मंगलबार, चैत ६, २०८०

‘सेक्स अन द विच : अ ककटेल !’

निल थापा / कोपेनहेगन, डेनमार्क२०७९ मंसिर ४ गते ६:०८

२०१८ फेबुअरी महिना, जाडो मौसम । म डेनमार्क बाट नर्वेको लागि समुन्द्री जहाजबाट यात्रामा निस्केको थिएँ। यात्रा अवधि १७ घन्टा जतिको थियो। कामबाट सिधै यात्राको क्रममा निस्कँदा ढिला भएको थियो । मलाई जहाजसम्म जान हतार भएको थियो।

दिउँसो ३.४५ बजेतिर हतारमा हस्याङफस्याङ गर्दै म जहाजको बोडिङ्ग पास लिएर सेक्युरिटी चेकमा पुगे ।

पासपोर्ट र वोर्डिङपास हेर्दै सेक्युरिटी चेक गर्ने महिलाले भनिन् ‘यु आर लेट (तपाई ढिला हुनु भो)।

मैले जवाफ फर्काएँ ‘सरि म्याम !’
ऊनले पासपोर्ट हेरिसकेर छोटो उत्तर दिईन् ‘ह्याभ ए नाईस जर्नी (शुभ यात्रा)’!

मैले जवाफ फर्काएँ ‘थ्यांक यू म्याम ।’

म हतार गर्दै जहाज भित्र छिरें । मेरो रुम जहाजको छैठौं तलामा थियो। लिफ्टबाट म छैटौं तला पुगें । लिफ्टबाट बाहिर के मात्र निस्केको थिएँ कसैले पछाडिबाट बोलायो ‘एक्स क्युज मि ! तपाईं नेपाली हो ?’

मैले आवाजतिर ध्यान दिदै फर्कें । दुई महिला आफ्ना लगेजका साथ उभिएका थिए । मैले महिलाहरु तिर हेर्दै जवाफ दिएँ ‘हो ।’ अनि प्रति प्रश्न गरे । ‘किन र ?’

‘हेर्नुस न हामीलाई रुम खोज्न आएन। फस्ट टाईम आएक‍ो ।’ दुईमध्ये एकले सोधिन् ‘अघि तल लिफ्टनिर तपाईं मोवाईलमा नेपालीमा कोहीसँग कुरा गरेको सुनेका थियौं। त्यही भएर हेल्प मागेको । माईन्ड नगर्नुस् है ?’ ऊनि चुप भईन ।

मैले जवाफ फर्काएँ ‘ठिकै छ नि ।’

केहीबेर अगाडि चेक ईन समयमा मैले साथीसँग कुरा गरेको उनीहरुले सुनेका रहेछन्।

‘खोइ वोर्डिङ दिनुस त !’ मैले उनिहरुसँग वोर्डिङ पास मागें ।

पाँचौं तलामा रहेछ। रुम नं ५५१४ । ‘एक तला तल हो। यो त छैठौं तला हो’ वोर्डिङ हेरिसकेपछि मैले जवाफ दिएँ ।

‘ला’ भन्दै उनिहरु जिल्ल परेझै हाँस्न थाले । अनि दुबैले मुख बिगारे ।

दुई मध्ये एउटीले सोधिन् ‘तपाईंको नि ?’
मैले जवाफ दिएँ ‘यहि तलामा हो रुम नं ६४२० ।’
दुईटैले एकै पटक जवाफ फर्काए ‘थ्यांक यु ।’
मैले हाँस्दै भनें ‘ईट्स ओके ।’

‘बाई !’ दुबैले बिदा मागे ।

म नि ‘बाई’ भन्दै आफ्नो रुमतिर लागें।

म रुममा पुगें। साथीभाई, परिवारसँग मोवाईलमा कुरा गर्न थालें। जहाज आफ्नो गतिमा बिस्तारै चल्न सुरु गर्यो। परिवारसँग गफ सकेर बिदा मागे । अनि एकछिन आराम गर्ने मनसायले सुतें ।

म त लामो समय निदाएछु । ढोकामा कसैले ढकढक गर्या आवाज आयो भित्र । मैले मोबाइलमा हेरेको त साँझको सात बजिसकेछ। बिस्तारै ढोका खोलें। ढोका बाहिर तिनै दुई महिला पो देखें ।

दुईमध्ये एकले भनिन्। ‘ला ! सुतिराख्नु भको जस्तो छ । सरि ल ! डिस्टब भयो होला । हामी त जहाज भित्र सबैतिर घुमिसकेको । तपाईंलाई देखिएन त्यहि भएर हामी तपाईलाई बोलाउन आएको । खाजा खान आउनु। आफैँले घरबाट खाजा बनाएर ल्याएका छौं। कति धेरै छ । तपाईंलाई नि खाजा खान बोलाउन आएको। हिंड्नुस हाम्रो रुममा। खाजा खान जाऊँ । अरु नेपाली त कोहि भेटिएन । यो जहाजमा तपाईं बाहेक ।’ सबै बेलिबिस्तार एकैपटकमा सुनाउन भ्याईन, दुईमध्य कि एक महिलाले ।

मैले भनें ‘मलाई भोक छैन । तपाईंहरु खानुस  म फ्रेस पनि भएको छैन ।’

उनिहरुले कर गरे ‘जसरी भएपनि आउनुस न के! अप्ठ्यारो मान्नु पर्दैन । कति धेरै खाजा बनाएर ल्याएको छ हामीले ।’

मैले गार्हो मान्दै जवाफ दिएँ ‘म एकछिनमा आउछु नि है ? तपाईहरु जानुस ।’ उनिहरु हाँसे ।

दुईमध्ये एकले भनि ‘परिचय गरम न है ? बाई द वे आई एम रुबिना ! अनि उ चैं मेरो साथी रुषा ।’ दुबै एकसाथ मुस्कुराए !

‘तपाई नि ?’ परिचय दिएकि मध्ये रुबिनाले सोधिहाली ।

मैले परिचय दिएँ ‘आई एम निल । निल थापा।’

‘थ्यांक यु !’ एकसाथ दुबैले जवाफ फर्काए ! म नबोली मुस्कुराएँ ।

फेरि दुबैले ‘बाई’ भन्दै हाँस्दै बिदा भए।

उनिहरु गएको केही समय पछि म फ्रेस भएँ । सपिङ्ग एरियामा गएँ । केहि स्न्याक्सका साथ एक बोत्तल ह्विस्कि र चिसो पानी किनें । अनि रुममा आएँ । मोवाईलमा पुराना नेपाली गित सुन्दै आफ्नै तालमा ह्वस्कि पिउन थालें ।

दुई पेग पिएपछि मलाई भोकको अनुभव भयो । मोवाईलमा समय हेरें । ८.३० बजिसकेछ । खानाको लागि सम्झें ‘रेष्टुरेन्टमा जाऊँ कि निम्ता आएको रुममा ? सम्झें ‘रुबिना, रुषा र उनिहरुको रुम नं ५५१४ । दोमन भयो । रेष्टुरेन्टमा गएर खाऊँ कि ऊनिहरुको रुममा ? निर्णय गरे, ५५१४ नं को रुम नै ठिक होला ।

गिलासमा भएको ह्स्विकि स्वाँठ्ठ तानें। अनि लागें, पाँचौ तलाको रुम नं ५५१४ तिर।

हिम्मतका साथ रुम नं ५५१४ ढोकामा गएर ढकढक गरें । रुबिनालेले ढोका खोली। दुबै जनाको लुगा अघि भेट्दा भन्दा फरक छ । रुममा छिर्न नपाउँदै रुषाले भनी ‘किन ढिला नि ? हामी कतिधेरै कुर्यौ तपाईंलाई । हामी त यताउता घुम्या घुम्यै ।’ भन्दै दुबै जना आफ्ना कुराहरु सुनाउन थाले ।

मैले तल देखि माथिसम्म दुबै जनालाई हेरें। एकदम खुसि देखिन्थे। तर आँखा जुधाउन भने सकिन । मैले भनें ‘सरि है ! अलि ढिला भयो ।’

ऊनिहरुले पालो पालो बोल्दै गए । ‘कति रमाईलो रहेछ यहाँ त । सपिङ एरिया अनि जहाजको सबभन्दा माथिको तला त । दुई तीन पटक ओहोर दोहर गरिम हामीले त । हामी त आए देखि घुम्या घुम्यै । दुईतिन पटक लुगा फेर्दै कति धेरै फोटो खिचि सकेम।’ एकोहोर बोलिरहेका छन् उनिहरु। दुबै मस्त मुद्रामा हाँसे ।

‘सबैभन्दा माथि त कस्तो जाडो । बाहिर त निस्कनै नसकिने । हावा’नि बेस्सरी चल्ने रहेछ।’ यति भनिसकेर उनिहरु चुप लागे ।

मैले अलि मधुरो स्वरमा भनें ‘म पहिले पनि आईसकेको छु साथीभाई परिवारसँग । यो मेरो तेस्रो पटकको यात्रा हो । त्यसैले निस्कन मनलागेन ।फेरि एक्लै पनि छु यो पटक। बाहिर निस्कन पनि अल्छी लाग्यो ।

मेरो जवाफ सकिन नपाउँदै रुबिनाले हाँस्दै भनी ‘हामी छौं त साथी ।’

मलाई के भनम के भनम भयो ।

रुषाले भनी ‘खाजा खादै गफ गरौं न है ! भोक लाग्यो होला निल जीलाई पनि । म प्रति हेर्दै उसले भनी ‘नरिसाउनुस है ! हामीले त अघिनै पनि थोरै थोरै खाईसक्यौं ।’ ऊ लजाए जस्तो गर्दै मुसुक्क हाँसी ।

मैले सामान्य रुपमा लिएर जवाफ दिएँ ‘ठिकै छ नि ।’

रुषाले प्लेटमा खाजा हालेर दिई। मैले खाजाको प्लेट समातेर खान नपाउँदै रुबिनाले सोधी ‘वाईन पिउनुहुन्छ नि ? हामीले त अघि पनि दुई जनाले एक बोतल वाईन खाईसक्यौं ।’

मैले नि अप्ठेरो नमानी भनें ‘मैले नि अलिकति ह्वस्कि खाईसकें।’

मेरो कुरा सकिन नपाउँदै रुबिनाले जवाफ फर्काई ‘ए ! त्यहि भएर त ढिला भएको रहेछ हैन ?’ आफ्नो कुरा राख्दै ग्लासमा वाईन भरि । र भनी ‘ल सबैजना खाम न त ।’

हाँस्दै ! दुबै जनाले एकै स्वरमा भने ‘चियर्स !’

वाईन ग्लास उठाउँदै दुई जनाको ग्लासमा आफ्नो पनि ग्लास बिस्तारै ठोक्काउँदै भनें ‘चियर्स ! हामी सबैले वाईन खान सुरु गर्यौ ।

वाईन खाँदै जाँदा बोत्तल सकियो । समय पनि बित्यो। मलाई नि अलि अप्ठ्यारो लाग्यो । कुरा गर्ने बहाना पनि थिएन ।

मैले उनीहरुलाई प्रस्ताब गरें ‘अब यहाँ रुममा भन्दा बाहिर बारमा जाऊँ । अलि माईन्ड फ्रेस नि हुन्छ । माथि बार छ । बारमा लाईभ म्युजिक हुन्छ। डान्सपनि गर्न मिल्छ। त्यहाँ रमाईलो हुन्छ । त्यहि गएर बसौं। यदि तपाईंहरुलाई गार्हो हुँदैन भने।’

दुईटैले एकैस्वरमा भने ‘ल जाऊँ न त जाऊँ । रमाईलो हुन्छ भने । रमाईलो गर्न आको । तर के गर्नु हामीलाई थाहा छैन ।’

ऊनीहरु जान तयार भए । हामी जहाज भित्रको बारमा पुग्यौं। बारको टेबलमा बस्दै गर्दा मैले सोधें ‘के पिउने ? रुषाले भनी ‘मलाई त अघि रुममा खाएको वाईनले मुख सुकायो । म त बियर खान्छु। बरु पानी चैं कस्तो तिर्खा लाग्यो। पहिले पानी मगाउनुस न है । पानी पिऊँ ।’

रुषाकै कुरामा सहमति जनाउँदै रुबिनाले भनी ‘म पनि बियर पिउँछु । मैले केही नसोचि तीन वटा ह्यानिकेन बियर मगाएँ । पानी पनि ।

बारमा सबै ग्राहकहरु आफ्नै तालमा थिए। नाच गान चल्नु साथै लाईभ गितहरु पनि बजिरहेको थियो । हामी पनि बियर थप्दै पिउँदै गयौं । विचमा गफ गर्दै, नाच्दै रमाईलो गर्यौं। पिउँदै जाँदा केही समय पछि सबैलाई बियरको नसा चढ्न थाल्यो। रुषा अलि मात्तिन थालिसकेकि थिई।

म र रुबिना भने आफ्नै तालमा गफ गर्दै बियर पिउँदै थियौं। रुषाले भनी ‘मलाई त लाग्या जस्तो भयो अनि टाउको’नि दुख्यो । गार्हो होला जस्तो छ । म त गएर सुत्छु । तपाईंहरु बस्नुस। सरि है !’

मलाई के भन्ने के भन्ने भयो । लगभग रातको १२:०० जति बज्न लागेको थियो। यतिकैमा रुबिनाले भनी ‘हे ! यसलाई सधैं यस्तै हुन्छ। नखाई बस्न त एकछिन ।’

रुषाले जवाफ फर्काई ‘नाई यार । गार्हो भयो मलाई त । तँ रमाईलो गर न है । म त गएर सुत्छु। मलाई त भमिट नै होला जसरी रिँगटा पो लाग्न थाफ्यो । फेरि यो जहाज पनि कस्तो हल्लिएको जस्तो भा छ । मलाई त साँच्चै गार्हो भो । नरिसा न के । म जान्छु । बरु तँ चै चाँडै आईज है रुममा । माईन्ड नगरन है डार्लिङ।’

रुबिनाले जवाफ फर्काई ‘सक्दैनस् भने त के भन्नू । म छोड्न जाऊँ त तँलाई रुम सम्म ?’

रुषाले जवाफ फर्काई ‘पर्दैन यार । म जान सकि हाल्छु नि । निल जिलाई बोर हुन्छ फेरि । तँ बस म जान सक्छु । चिन्ता नगर न डार्लिङ।’

‘ल जा त जा । म एकछिनमा आउँछु !’ रुबिनाले उसलाई हग गर्दै बिदा दिई ।
रुषाले मलाई पनि ‘जान्छु है निल जी। माईन्ड नगर्नु है’ भनी।
मैले पनि ‘रुषा जि बाई’ भन्द‌ै बिदा दिएँ। यो बाहेक मसँग शब्द पनि थिएन। रुषा गई।

रुबिना र म बियर पिउँदै बस्यौं। रुषा गएको केही समय पछि वेटर आयो । मेनु थमाउँदै भन्यो ‘एनि लास्ट अर्डर सर । वि आर गोईङ् टु क्लोज द बार भेरि सुन ।’ मैले घडी हेरें, १२ बजिसकेछ । १२.३० मा बार बन्द हुने रहेछ।

मैले वेटरलाई जवाफ फर्काएँ ‘ईट्स आोके । आई विल लेट यु नो सुन ।’

वेटरले ‘थ्यांक यु सर’ भन्दै गयो । मैले मेनु पल्टाएँ । रुबिना मोबाईल हेर्दै थिई ।

मेनु हेरे पछि म अलिकति मुस्कुराएँ । अनि हँसिलो पारामा । मैले अंग्रेजीमा रुबिनालाई सोधे ‘वुड यु लाईक टु ट्राई सेक्स अन द विच प्लिज ?’

ऊ मेरो कुरा सुनेर एक्कासी तर्सिई । झसंग भई। रिसाउदै तुरुन्त अंग्रेजीमा भनी ‘ह्वाट ?’
ऊ अलि अलि संकोच मान्दै हडबडाई । फेरि रिसाउँदै खाऊँला झैं गरि । अनि जवाफ फर्काई ‘जुत्ता खान मन छ कि के हो ?’

मैले हाँसेर जवाफ दिएँ ‘खान त के के मन छ के के नि ? तर बार नै पो बन्द हुन लाग्यो र पो ।’

मैले कुरालाई दोहोरो अर्थ लाग्ने गरि अन्तै मोडें ‘नरिसाऊन हो त्यसरी ………मैले ककटेल ड्रिक्सको कुरा गरेको। तर तिम्रो ध्यान त अन्तै पो रहेछ ।’ म खित्का छाडेर हाँसें ।

ऊसले रातो हुँदै अंग्रेजीमा भडाँस पोखी ‘यु आर सिक !!’

मैले भनें ‘तिमीले यसरी नि हेर्यौ र यस्तै जवाफ दियौ भने चैं पक्कै नै सिक हुन्छु ।’ मैले खुलेर ऊसलाई तपाईबाट तिमीमा सम्बोधन गरें।

ऊसले मेरो कुरा सुनेर प्रश्न गरि ‘कलाकार हो र तपाईं ? धेरै नाटक र एक्टिङ पो आउँदो रहेछ।

मैले हाँस्दै जवाफ फर्काएँ । सिनेमा बनाउने सिलसिलामा एकजना प्रोड्युसर दाईलाई भेट्न डेनमार्कबाट नर्वे जाँदै हो म । तिमीले भन्या जस्तो कलाकार चैं हुन बाँकि नै छ। । जे होस् हिरो हुने सोच चैं थियो उमेरमा’ म हाँसें ।

ऊसले फेरि सोधी ‘साँच्चै ?’

मैले जवाफ दिएँ ‘हो साँच्चै । समयले साथ दियो भने सिनेमा बनाउने योजना छ ।’

‘बल्ल रक्सि र बियरले काम गर्न थालेछ ?’ मेरो कुरालाई रुबिनाले मजाकमा उडाई ।

मैले ऊसको जवाफलाई उत्ताउलो पाराले अन्तै मोडें ‘रक्सि र बियरले काम नगरे केले काम गरोस् भन्ने चाहना होत तिम्रो ?’

फेरि मैले द्विअर्थि शब्दले प्रहार गरें ‘यति धेरै पिउँदापनि बियरले काम नगरे केले गर्ला त ?’ म आफ्नै तालमा हाँसें ।
‘हेर यो बियर, रक्सि खान नै बनाको हो लाउन हैन। खाए पछि अलि अलि लागेन भने त के अर्थ रह्यो र यसको ?’ मैले ठट्यौली पारामा पुन जवाफ फर्काएँ।

ऊसले बोली ‘हे के नबुझ्ने बाङ्गो कुरा गर्नु भको हो ? लेखकले जस्त‍ो ।’

फेरि मैले हाँस्दै जवाफ फर्काएँ ‘लेखक भएँ भने तिम्रो मेरो यो नर्वे यात्राको बारेमा चै लेखौंला है !’

ऊसले हाँस्दै जवाफ फर्काई ‘तपाईलाई गुड लक है त्यसो भए । लेख्न जाँगर चलोस् । लेखक हुनु होला। कुराले त सबै गुण रहेछ। हिरो । लेखक । अनि नेता चैं नहुने ? त्यो चैं भन्नै बिर्सनु भयो त ।’

मैले भनें ‘त्यो पनि भईएला कुनै दिन। तर नेता हुन अलि डर लाग्छ हो मलाई ।’ उसले सोधिहाली ‘किन नि ?’

‘नेता हुन लाज, घिन, इज्जत सबै पचाउनु पर्छ। चरित्र फेरिरहनु पर्छ । सबैको चाकडी गर्नु पर्छ। आफ्नैलाई ढाँट्नुपर्छ । आफ्नै साथीभाईलाई धोकादिनु पर्छ। छलकपट जान्नुपर्यो। आफैँले के बोलेको थिएँ भुल्नु पर्छ। प्रत्येक पटक झुठो बोल्नुपर्छ । ईमान्दारीता गुमाउनु पर्छ। हरेक कुरामा आफूलाई बेच्न तयार हुनुपर्छ।  ती सबै गुण ममा अलि छैन । सायद नेता हुन सक्दिन कि।’ म हाँसेँ ।

मेरो कुरा नसकिँदै रुबिना बोली ‘नेता त मलाई नि मन पर्दैन हो । आजकल त नेतालाई इज्जत नि गर्दैनन् । आजकल त नेताले घुष खायो। ठग्यो। गुन्डागर्दी गर्यो। महिलासँग लाग्यो भन्ने समाचार मात्र हेर्न सुन्न पाईन्छ। नेताको राम्रो केही सुनिंदैन।’

‘नेता भनाउँदाहरु पनि उस्तै । राजनीति बदला लिन। आफूलाई सफल देखाउन। आफ्नै घरकी श्रीमती साँटुला जस्तो गरी लाग्न थाले । हामी महिलाको त इज्जत नै नभाको जस्तो गर्छन। साथीभाई छरछिमेक, समाज केही हेर्दैनन्। हुँदाहुँदै विदेशतिर पनि सिकिसके। जहाँगए नी उस्तै ताल छ नेपालीहरुको त ।’

‘तपाईं त झन हेन्डसम देखिनु हुन्छ । फेरि यता पनि नेपालकै जस्तो आरोप लाउलान तपाईंलाई पनि। नेता त नहुनुस् है ।’ उसले मलाई फुर्काए झैं गरि। सचेत गराई । ऊ अलि भावुक पनि भई।

ऊसको कुरा सुनेर। म एकछिन त गंभिर भएँ।

फेरि रमाईलो पाराले मैले कुरा अन्तै मोडें ‘लेखक, कलाकार, नेताकोको कुरा छाड । लास्ट अर्डर हो । बार बन्द हुँदैछ। के पिउने ? त्यो चैं भन।’

ऊसले म तिर हाँस्दै जवाफ फर्काई ‘उसो भए तपाईकै मन पर्ने, सेक्स अन द विच।’

मैले हाँस्दै वेटरलाई बोलाएँ । अर्डर गरें ‘क्यान आई ह्याभ टु ग्लास अफ सेक्स अन द विच एन्ड आवर्स विल टु प्लिज ….?(मैले दुईटा सेक्स अन द विचका साथ आफ्नो विल पनि मगाएँ)

केही समय पछि वेटरले दुईवटा सेक्स अन द विच कक्टेल्सका साथ हाम्रो विल ल्याएर टेवलमा राखिदियो ।

मैले बिल तिर्न खोजें । ऊसले बिना संकोच सोधी ‘शेयर गरम ?’

मैले जिस्क्याउँदै भनें ‘हुनत म दिल दिने मान्छे हो। तर आज तिम्रो लागि बिल पनि तिरौंला नि, के भो र ?’

अंग्रेजीमा जवाफ दिएँ ‘नो थ्यांक्स।’

अमिर खानको फ्यान हुनुहुँदोरहेछ । दिल फिल्म धेरै हेर्नू भए जस्तो छ नि ।’ मेरो कुरा सुनेर रुबिना मज्जैले हाँसी ।

मैले जवाफ फर्काएँ ‘मेरो नाम पनि अमिर हो । विदेशमा मात्र हो निल भनेर चिन्ने। नेपालमा सबै मेरा साथीभाई आफन्तले मलाई अमिर नै भनेर चिन्छन् । मेरो नाम निल थापा भएपनि । सानै देखि सबैले मलाई अमिर नै भनेर चिन्छन् । बुवाले अमिर नाम राखिदिनुभएको थियो बालक कालमै। बालक कालमा निल भन्दा पनि आफ्नो नाम अमिर नै प्यारो लाग्थ्यो मलाई पनि । गाऊँंले साथीभाईहरुले अझै पनि अमिर नै भन्छन् मलाई ।’

‘बेलायत बसाइको क्रममा मैले आफ्नो नाम निल राखें। त्यतिखेर कलेजमा पढ्दा कोहीसँग परिचय गर्दा अमिर भन्दा प्रायले भारतीय अथवा पाकिस्तानी सोच्थे। मलाई पनि सबै बेलिबिस्तार सुनाउँदा झन्झट लाग्यो । अनि आफ्नो नाम निल नै ठिक छ भन्ने लाग्यो।’

मेरो नाम अमिर पनि हो भन्दा रुबिनाले विश्वास गरिन। अनि जवाफ फर्काई ‘ तपाईंको कुरा पनि के के हो के के? अब फिल्म, साहित्य, लेखक, कलाकार, नेता छाडिदिऊँ महोदय। जानुपर्छ यहाँबाट अब । ढिला भयो अब त।’

मैले भनें ‘जान त जाने। तर कहाँ जाने ? बार बन्ध भईहाल्यो अब अरु केही छैन यहाँ । यसो तिमीसँग गफ गर्दै जाँदा पिउने मुड चैं थियो ।’ मैले मेरो आफ्नो कुरा राखे ।

रुबिनाले जवाफ फर्काई ‘पुगेन र ?’

मैले ऊसलाई फुर्क्याउने उपायले भने ‘तिम्रो अगाडि यति जाबो ड्रिक्सले त के पुग्नु र हो’ ?

ऊसले पनि अलि सहजै तरिकाले जिस्किँदै भनी ‘त्यसो भए अरु एकदुई घन्टा तपाईंको अगाडि उभिएरै बस्दिऊँ त ? फेरि झ्याप हुनुहोला नि ?’ ऊ पनि अलि रमाईलो मुडमा आई ।

मैले भनें ‘एक दुई घन्टा चैं होईन । तिमीलाई अप्ठेरो लाग्दैन भने एक एक पेग ह्विस्कि चैं पिउन मन छ। तिमीसँग बसेर। तर के गर्नु । सबै बार बन्द छ यहाँ । ह्विस्कि छ मेरो रुममा । तिमीलाई अप्ठेरो लाग्दैन र यदि तिमीलाई पनि पिउन मन भए त्यहीँ बसेर पिऊँला ।’

मेरो कुरा सुनेर ऊ अलि सशंकित भई । जवाफ फर्काई ‘तपाईंको प्रस्ताब नै कस्तो डरलाग्दो र शंकालु हो ।’

मैले जवाफ फर्काएँ ‘मेरो कुरामा नजाऊँ । विश्वास अविश्वास तिम्रो कुरा हो । मेरो त अनुरोध मात्र हो ।’

रुबिना दोमनमा परि । हामी दुबैले बार छाड्यौं । बारबाट बाहिर निस्के पछि ऊसले भनी ‘एक-एक पेग मात्र हैत त्यसो भए ? रुषा पो के गरि । बरु म एकपटक रुममा गएर आउँछु। तपाईं यही कुर्नु ।’

मलाई उसले उसको रुम बाहिर भर्याङनिर कुर्न आदेश दिई । मैले सहजै ‘हुन्छ’ भनें । ऊ रूम भित्र पसि । म बाहिर कुरेर बसें ।

केही समय पछि ऊ बाहिर आई। मैले सोधें सबै ठिक छ नि ? रूबिनाले जवाफ फर्काई ‘ठिकै छ। मेरो साथी त घुरेर सुतेकि छे होए भन्दै हाँसी । म पनि फिस्स हाँसे झै गरि उसको हाँसोमा हाँसो मिलाएँ । हामी दुबै जना एक अर्कोलाई हेर्दै अन्जान जसरी मुस्कुरायौं।

हामी दुबै जना गफ गर्दै मेरो रुममा पुग्यौं। रुममा पुगे पछि मैले एक एक पेग ह्वस्कि बनाएँ। रुबिनालाई ह्वस्कि दिँदै भनें ‘ल चियर्स।’
ऊसले नि अलि असजिलो महसुस गर्दै भनी ‘चियर्स।’

गफको सिलसिलामा ऊसले सोधी ‘नर्वे किन आउनु भएको नि ।’

मैले जवाफ फर्काएँ ‘एक जना दाइ हुनुहुन्छ उहाँलाई भेट्न आएको । सिनेमा बनाउने कुरा छ हाम्रो । त्यही भएर सल्लाह गर्न आएको ।’ मैले पुन सिनेमाको कुरा दोहोर्याएँ।

हुन पनि कुमार लामा भन्ने दाइ हुनुहुन्थ्यो नर्वेमा । म वहाँलाई नै भेठ्न आएको थिएँ । सिनेमाकै सिलसिलामा छलफल गर्न। कुमार दाइ र म नेपाली फिल्म बनाउने योजनामा थियौं।

मेरो कुरा सुनेर यो पटक अलि सहज महसुस गरि । अनि हाँसी मात्र। सायद मेरो सिनेमा बनाउने कुरामा विश्वास गरी ऊसले ।

मैले ऊसलाई सोधें ‘तिमी नि ।’

उसले जवाफ दिई ‘रुषा डेनमार्क छाडेर पोर्चुगल जाँदैछ। छुट्टिने बेला घुम्न जाऊँ भनी । अनि टिकट सेल लाग्या रहेछ, सल्लाह गरेर घुम्न आएको ।

उसले फेरि मलाई सोधी ‘कहिले फर्कनु हुन्छ नि ?’
मैले जवाफ फर्काएँ ‘भोलि नै फर्किन्छु। यहि जहाजमा ।’

‘तिमीहरु नि ?’ मैले प्रश्न गरें उसलाई । उसले जवाफ दिई ‘हामी नि भोलि नै फर्कने यसैमा । यतिकै रमाईलो भनेर मात्र आको साथीको लागि । फेरि पानी जहाजमा यात्रा नि गरेको थिएन ।’

मैले ‘ए ! ठिकै छनि’ जवाफ फर्काएँ ।

कुरा नसकिदै मलाई प्रश्न गरि ‘साँच्चै सिनेमा बनाउने हो तपाईंले ?’

मैले जवाफ फर्काएँ ‘समयले साथ दियो भने अवश्य बनाउँछु । मलाई सिनेमा खेल्ने सोख नि छ ।’

‘ल शुभकामना । सोख पूरा होस्।’ रुबिनाले सहानुभुति राख्दै पुन सोधी ‘म्यारिड कि अनम्यारिड तपाईं ?’

मैले हाँस्दै जवाफ फर्काएँ ‘पंचे बाजा बजाएर ल्याएको एउटा श्रीमती छिन् । अनि हाम्रो ६ वर्ष कि छोरी छिन्।’

मेरो कुरा सकिने बित्तिकै सोधी ‘एरेन्ज म्यारिज ?’

मैले जवाफ फर्काएँ ‘लव अनि मागि विवाह ।’

‘तिम्रो नि’ उसलाई सोधें मैले ।

ऊसले हाँस्दै जवाफ दिई ‘भागी विवाह । म त घर छाडेर भागेकी । श्रीमानका साथ दुईवटा छोरा छन् । विध्यार्थी भिषामा आएको । बुडाले माग्ने आँट गरेन । मैले नै भगाएँ’ हाहाहा’ हाँसी ।

ऊसलाई ड्रिङ्स लागेको अलिअलि देखिन्थ्यो यो पटक । गफको सुरमा एक पेग रक्सि सकियो ।

मैले सोधें ‘गिलासको ड्रिङ्स सकियो त। थप्ने हो ?’

ऊसले हाँस्दै जवाफ दिई ‘अब त लाग्या जस्तो भयो । हैन। अब त जानु पर्छ । साथी नि एक्लै छ रुममा।’

मैले कुरा थपें ‘सकिन्छ अलि अलि थपौं । नत्र केही छैन।’

ऊसले पिउन मन झैं गरेर भनी ‘अब लाष्ट है त ?’

मैले उसको अनुरोध सहर्ष स्विकारें ।

फेरि बोटलबाट एक एक सानो पेग बनाएँ ।

उसले सोधी ‘डेनमार्क बसाई कतिभयो तपाईंको ?’

‘६ वर्ष’ मैले जवाफ फर्काएँ।

उसलाई सोधें ‘तिम्रो नि ?’

उसले जवाफ दिई ‘७ वर्ष।’

‘६-७ वर्षमा हाम्रो भेट नै भएन छ है !’ ऊ हाँसी।

मैले सामान्य जवाफ फर्काए ‘त्यही त ।’

ऊ र म विच सिमित बाहेक धेरै कुरा भएन । तर पनि हामी दुई एक अर्काको सारथी बनेर गफ गर्दै बसिरहेका थियौं। बार देखि मेरो रुमसम्म। लाग्थ्यो, हाम्रो चिनजान पुरानै हो।

मैले सोधें ‘तिम्रो साथी चैं म्यारिड कि अन म्यारिड ?’

ऊसले भनी ‘त्यसको लामो कहानी छ । होस् नभनुहोला ।’ फेरि तुरुन्तै जवाफ दिई ‘म्यारिड हो, बट रिलेसन बिग्रेको छ त्यसको ।’

मैले केही प्रतिक्रिया जनाईन।

फेरि उसलै भनी ‘छोरा छ एउटा।  तर बुडासँग बस्दिन।’

मैले सोधें ‘डिभोर्स हो र ?’

उसले फेरि जवाफ दिई ‘होईन । तर बुडाबुडि सँगै बस्दैनन् । बुडा र छोरा नेपालमै छ।’

मैले यो पटक प्रतिक्रिया जनाईन ।

ऊ बोली ‘भोलि गफ गरौला फेरी । अब आज त ढिला नि भयो नि’ भन्दै गिलासको रक्सि स्वाठ्ठ तानी । आजलाई भयो है अब त !’

मैले जवाफ फर्काएँ ‘भोलि भेट नहुन पनि सक्छ नि ।’

ऊसले भनी ‘किन नहुनु । भेट भईहाल्छ नि । फेरि यहि जहाजमै फर्किने भए पछि भेट त भईहाल्छ नि ।’

मैले ‘हेरम’ भन्दै सामान्य तरिकाले जवाफ दिएँ।

ऊ हाँसी । अनि म तिर हेर्दै भनी ‘फेरि भोलि नि तपाईंको मन पर्ने चिज खानै बाँकि छ। मेरो साथीले त झन के भन्छे होला ।’

मैले कुरा बुझिन र पुन सोधें ‘के हो र त्यस्तो ?’

ऊसले जवाफ ‘फर्काई उहीँ त हो नि ! तपाईंलाई मन पर्ने, सेक्स अन द विच।’

उसको कुराले म हाँसें । मसँगै उ पनि हाँसी । मानौं हामी बाहिर हाँसेर भित्र-भित्रेै एक अर्कामा मनको कुरा बोलीरहेका छौं ।

मैले सोधें ‘अब छुट्टिने होईन ?’

ऊसले पनि घडि हेर्दै भनी ‘ओह‍ो सवा एक भईसकेछ । अब त जानू पर्छ।’

ऊ आफ्नो रुममा जान ठिक्क परि। ऊ मसँग बिदा हुने सुरले उठेकि मात्र थिई। लरबरिएर म छेऊ आई पुगि । मैले बिस्तारै उसलाई सहारा दिएँ। मेरो साथ पाए पछि उसले विश्वासका साथ नरम तर लजालु स्वरमा भनी ‘ओ हो लागेछ मलाई त।’

मैले जवाफ फर्काउन सकिन । उसका आँखासँग आफ्ना आँखा जुधाएँ। केही बोल्दै झैं थिए उसका दुई आँखा। मैले उसका आाँखाको भाका बुझ्ने कोसिस के गर्दै थिएँ अनायासै जहाज भित्र केही कम्पन महसुुस भयो । समुन्दी छालको कम्पन थियो त्यो सायद ! जहाज समुन्द्रको मध्य भागमा पुग्यो। जहाज आफ्नै छालसँग मन्थन गर्दै छ। त्यसकै असर होला। बिस्तारै त्यसको कम्पन रुम भित्र पनि देखियो। भित्र भएका सामानहरु हल्लिएको महसुस भयो। हामी दुईले चुपचाप एकछिनसम्म जहाजको त्यो कम्पन महसुस गरि रह्यौं । आँखामा आँखा जुधाएर । निशब्द :  ।

क्रमश:

तपाइँको प्रतिक्रिया

फेसबुक