मंगलबार, चैत ६, २०८०

फ्रान्सका स्टार स्ट्राइकर बेन्जेमा तिघ्राको चोटका कारण विश्वकप नखेल्ने

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ मंसिर ४ गते २३:०१

बालोँ दोर (सुनको भकुण्डो) विजेता करिम बेन्जेमा बायाँ तिघ्रामा चोट लागेर कतारमा हुने प्रतियोगिताबाट बाहिरिने भएका छन् । उनी बाहिरिने भएपछि विश्व कपको सफलतापूर्वक रक्षा गर्ने फ्रान्सको आशालाई ठूलो धक्का लागेको छ ।

रियल म्याड्रिड क्लबका ३४ वर्षीय स्ट्राइकर केही समयदेखि चोट निको हुन संघर्ष गरिरहेका थिए । विश्वकप अघि उनले आफ्नो क्लबका अन्तिम ६ खेलमा आधा घण्टाभन्दा कम फुटबल खेलेका थिए ।

उनले विश्वकप अघि गत हप्ता भेला हुँदा पहिलो पटक शनिवार पूर्ण प्रशिक्षणमा भाग लिए ।

चोटका कारण उनलाई कतारी च्याम्पियन अल सादको घरेलु स्टेडियममा भएको खेलबाट पछि हट्न बाध्य पारिएको थियो र परीक्षणका लागि लगिएको थियो ।

फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले पछि एक विज्ञप्ति मार्फत् उनलाई लागेको चोट निको हुन तीन हप्ताको अवधि चाहिन्ने उल्लेख गरेको छ । डिसेम्बर १८ मा समाप्त हुने टूर्नामेंटका लागि पूर्ण रूपमा फिट हुने कुनै सम्भावनालाई अस्विकारा गरेको छ ।

“म करिमको लागि धेरै दुखी छु, जसको लागि यो विश्वकप एक प्रमुख उद्देश्य थियो,” फ्रान्सका प्रशिक्षक डिडिय डेसँले एफएफएफको बिज्ञप्तीमा भनेका छन् “फ्रान्सेली टोलीको लागि यो नयाँ झटका बिपरित मलाई मेरो टोलीमा पूर्ण विश्वास छ। हामी हाम्रो लागि पर्खिरहेको ठूलो चुनौतीको सामना गर्न सक्दो प्रयास गर्नेछौं।”

बेन्जेमाको अनुपस्थितिमा ३६ वर्षीय ओलिभए जिरुले किलियन एमबाप्पे र आन्त्वान ग्रिजम्यानसँगै फ्रानसेली टोलीको आक्रमण पंक्तिमा आएर फाइदा लिन सक्ने बताइएको छ ।

यद्यपि फिफा नियम अनुसार देसँले आफ्नो पहिलो खेलको पूर्वसन्ध्यामा सोमबारसम्म घाइते खेलाडीको स्थानान्तरण गर्न सक्नेछन् ।

फ्रान्सले मंगलबार अल वाक्राहमा अस्ट्रेलियासँग खेल्दै ट्रफीको रक्षा सुरु गर्नेछ ।
उनीहरूले समूह डीमा डेनमार्क र ट्युनिसियासँग पनि खेल्नेछन् । किनभने उनीहरूले सन् १९६२ मा ब्राजिलपछि विश्वकप तेस्रो पटक जितेर ईतिहास कायम राख्ने पहिलो टोली बन्ने लक्ष्य राखेका छन्।

बेन्जेमाको चोट देसँका लागि ठूलो झट्का हो। किनभने फ्रान्स २०१८ को सफल विश्वकप अभियानका मिडफिल्ड जोडी पोल पोग्बा र एन’गोलो कान्टे बिना नै कतार आएको छ । उनीहरु देसँले आफ्नो टोली घोषणा गर्नुअघि चोटका कारण बाहिरिका थिए।

म्यानचेस्टर युनाइटेडका डिफेन्डर राफायल भारान पनि अक्टोबर २२ मा चेल्सीविरुद्धको खेलमा खुट्टामा चोट लागेर आँसु झादै बाहिरिएका थिए र उनी आफ्नो फिटनेस प्रमाणित गर्न संघर्ष गरिरहेका छन् ।

बेन्जेमा अर्को महिना ३५ वर्ष पुग्दैछन् र उनले विश्व कपलाई एक उल्लेखनीय क्यारियर पुनर्जागरणको लक्ष्य राखेका थिए ।

स्पेनिस क्लबले च्याम्पियन्स लिग र ला लिगा जित्दा उनले गत याममा रियल म्याड्रिडका लागि ४६ खेलमा ४४ गोल गरेपछि बालोँ दोर जितेका थिए।

बेन्जेमा यसअघि आफ्ना पूर्व सहकर्मी म्याथ्यु भाल्बुएनाको सेक्स टेपमा ब्ल्याकमेल काण्डमा संलग्न भएको कारणले साढे पाँच वर्षका लागि फ्रान्स टोलीबाट बाहिरिएका थिए। जसले गर्दा उनले फ्रान्सको २०१८ को विश्व कपको विजयी अभियान गुमाए । उनलाई एक वर्षको निलम्बित जेल सजाय र ७५ हजार यूरो जरिवाना तिराईयो ।

बालोन दोर जित्दा उनले भनेका थिए “अझै गर्न बाँकी रहेका कामहरू छन्। म कतारको टोलीमा रहेर विश्वकप खेल्न र जित्नका लागि सबै गर्न चाहन्छु ।”

तपाइँको प्रतिक्रिया

फेसबुक