बिहीबार, चैत १५, २०८०

स्विजरल्याण्डमा सडकमा भन्दा बढी घरमै दूर्घटना

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ मंसिर १ गते १२:२०

स्विजरल्याण्डमा सडक दूर्घटनामा भन्दा बढी मानिसहरु घरमै दूर्घटना भएर मर्ने गरेका छन् ।

स्विस काउन्सिल फर एक्सिडेन्ट प्रिभेन्सन (बिएफयु) का अनुसार स्विजरल्याण्डमा घरभित्र र वरिपरि प्रत्येक वर्ष एक हजार सात सय मानिसहरूको मृत्यु हुन्छ र १५ हजार भन्दा बढी गम्भीर घाइते हुन्छन् । त्यो संख्या सडक र खेल दूर्घटनामा भन्दापनि बढी हो ।

स्विस काउन्सिल फर एक्सिडेन्ट प्रिभेन्सन (बि एफ यु) ले मंगलबार प्रकाशित गरेको घर र घुमघामबारेको दुर्घटना सार्वजनिक गर्दा यो रहस्य खुलेको हो । प्रतिवेदनले विगत १० वर्षमा भएका दुर्घटनाको विश्लेषण गरेको छ ।

प्रवृत्ति बढ्दै गएको रिपोर्टमा उल्लेख छ । प्रत्येक वर्ष त्यहाँ ३१ थप घातक दुर्घटनाहरू बढेका छन्। ८५ वर्ष भन्दा माथिका मानिसहरू विशेष गरी प्रभावित छन् । ‘मानिसहरू प्रायः आफ्नो निजी घरहरूमै गम्भीर चोटहरू भोग्छन्, बिएफ्यु ले भनेको छ ‘त्यहाँ ८१ प्रतिशत गम्भीर चोटहरू खसेर भएको छ ।’

रिपोर्टका अनुसार हरेक वर्ष १५ बालबालिका र किशोरकिशोरी घरमा वा खेल खेल्ने, रमाईलो गर्ने, घर वरिपरि टहलाउने क्रममा मर्छन् । तीमध्ये आधा शिशु र बच्चाहरू छन् । तिनीहरूको लागि सबैभन्दा ठूलो जोखिम निसासिने वा पानीमा डुब्ने हो।

यी संख्याहरू कम गर्न बिएफ्युले साना बच्चाहरूको लागि थप सुपरिवेक्षणका साथै सिँढीका गेट र झ्यालहरूको ताल्चाहरू राम्रोसित लगाउन, ब्यवहारिक बनाउन सिफारिस गरेको छ। वृद्ध मानिसहरूका लागि, यसले बाथरूममा ग्र्याब बारहरू स्थापना गर्न, माथि वा तल सिढीहरूमा जाँदा भित्तामा समाउने बार लगाउन, बार समातेर उक्लिने ओर्लिने गर्न र बल र सन्तुलन मिलाउनकोलागि व्यायाम गर्ने सल्लाह दिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक