमा पाँचदेखि १० वर्षसम्मको जेल सजाय सुनाएको छ ।

दोषी ठहर भएका सबैले आफ्नो सजायको पुनरावेदन गर्न सक्ने मिजानले उल्लेख गरेको छ ।

त्यहाँ भएको प्रदर्शनका क्रममा मुख्यतया प्रदर्शनकारी र सुरक्षाकर्मीहरू पनि मारिएका छन्, जसलाई अधिकारीहरूले दंगाको क्रममा भन्ने आरोप लगाएका छन्।

यसअघि आइतवार न्यायपालिकाले यस्ता घटनामा संलग्न रहेको भन्दै तीन प्रदेशमा ७५० जनाभन्दा बढीलाई अभियोग लगाइएको थियो ।

२,००० भन्दा बढी मानिसहरूलाई पहिले नै अभियोग लगाइएको थियो । ती मध्ये झन्डै आधा राजधानी तेहरानमा प्रदर्शन गर्नेहरु छन् । न्यायपालिकाको तथ्याङ्क अनुसार सेप्टेम्बरको मध्यमा प्रदर्शन सुरु भएदेखि यता ति दंगामा संलग्न रहेका हुन् ।

मिजान अनलाईनका अनुसार दक्षिणी प्रान्त होर्मोज्गानका न्यायिक प्रमुख, मोजताबा घहरेमानीले भने, “हालैका दंगापछि १६४ जनालाई अभियोग लगाइएको थियो ।”

उनीहरूलाई हत्या गर्न उक्साउने, सुरक्षा बलहरूलाई हानी पुर्‍याउने, “शासन विरुद्ध प्रचार गर्ने र सार्वजनिक सम्पत्तिलाई क्षति पुर्‍याउने जस्ता आरोपहरू लगाइएको वेबसाइटले उल्लेख गरेको छ । विहीबारदेखि उनीहरूका वकिलहरूको उपस्थितिमा उनीहरूको मुद्दाको सुनुवाइ सुरु हुनेछ।

त्यस्तै, अन्य २७६ जनालाई मर्काजी प्रान्तमा अभियोग लगाइएको छ । यहाँका न्यायपालिका प्रमुख अब्दोल-मेहदी मौसावीलाई उद्धृत गरी राज्यद्वारा सन्चालित समाचार एजेन्सी इरनाले जनाएको हो ।

भविष्यमा कुनै पनि दंगामा भाग नलिने वाचामा हस्ताक्षर गरेर १०० जना युवाहरूलाई रिहा गरिएकोपनि इरनाले जनाएको छ।

मध्य इस्फाहान प्रान्तमा न्यायिक प्रमुख असदुल्लाह जाफरीले हालैको द्वन्दसित संवन्धित ३१६ मुद्दा दायर गरिएको बताएका छन् ।

अमिनीको मृत्यु सेप्टेम्बर १६ मा भएको थियो । प्रहरीले महिलाहरूको लागि देशको कडा पोशाक नियमको कथित उल्लङ्घनको आरोपमा उनलाई पक्राउ गरेको केही दिन पछि उनको मृत्यु भएको थियो ।

प्रदर्शनमा भाग लिएका लगभग १५ हजार मानिसहरूलाई हिरासतमा राखिएको दाबी अधिकार समुहको छ । तर ईरानी अधिकारीहरूले विदेशमा रहेका अधिकार समूहहरू भन्दै उक्त दाबीलाई अस्वीकार गरेका छन् ।

इरानले आइतवार फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रों र इस्लामिक गणतन्त्रका विपक्षीहरू बीच शुक्रबार भएको बैठकको आलोचना गरेको छ । उक्त भेटपछि एमानुएल माख्रोंको टिप्पणीलाई “खेदजनक र लज्जास्पद” भनेको छ ।

म्याक्रोनले ईरानमा मान अधिकार, प्रजातन्त्र, लैंगिक समानताका क्षेत्रमा डटेर लागिरहेका चार प्रख्यात इरानी महिलाहरूसँग भेटघाट गरेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक