शुक्रबार, वैशाख ७, २०८१

विश्वका दुई ठूला हात्ती तह लगाउन फ्रान्स अगाडि बढ्ने

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ मंसिर २ गते १५:५३

फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले विश्वको जंगलमा दुई ठूला हात्ती रहेको र ति नर्भस हुँदै गएकाले तिनलाई तह लगाउन फ्रान्स अगाडि बढ्न चाहेको बताएका छन् ।

उनले ठूला दुइ हात्ती भनेर अमेरिका र चीनलाई भनेका हुन् । दुई हात्ती नर्भस भएको र ति झगडा गरेमा सारा विश्वले दुख पाउने भएकाले तिनलाई सन्तुलनमा राख्न जरुरि भएको उनले बताएका हुन् । र त्यसमा फ्रान्सले भूमिका खेल्न चाहेको उल्लेख गरेका छन् ।

“हामी जङ्गलमा छौं र हामीसँग दुईवटा ठूला हात्ती छन्, ति अधिक भन्दा अधिक नर्भस हुन खोजिरहेका छन्” माख्रोंले आफ्नो भाषणमा भने ।

“यदि तिनीहरू धेरै नर्भस भए र युद्ध सुरु गरे भने यो बाँकी जंगलको लागि ठूलो समस्या हुनेछ। तपाईं हामी सबैलाई अन्य धेरै जनावरहरूको सहयोग चाहिन्छ: बाघ, बाँदर, र यस्तै ।”

माख्रोंले बैंककमा २१ औं एसिया-प्रशान्त आर्थिक सहयोग (एपिईसी) शिखर सम्मेलनमा भाग लिइरहेका छन् । उनले बढ्दो अमेरिका-चीन प्रतिस्पर्धाको बीचमा यस क्षेत्रका लागि फ्रान्सको रणनीति प्रयोग गर्न खोजिरहेका छन्।

“फ्रान्स द्वन्द्व रोक्न यस क्षेत्रमा स्थिर भूमिका खेल्न चाहन्छ” फ्रान्सेली राष्ट्रपतिले शिखर सम्मेलनका क्रममा व्यापारीक नेताहरूको भेलालाई भने “हामी वर्चस्वमा विश्वास गर्दैनौं, हामी टकरावमा विश्वास गर्दैनौं, हामी स्थिरतामा विश्वास गर्छौं ।”

उनले भने फ्रान्स लगायत हिन्द र प्रशान्त महासागरका क्षेत्रीय शक्तिहरू-रियुनियन, न्यू क्यालेडोनिया र फ्रेन्च पोलिनेसियालगायत विदेशी क्षेत्रहरूले भूमिका खेल्नुपर्ने बताए ।

माक्रोंले जलवायु परिवर्तनदेखि आर्थिक उथलपुथलसम्म अन्तर्राष्ट्रिय समुदायले ओभरल्यापिङ (एकमाथि अर्को समस्या खप्टिएको, जोडिएको) संकटको सामना गरिरहेको र समन्वयात्मक प्रतिक्रिया आवश्यक रहेको बताए ।

“हाम्रो इन्डो-प्यासिफिक रणनीति यो वातावरणमा कसरी गतिशील सन्तुलन प्रदान गर्ने भन्ने हो,” उनले भने “कसरी एक प्रकारको स्थिरता र सन्तुलन प्रदान गर्ने जुन ती मध्ये एकको आधिपत्य हुन सक्दैन, दुई ठूला शक्तिहरूको टकराव हुन सक्दैन।”
युक्रेनमा रुसको युद्धलाई उनले विश्वव्यापी अस्थिरताको प्रमुख स्रोतको रूपमा उल्लेख गरे । उनले एसिया र अन्य ठाउँका सबै देशहरूले आफ्नो कर्तव्यलाई स्वीकार गर्न आवश्यक रहेको बताए ।

फ्रान्सले “यो युद्ध तपाईकोअनि समस्या हो भन्ने बुझाउनका लागि बढ्दो सहमति निर्माण गर्न काम गरिरहेको छ । किनभने यसले धेरै अस्थिरता सिर्जना गर्नेछ” माख्रोंले भने।

तपाइँको प्रतिक्रिया

फेसबुक