बिहीबार, चैत १५, २०८०

‘भगवान’ बनाउँदा धोका दिएकाहरुबाट पनि किन चेत्दैनौँ हामी ?

प्रजु पन्त२०७९ कार्तिक ३० गते १७:३९

रवीन्द्र मिश्र राजाबादी हुनु पहिले मिश्रलाई भगवान नै मान्नेहरु थिए। । उनी माथि प्रश्न उठेको फिटिक्कै मन पर्दैनथ्यो एक थरी गणतन्त्रबादीलाई समेत। आखिरिमा उनी राजाबादी निस्किए। प्रश्न उठाउन सक्ने भएका छन् दलित जनजाति अन्य धर्मलम्बी । उनलाई यो समाज भाँडिए जस्तो लाग्छ। महेन्द्रको एक भेष एक देशको नारा फलाक्ने उनी बीपीको आर्दश म आफैं बोकेको छु भने झैँ गर्छन्। जब की बीपीले तानाशाह कसरी जन्मन्छ, मण्डले प्रबृत्ति के हो ? भन्नेबारे धेरै ठाउँमा बोलेका छन् । नपत्याए प्रदिप गिरिले सम्पादन गर्नुभएको पुस्तकहरु पढे थाहा लाग्छ ।

अर्का भगवान बने धुर्मुस सुन्तली । अरबौँ रकमको गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने जिम्मेवारी उनीहरुलाई नै दिइयो। जब की राष्ट्रिय गौरबको आयोजना कुनै व्यत्तिको रहरले बन्ने कुरा थिएन। आखिर यो असफल भयो। यसमा टिप्पणी हुँदा समेत धेरै भत्तहरुलाई प्रश्न उठेको मन परेन। उनले बनाएको बस्तीको खर्चमा समेत प्रश्न उठ्दा धुर्मुस सुन्तलीका भत्तजनले प्रश्न उठाउनेलाई खेदेकै हुन् ।

नाकाबन्दी ताका भगवान बनाइए केपी ओली । उनी भारत विरोधी भएको चित्रण गरियो । जब कि यो गल्ती थियो। नपत्याए सुधिर शर्माको प्रयोगशाला पुस्तक पढे हुन्छ रअ सँग उनको नेक्सस। आखिरिमा असंबैधानिक तरीकाले प्रतिनिधि सभा विघटन गरेपछि र सामन्त गोयल सिधै प्रधानमन्त्री निवास छिरेबाट उनको मुखुण्डो उतारिएकै हो।

अर्का भगवान बनेका छन्, रवि लामिछाने। कुरा प्रष्टै छ, व्यत्तिगत आचरण स्वेच्छारितामा भएकाले राज्यको आचरण अनुशासनमा राख्छ भन्ने आशा म चाहिं गर्दिन। उनकी पहिलेकी श्रीमतीले अनलाइनखबरमा रविलाई पुर्व श्रीमतीको तर्फबाट बधाई भनेर लेखेकै छिन्। नागरिकता सम्बन्धी उनको ढाँट छल त प्रष्टै देखिएको छ । अझै पनि केही ब्यक्तिहरु उसले त गल्ती नै गर्न सक्दैन । तथ्य र प्रमाण खोज्नेले किन खोजे भनेर सोध्दैछन् जब की कानून अनुसार प्रश्न रविलाई सोध्नु पर्दथ्यो। सार्वजनिक ब्यक्तिमा प्रश्न उठ्नु स्वभाविक हो । प्रश्नको उत्तर दिनु उनको जिम्मेवारी हो।

तसर्थ नेपाली समाजले हिरो खोजेको छ । यो गलत छ । प्रणाली गतिलो बनाउने हो। प्रणाली गतिलो बनाएपछि त्यही प्रणाली भित्र रहेर ब्यक्तिले काम गर्ने हो। आफ्ना भगवानहरुले प्रणाली नै मिचे पनि सही भनेर धेरै नबोकेकै राम्रो। भगवान बनाइएकाहरुमा मात चढ्यो भने भुकुर्न थाल्छन् आफैंलाई । उल्टो बाटो हिँड्न थाल्छन्। त्यसकारण जो सुकै होस ऐन नियम कानून भित्र बसुन्। प्रणाली बसालुन्। कतिलाई लाग्ला ब्यक्ति राम्रो भयो भने प्रणाली बस्छ। ब्यक्ति राम्रो जवाफदेही बनाएर हुन्छ प्रश्न सोधेर हुन्छ भगवान भनेर पुजा गरेर होइन।

(स्रोत- पन्तको फेसबुक)

तपाइँको प्रतिक्रिया

फेसबुक