शुक्रबार, वैशाख १४, २०८१

कोप २७ सम्मेलन गतिरोध तोड्नको लागि एक दिन लम्बियो

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ मंसिर २ गते २२:१०

जलवायु परिवर्तनका कारण विनाश भोगिरहेका विकासोन्मुख देशहरूका लागि कोष खडा गर्ने विषयमा भएको गतिरोध तोड्ने प्रयासस्वरूप शुक्रबार सकिनुपर्ने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन एक दिन लम्बिएको छ।

विश्वले चरम बाढी, गर्मी, सुख्खा, आँधीबेहरी र खडेरीको बढ्दो प्रकोपको सामना गरिरहेको बेला जलवायु परिवर्तन सम्बन्धी कार्यलाई अगाडि बढाउने उद्देश्यले इजिप्टमा भएको कोप २७ मा लगभग २०० देशका प्रतिनिधिहरू भेला भएका छन् ।

तर धनी र विकासोन्मुख राष्ट्रहरूले शर्म अल-शेखको रेड सी रिसोर्टमा शिखर सम्मेलन समाप्त हुन केही घण्टा अघि मात्र कोष सिर्जना गर्न र अन्य महत्त्वपूर्ण मुद्दाहरूमा साझा आधार खोज्न संघर्ष गरिरहेका थिए।

“आज हामीले फेरि गियर परिवर्तन गर्न आवश्यक छ, समय हाम्रो पक्षमा छैन,” कोप २७ वार्ताको अध्यक्षता गर्ने इजिप्टका विदेशमन्त्री सामेह शौकरीले प्रतिनिधिहरूलाई भने “म यो सम्मेलन भोलि व्यवस्थित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउँछु ।”

अत्यावश्यक कार्यहरू यो सम्मेलनले सक्नुपर्ने छ । सूचीमा पूर्व-औद्योगिक स्तरबाट औसत तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्न आवश्यक उत्सर्जन कटौतीको लागि सम्झौता गर्नु छ । र कोषहरू खडा गर्नुपर्ने, खोज्नुपर्ने छ जुन वैज्ञानिकहरूले सबैभन्दा खतरनाक प्रभावहरूबाट बच्नको लागि सुरक्षित उपाय हो भनेका छन्।

धेरै विकासोन्मुख देशहरू र साना टापु राज्यहरू समुद्री सतह वृद्धिबाट खतरामा छन् । सम्मेलनमा परिभाषित मुद्दाहरूले जलवायु परिवर्तनको कारण तिनमाथि परेको नोक्सान र क्षतिको लागी रकम दिनुपर्ने उल्लेख गरेको छ ।

हालैका महिनाहरूमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याले गर्दा पाकिस्तान र नाइजेरियामा बाढीले हजारौं घरबारबिहिन भए । संसारभरको गर्मीको लहर र खडेरीले ऋण माथि बढ्दै गएको जलवायु परिवर्तनले विकासोन्मुख राष्ट्रहरूका लागि भयंकर प्रभावहरू छोडेको छ । तिनै देशमा मुद्रास्फीतिले अर्को समस्या थपिदिएको छ ।

सम्झौता खोज्नको लागि युरोपेली संघले बिहीबार ढिलोगरि सबैभन्दा कमजोर राष्ट्रहरूको लागि कोष सिर्जना गर्ने प्रस्ताव गर्‍यो ।

विश्वका सबैभन्दा ठूला दुई प्रदुषक चीन र अमेरिकाले यो मुद्दामा स्पष्ठ बोल्नुपर्ने र कोषमा बढी लगानी गर्नुपर्ने माग चर्कोरुपमा उठेको छ ।

सम्मेलन शुरु हुनासाथ १३४ विकासशील देशहरूको जि ७७ र चीन ब्लकले कोप २७ बैठकमा नोक्सान र क्षतिका लागि कोष सिर्जना गर्ने प्रस्ताव राख्यो । उनीहरुले अन्य विवरणहरू पछि सहमति हुने भनेका थिए ।

युरोपेली आयोगका उपाध्यक्ष फ्रान्स टिमरम्यान्सले शुक्रबार पत्रकारहरूलाई कोष सबैभन्दा कमजोर राष्ट्रहरूको लागि हुनुपर्ने र पैसा बृहत् कोष दिने आधारबाट आउनुपर्ने बताए । उनले त्यसको अर्थ चीन, अमेरिका, ब्राजिल, बेलायत, टर्की, जापान लगायतका प्रमुख प्रदुषक देशहरुलाई भन्न खोजेका हुन् । चीन लगायतका केहि देशहरू १९९२ मा विकासशील देशहरूको रूपमा सूचीबद्ध भएदेखि हाल धनी बनेका छन् । उनले ति देशलाईपनि संकेत गरेका हुन् ।

विकासोन्मुख राष्ट्रहरू यस कोपमा नोक्सान र क्षति कोषको लागि आह्वान गर्न अपेक्षाकृत एकजुट भएका छन्। केही साना टापु राज्यहरूले यदि कोषमा प्रगति नभए कोपलाई बहिस्कार गरेर बाहिर निस्किने बारेपनि छलफल गरेका थिए।

तर साना टापु राज्यहरूको गठबन्धन आओसिसले पनि चीन, भारत र अन्य ठूला प्रदूषकहरूको योगदान हेर्न चाहेकोने संकेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया