शुक्रबार, वैशाख १४, २०८१

नारायणी किनारमा मानव भेलको रहस्य

नेपालप्लस संवाददाता / चितवन२०७९ मंसिर १ गते १८:३०

फोटो स्रोत- बिजय एफ एम

स्वतन्त्र पार्टीले चितवनको नारायणी किनारमा आयोजना गरेको चुनावी सभा यि हरफहरु लेख्न बस्दा चलिरहेकै छ । नारायणी नदीको किनारमा अपार छ भिड । आँखाले बगरमा जति देखिन्छ त्यो सबै मानव समुदायको बिस्कुनले ढाकिएको छ । विशाल छ । अचाक्ली छ जनताको सगभागिता । यति अपार छ कि जनता कहाँबाट आए होलान् भन्ने खुलदुली धेरैलाई लागेको छ ।

यो जनसभामा ओइरिएकालाई चुनावी सभा सम्म ओसार्न एमाले, माओवादी, नेपाली कांग्रेसलेझै हजारौं कार्यकर्ता परिचालन गरेकोपनि देखिन्न । सित्तैमा मासुभात र निशुल्य यातायातको ब्यवस्था गरेकोपनि देखिंदैन । तैपनि हजारौं होइन लाखौंको भिड जम्मा भएको छ ।

बुढाबुढी, केटाकेटी, के युवा र युवती सबै भिड लागेका छन् । तिनले घण्टी बजाएका छन् । घण्टीनै शरिरमा लागएका छन् । भिड देख्नेहरुले सोधिरहेका छन्, किन आयो यो भिड ? कसरि आयो ? कहाँबाट आयो ? हे प्रलय !

कुरो स्पष्ठ छ- जनता पुराना दलबाट बिचलित छन् । तिनले पटक पटक धोका खाएका छन् । पुराना दलमा कुनै आकर्षण, बिश्वाश, भरोसा र तिनले यो देश, समाज बनाउलान् भन्ने एकरत्ती विश्वाश जनतामा छैन । त्यसैले जनता बिकल्प खोजिरहेका छन् ।

पुराना दल र नेतालाई त्यागेका केहि जनता देख्दा पार्टीका भरियाहरुले आरोप लगाउने गरेका छन्, जनताले कुरो बुझेनन् । जनता बुद्दु भए । यो लठैत, अबुझहरुको भिड हो । राजनितिक दल र तिनका भरिया जस्ता कारिन्दा कार्यकर्ताहरुले फेरि अर्को भुल गरिरहेका छन् ।

नारायणीको किनारमा जम्मा भएको यो भिडमा के अनपढ, अशिक्षित जमात मात्रै छ ? लाखौंको यो जनसमुदाय मुर्ख र बुद्दुहरुको मात्रै हो ? यो भिडमा कोहि पधेढेलेखेको, शिक्षित, बौद्दिक ब्यक्ति छैन ?

राजनितिक दलबाट आजित हुनु, पटक पटक धोका खाएर तिनको पछि लाग्न अस्विकार गर्नु अबुझ, मुर्ख र भेडो हुनु हो ? के राजनितिको सहि परिभाषा यहिनै हो ? कि जनताको विश्वाश, भरोसा जित्न नसकेपछि त्यसबाट उम्किन, बच्न, पन्छिनकालागि रचिएको मिथ्या आरोप हो ? कतै राजनितिक दलमा आबद्द भएका बुद्दु, भरिया, मुर्खहरुले सबै जनतालाई त्यस्तै देखिरहेका छन् ?

बहुदलिय ब्यवस्था बदल्न जनतासमक्ष गरिएको आग्रहको ईतिहास करिब ३५ वर्ष भयो । त्यसपछि जनताले तीन पटक त ब्यवस्था बदल्नै साथ दिए । ३५ वर्षदेखि सरकार, सत्तामा तिनै पुराना दल र अधिकांश उहि अनुहारका नेताले रजाइ गरिरहेको जनताले भोगिरहेका छन् ।

जनताले हेर्दाहेर्दै नेताका फुस्का घर महलमा बदलिए । तिनको साँठगाँठ, चुरिफुरि बदलियो । तिनका आफन्तको दैनिकीपनि सुकुम्बासीबाट धनाढ्य बन्यो । तर जनता झन झन निर्धन बने । देश झन गरिब बन्यो । शान्ति र सुरक्षा झनै टिठलाग्दो भयो । महँगि र बेरोजगारीले थिचेर जनता उठ्नै नसक्ने अवस्थामा पुगे । हेर्दाहेर्दै देशका कलकारखाना सबै बेचेर खाए । जनतालाई यो सबैको मूकदर्शक, रमिते बनाउन बाध्य पारियो । त्यसैले जनता आजित भए । उनीहरुले ति पुराना दल, चार दशकदेखि देख्दै, भोग्दै आएका नेता फेरि भोग्न चाहँदैनन् । चार दशकदेखि देश र जनतालाई भ्रम छरेर लुट्दै आएका पार्टीको छाहारीमुनि बसेका नयाँ अनुहारलाईपनि भोग्न चाहँदैनन् । उनीहरु जनताको पक्षपाती नेता र दल खोजिरहेका छन् ।

चार दशक देखि रजाई गर्दापनि किन आकर्षण गर्न सकिएन जनतालाई ? ४० वर्षमा एमाले, तराईका पार्टी, नेपाली कांग्रेस, राप्रपाबाट जनताले पाएको के हो ? निराशा, महँगि, असुरक्षा, महँगी, अनिस्चितता, धोका, आस्वाशन ! जनताले यदि केहि पाए यि पुराना दल र तिनका प्रमुख नेतबाट भने यत्ति पाए । सबैभन्दा बढी निर्वाचनमा आस्वाशन र त्यसपछि धोका । अनि जनता फेरि कुन विश्वाश र के आशाकालागि यिनैका पछि लाग्नु ?

चालिस वर्ष शासन र सत्तामा बसेर, पटक पटक ब्यवस्थानै परिवर्तन गर्न साथ दिएका जनता किन आजित भए, किन बिच्किए र साथ दिएनन् ? ४० वर्ष आफ्नो पक्षमा रहेका, साथ दिंदै आएका जनतालाई किन आकर्षण गर्न सकिएन ? दल र नेताहरुले त्यता पो सोच्नुपर्ने होइन ?

पटक पटक ब्यवस्था बदल्न ज्यान दिएका जनतालाईनै सधैं कुरो नबुझ्ने, बुद्दु, भेडा भनेर हेपिरहने ? कहाँ चुके दल ? केले बाध्य बनायो ब्यवस्था बदल्न साथ दिएका दलप्रतिको अविश्वाशमा ? पुराना दललाई मत दिन मनै नलाग्ने केले बनायो ? किन बिकल्प खोजिरहेका छन् जनता ? कहिल्यै साथ नलागेका, नभोगेका नयाँ दल र नेतालाई छानेर जनता किन जोखिम लिन खोजिरहेका छन् ? कति असफल भए पुराना दलका नेता ? त्यतातिर पो घोत्लिनुपर्ने होइन र ?

बरु दलहरुले यसैगरि जनताको अभिमतलाई कुल्चिने दुस्साहस गरिरहे, बिकल्प खोजेका जनतालाई बुद्दु र मुर्ख, कुरा नबुझ्ने भन्दै आरोपित गरिरहे र आफूहरु सुध्रिएनन् भने के होला ? सबै प्रदेशमा यसैगरि जनताले बिकल्प खोज्ने छन् । र माओवादी, राप्रपा, नेकपा एमाले, नेपाली कांग्रेसका केन्द्रिय कार्यालय र तिनका मुली नेतालाई सोहोरेर टुकुचामा मिलाउने छन् । त्यसैले जनतालाई अझै हेप्ने होइन कि दल र नेताले सोच्ने पो हो की ?

तपाइँको प्रतिक्रिया