शुक्रबार, वैशाख ७, २०८१

‘अत्यधिक गर्मीले शताब्दीको अन्त्यसम्म ९० हजार युरोपेलीको ज्यान लिन सक्छ’

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ मंसिर ५ गते १८:१०

यस शताब्दीको अन्त्यसम्ममा ३ डिग्री सेल्सियसको दरले गोलार्धको अतपक्रम बढ्ने र अत्यधिक गर्मीका कारण हरेक वर्ष करिब ९० हजार युरोपेलीहरूको मृत्यु हुन सक्ने एउटा अध्ययनले सार्वजनिक गरेको छ ।

युरोपेली वातावरणीय एजेन्सीले यसै हप्ता जलवायु परिवर्तनको स्वास्थ्य प्रभावलाई हेरेको थियो र देशहरूलाई ग्रह अत्यधिका तातेको अवस्थाकालागि आफ्नो स्वास्थ्य प्रणाली तयार गर्न आग्रह गरेको थियो। उक्त रिपोर्ट त्यहि अवशरमा जारी गरेको हो ।

हरितगृह ग्यास उत्सर्जनका कारण तापक्रम बढ्दा लामो समयसम्म तातो लहरहरू र “उष्णकटिबन्धीय रातहरू (ट्रोपिकल नाईट्स) (जहाँ तापक्रम २० डिग्री सेल्सियसभन्दा माथि छ हुन्छ) पर्याप्त वृद्धि हुने अपेक्षा गरिएको छ।

“युरोपमा मानव स्वास्थ्यको लागि सबैभन्दा ठूलो जलवायुसित सम्बन्धित खतरा भनेको गर्मी हो । २०२२ को गर्मीमा अत्यधिक उच्च तापक्रम र लामो समयसम्म तातो लहरहरूका कारण मृत्यु हुनेहरूको ठूलो संख्या थियो जुन एउटा उदाहरण हो” युरोपेली वातावरण एजेन्सीले आफ्नो रिपोर्टमा भन्यो।

“२१ औं शताब्दीको सुरुदेखि विशेष गरी दक्षिणी युरोपमा गर्मीका कारण मृत्युदर बढिरहेको छ।”

युरोपेलीहरू विशेष गरी चरम गर्मीको चपेटामा परेका छन् किनभने जनसंख्या बढ्दै गएको छ र वृद्ध व्यक्तिहरू गर्मीबाट सबैभन्दा बढी जोखिममा छन् ।

युरोस्टाटले सन् २०१९ बाट लागु हुने गरि गरेको अनुमान अनुसार सन् २०१८ को सुरुमा जनसंख्याको २० प्रतिशतबाट २१०० सम्म ३१ प्रतिशतसम्मले ६५ वर्ष उमेरका मानिसहरुको संख्या बढ्ने अपेक्षा गरिएको छ ।

हृदय रोग र मधुमेह रोगीको जनसंख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ, जसले मानिसहरूलाई गर्मीको जोखिममा पार्छ।

जलवायु परिवर्तनले पनि रोग बोक्ने लामखुट्टे, किर्ना र उपिँयाको संख्यामा बृद्धि भइरहेको छ जसले थप संक्रमणको प्रकोप निम्त्याउने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

ईयुको वातावरण एजेन्सीले स्वास्थ्य प्रणालीहरू यो खालको भविष्यको लागि तयार हुन आवश्यक रहेको बताएको छ।

तपाइँको प्रतिक्रिया

फेसबुक