बिहीबार, वैशाख १३, २०८१

अस्ट्रियाका मेयरद्वारा सरकारको अपहेलना गर्दै आप्रवासी पालहरू भत्काउने आदेश

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक २९ गते २३:४४

अस्ट्रियाको एउटा सानो गाउँका मेयरले संघीय सरकारको अवहेलना गर्दै आप्रवासीहरु बसिरहेको पाल भत्काउन निर्देशन दिएका छन् ।

यो मध्य युरोपेली राष्ट्रमा शरण खोज्नेहरूको बढ्दो संख्याका कारण विवादमा परेका आप्रवासीहरू बसिरहेको टेन्टहरू भत्काउन आदेश दिएपछि ब्यापक बिरोध र विवाद खडा भएको छ ।

एपीका अनुसार एक हप्ता लामो द्वन्द्व पछि सेन्ट जर्जेनका मेयर फेर्डिनान्ड एग्नरले गत महिना आफ्नो गाउँमा स्थापना गरिएका एक दर्जनभन्दा बढी पाल भत्काईदिएका हुन् ।

यो निर्णयलाई अष्ट्रियाको संघिय सरकारको नितिबिरुद्द भन्दै आलोचना गरिएको छ । संयुक्त राष्ट्र संघिय मानव अधिकार आयोगलेपनि यसको आलोचना गरेको छ ।

ठण्डिका बेला आप्रवासीहरु बसिरहेको पाल भत्काएर अमानविय कार्य गरेको भन्दै मानव अधिकारकर्मीहरुले कडा आपत्ती जनाएका चन् ।

मेयरले ति असुरक्षित, अमानवीय रहेको र अर्को आँधीबेहरीमा नटिक्ने भन्दै भत्काउन निर्देशन दिएपछि कामदारहरूले सोमबार १७ वटा सेतो पालहरू हटाउन थालेका थिए ।

“यो एकदम स्पष्ट छ, केवल पालहरू ठड्याउने यो विधि सबैभन्दा मूर्ख समाधान हो । नगरपालिकाहरूमा यी पालहरू राख्नु ठिक छैन । पहिले नै पर्याप्त भइरहेको छ, त्यसैले म यसलाई अनुमति दिने छैन” एग्नरको भनाई उल्लेख गर्दै युरोन्युजले उल्लेख गरेको छ ।

पाल राखिएका ठाउँका आप्रवासीबाट उक्त स्थानका स्थानियवासीले धम्कीको महसुस गरेको र ति मध्ये अधिकांश युवाहरु रहेकोपनि उनले उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक