शनिबार, मंसिर १०, २०७९

आफ्नो घर जलिरहँदा फुटबलमा ध्यान

आलेक्सेन्द्रा रेक्सा कोकाबी / फ्रान्स२०७९ मंसिर ३ गते १९:४१

कतिपयलाई नराम्रो वा धेरै आलोचक लाग्न सक्छ । तर वास्तवमा कतारमा भएको विश्वकपको आयोजना होइन कि फिफाले पारिस्थितिक प्रकोपको आयोजना गरिरहेको छ। यसको प्रतिकार गर्न अब फुटबलर र नागरिक मात्र बाँकी छन् ।

बेन्जेमा, मेस्सी, रोनाल्डो, नेयमार । नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म फूटबलका दिग्गजहरू अरब प्रायद्वीपमा रहेको कतारको फूटबल मैदानमा खेल नाटक देखाउने छन् जहाँ विश्वकप हुन्छ। एक महिनाको लागि तिनले विश्वको ध्यान तान्नेपनि छन् । संसारको आँखा तिनीहरूको शोषण देख्न बाध्य हुने छ । तिनीहरू जतिसुकै हाँसेपनि, केहि नभएझैं गरेपनि र सबै राम्रै राम्रो भएझैं नाटक गरेपनि संसारले तिनको असफलता हेर्ने छ । यस्तो असफलता विश्वप्रसिद्द भएरपनि अन्यत्र कतै छैन ।

तर विश्वबाट आलोचना भएरपनि के गर्नु ? विश्व स्तरमा फुटबलको व्यवस्थापन गर्ने संस्था फिफाको चाहना यहि हो । सहभागी बत्तीस देशहरूलाई पठाइएको पत्रमा फिफाले महासंघहरूलाई फुटबलमा ध्यान केन्द्रित गर्न र विश्व जगतमा देखिएको वैचारिक वा राजनीतिक लडाईहरू छोड्न भनेको छ ।

अझ स्पष्ठरुपमा भन्नुपर्दा यो खेल उत्सव, यो वातावरणिय प्रदुषणको चर्चा निकालेर, श्रम शोषणका नारा उछालेर बिगार्ने काम नगरौं। मर्नेहरु मर्दै जान्छन्, जाउन् । बाँच्नेहरुले मोज गरौं । मर्नेको चिन्ता नगरौं बाँच्नेकालागि मात्रै रमाईलो सोचौं । कतारले हाइड्रोकार्बन पैसाले विश्वकप नकिनेको बहाना गरौं । भारत, पाकिस्तान, नेपाल, बंगलादेश वा श्रीलंकाका श्रमिकको शोषण गरेर यसको रंगशाला र ठूला पूर्वाधार निर्माण नै नगरेको जस्तो बहाना बनाउँ । थाहै नपाएझैं गरौं ।

मानौं ती हजारौं मरेका थिएनन् । गर्मी र नरकताको कारणले कुनै चिज विनाश भएन । आधिकारिक रुपमै कतारलेनै मानेका करिब ६, ७०० नागरिक जो दूर्घटनमा परेर ज्यान गुमाए तिनलाई केहि भएकै छैन । विश्व कपले तिनलाई कहिं कतै अन्यायनै गरेन ।

यसले ६६० लाख टन कार्बन वायुमण्डलमा छोडेको छ। यसको वातानुकूलित स्टेडियमहरू छन् विश्वकपकै लागि मात्र वा एकल प्रयोगको लागि बनाएका । विमानहरूले छोड्ने ईन्धनको धुवाँ, ट्याक्सीको रूपमा प्रयोग गरिने ईन्धन । त्यसले हाम्रो ग्रह, हामी मानवलाई केहि फरक पर्दैन, कुनै क्षति पुर्‍याउँदैन झैं बहाना गरिरहेका छौं । खासमा त हाम्रो घर जलिरहेको छ । तर कसले ख्याल राख्छ । जबसम्म मैदानमा बल अझै उफ्रिरहन्छ त्यो बेलासम्म अन्यत्र कतै हेरौं । र, प्राथमिकता, फुटबल मैदानलाई दिउँ जलेको घरलाई होइन ।

यसैले यो लज्जाको संसार हो । यो धेरै ज्यादतीहरू पहिचान गरिएको, देखिएको तर चुपचाप बसिएको संसार हो । मूलतः खेल व्यवसाय र यसको ठूलो जनसमुदाय, अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सधैं जमिनभन्दा माथि त हुन्छन् । आँखाले देख्नेगरि हुन्छन् । तर बिबेक छोपिएको हुन्छ । सत्यताहरु ढाकिएका, छोपिएका हुन्छन् ।

विश्वकपको अर्को संस्करण,२०२६ मा हुने छ । त्यसमा ४८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसका खेलहरू क्यानडा, संयुक्त राज्य अमेरिका र मेक्सिकोबीच विभाजित हुनेछन् । थप टोलीहरू हुने छन् । म्याचका प्रसारण अझै बढ्ने छन्न् । प्रायोजकहरू र हवाई यात्रा अझ बढ्ने छ । फिफाले नाफा गणना गर्दैछ, त्यसबाट कति कमाउन सकिन्छ भनेर । तर त्यो खेलले बिजोग बनाएका, श्रम शोषण गरिएका, अंग भंग भएका मानिसहरुको अवस्था भिजेको मुसाको जस्तो दयनिय छ ।

तर अर्को क्षितिज पनि सम्भव छ । कपलाई सामान्य तरिकामा, शुरुको अवस्थामा फिर्ता ल्याउन सकिन्छ । संयमताका उपायहरू मार्फत अति विशाल बनाउनबाट बाहिर निकाल्न सक्नुपर्छ । साना प्रतियोगिताहरू आयोजना गर्न सकिन्छ अनावश्यक स्टेडियमहरू बिना।

तर त्यो त्यति सहज भने देखिन्न । किनभने ठूला अधिकारीहरूले स्वेच्छाले आफ्नो सुनको कुखुरालाई आहारा बनाउने छैनन् । उनीहरूले जगाएको बढ्दो निराशाबाट बच्नको लागि बरु कार्बन उत्सर्जनमा शर्त, केहि देखाउनैकालागि भएपनि क्षतिपूर्ति कोष, सहायता कोष आदिको ब्यवस्था गर्ने छन् । एक ट्यांकर पानी लिएर हातबाट एक थोप पानी छर्किने छन् । त्यसो गर्दा “कार्बन तटस्थ” भएको दाबी गर्दै व्यापक रूपमा प्रदूषण जारि राख्न अनुमति दिन्छ।

प्रणाली आफैं परिवर्तन हुँदैन । त्यसका लागि बाध्य हुनुपर्छ । त्यसैले हामी लडाई बिना त्यो गर्न सक्दैनौं।

‘नागरिक बहिष्कार व्यर्थ छैन’

राम्रो पक्ष के छ भने विश्वकपले अभूतपूर्व विरोध आन्दोलन चर्काउँदैछ। फ्रान्स, जर्मनी, बेल्जियम, स्विजरल्याण्ड, बेलायत लगायतका देशमा चर्किएको छ बहिस्कारको नारा । के जितका लागि ? होइन । संस्थागत बहिष्कारको विकल्प फ्रान्सको राष्ट्रपतीय भवन एलिजे कोरिडोरमा हराएको थियो । अझ निश्चित रूपमा भन्ने हो भने कहिल्यै विचार गरिएनको थिएन । यसको विपरित अचम्मसित बहिस्कारको नारा उर्लेको छ फ्रान्समा ।

विशेष गरी यसका पूर्व राष्ट्रपति निकोला सार्कोजीले कतारलाई विश्वकप आयोजना गर्न दिने काम गरे ताकि सानो मुलुकले आफ्नो बाजि जित्यो । फ्रान्सेली फुटबल महासंघ, जसका अध्यक्ष, नोएल ले ग्रेटले आफूलाई कामदारहरूको जीवन अवस्थाप्रति असंवेदनशील भएको देखाए किनकि कतारका पक्षमा लागे उनीपनि । फ्रान्सेली फूटबल टीमका प्रशिक्षक, दुई पटक विश्व बिजेता देशका प्रशिक्षक डिडिय डेसँले पनि वास्ता गरेनन् । “सहभागिताको अर्थ समर्थन गर्नु होइन,” उनले आफ्नो रोस्टर अनावरण गरेपछि भनेका थिए ।

विश्वकपलाई लिएर मेडियाको उत्साह पहिले देखिनै उल्लेखनीय छ । खेल, खेलाडी, तिनीहरू यता र उति पल्टेको, खेलेको, हाँसेको, रिसाएको शारिरिक मोडहरूले हाम्रो सूचना च्यानलहरूमा बाढी ल्याउने छ । तर त्यहाँ केहि अतिरिक्त काण्डहरु मच्चिने संभावनापनि छ ।

बहिस्कार र बिरोधको लागि आशाको अर्को किरण बाँकी छ : खेलका मुख्य खेलाडीहरू, फुटबलरहरूले ड्रेसिङ कोठा छोड्न अस्वीकार गरेका छन् । आप्रवासी कामदारहरूको चिहान बनाएको त्यहाँको श्रम शोषण पद्दती र जलवायु परिवर्तनले खतरामा परेका हाम्रा समाजहरूको खरानीमाथि थोपा फ्याँक्न अस्वीकार गर्ने खेलाडीपनि छन् । फिफाले उनीहरूको खेल जफत गरेको छ । तर उनीहरूविना यो संस्था केही पनि होइन भन्ने फिफाले भुलेको बहना पारिरहेको छ ।

फिफा नभएपनि खेलाडीलाई चल्छ । तर खेलीडाबिनाको फिफा कल्पना गर्न सकिन्न भन्ने फिफाले हेक्का राखेको छैन । फिफाले लादेका केहि नियमहरु नमान्ने, रद्द गर्ने र नयाँ नियम बनाउने दिशामा खेलाडीहरु एकताबद्द हुनुपर्ने छ ।भविष्ययमा हुने छन् भन्ने आशा लिनैपर्छ । श्र शोषण, मानव अधिकारका पक्षमा बोल्ने छन् थप मान्सिअहरु । न्यायका पक्षमा उभिने छन् खेलाडीहरु ।

केहिले त्यो बाटो देखाइसकेका छन् । ब्राजिलमा, मिडफिल्डर सोक्रेट र उनका साथीहरूले ब्राजिलको तानाशाही शासनको दुर्व्यवहार गरे । हालसालै पहिलो महिला गोल्डेन बल बिजेता नर्वेली स्ट्राइकर एडा हेगरबर्गले २०१९ महिला विश्वकप बहिष्कार गरिन्। उनले महिला फुटबलर र उनीहरूका पुरुष समकक्षहरू बीचको असमान व्यवहारको निन्दा गरेकि थिईन् ।

एडा हेगरबर्ग, सोक्रेटसजस्तै केहिले भित्र भित्रै लडिरहेका छन् । कसैलाइ मन नपरेरपनि चुपचाप बसिरहेका छन् । कोहि अब अत्याचार बिरुद्द लड्ने मानसिकता बनाउँदै होलान् । कोहि गल्ति र कमजोरी, चुपचाप बस्नुको पीडा महसुस गर्दै होलान् ।

“उनीहरूलाई मनपरोस वा नपरोस फुटबलरहरू राजनीतिक अभिनेता हुन् । जब तिनीहरू एकजुट हुन्छन्, पीडा हुन्छ” द लिबरेशन अखबारमा, पूर्व फ्रान्सेली अन्तर्राष्ट्रिय खेलाडी विकास धोरासुले टिप्पणी गरेका छन् ।

पहिले भन्दा बढी राज्य र संघहरूको सम्झौताको सामना गर्दै हामीलाई थप नोक्सान गर्नबाट रोक्न फिफाको आवश्यकता पनि छ। किनभने यसको आधिकारिक संस्था त्यहि हो र त्यहि मार्फत् जानु छ । त्यसैलाई जिम्मेवार, नैतिकवान बनाउनुपनि छ । यो एक खालको अनुचित आशा त हो । तर जलवायु परिवर्तनले अवरुद्ध भएको विश्वमा त्यो पनि “फुटबलमा विश्व केन्द्रित” हुनु अभिशाप हो । त्यसैलेपनि आशावादी हुनै पर्छ ।

(युरोन्युजमा प्रकाशित आलेखलाई भावानुवाद गरिएको हो-सं)

तपाइँको प्रतिक्रिया