मंगलबार, वैशाख ४, २०८१

जलवायु परिवर्तनले आत्महत्या गर्नेको संख्या बढ्दै

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ मंसिर १३ गते ६:२८

विश्वमा जलवायु परिवर्तनको समस्या बढ्दै जाँदा आत्महत्या गर्नेहरुको संख्यापनि बढ्दै गएको विशेषज्ञहरुले औंल्याएका छन् ।

अनुसन्धानकर्ताहरूले बढ्दो तापक्रम र आत्महत्याको संख्यामा बृद्धिबीचको सम्बन्ध स्थापित गरेका हुन् । विश्व आत्महत्या रोकथाम दिवस सेप्टेम्बर १० मा मनाईरहेका बेलापनि विशेषज्ञहरुले जलवायु परिवर्तनको असर र आत्महत्यामा चिन्ताजनक सम्भावना औंल्याएका थिए ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो अनुमान अनुसार फ्रान्समा ९,००० लगायत विश्वभर हरेक वर्ष सात लाख भन्दा बढी मानिसहरूले आत्महत्या गर्छन्।

के यो संख्या जलवायु अराजकता सँगै बढ्छ ? यो अगस्ट २०२१ मा जर्नल इन्टरनेशनल इन्भाईरोमेन्टमा प्रकाशित एक अध्ययनले सुझाव दिएको छ। यसले तापक्रम बृद्धि र “मानसिक स्वास्थ्यसँग सम्बन्धित मृत्युदर र बिरामी बीचको कारण सम्बन्धलाई स्थापित गर्दछ । तापक्रममा प्रत्येक १ डिग्री सेल्सियस बृद्धि हुँदा मानसिक स्वास्थ्य सम्बन्धी मृत्यु र बिरामीको जोखिम क्रमशः २ दशमलव २ प्रतिशत र १ प्रतिशतले बढ्छ ।

सामाजिक विज्ञान र मानसिक स्वास्थ्य ज्ञानविज्ञानका अनुसन्धानकर्ता जेभियर ब्रिफल्टका अनुसार मानसिक स्वास्थ्य समस्याहरूमा जलवायु समस्या अत्यन्तै महत्त्वपूर्ण भएको छ।

उनका अनुसार यो घटना कोभिड–१९ को महामारी सुरु भएदेखि नै भइरहेको छ । नेसनल सुसाइड अब्जर्भेटरी (ओएनएस) द्वारा हालै गरिएको एक अध्ययनले वास्तवमा तालाबन्दीको समयमा आत्महत्याबाट हुने मृत्युको संख्या घटेको देखाएको छ। तर आत्महत्या गर्ने व्यवहार र विचारहरू युवाहरू, विशेष गरी विद्यार्थी र महिलाहरूमा बढेको छ ।

ओएनएस अध्ययनका अनुसार, ११ दशमलव ४ प्रतिशत विद्यार्थीहरूको दिमाखमा लकडाउनको समयमा आत्महत्या गर्ने विचारहरू आएका थिए । महामारी पूर्वको सर्वेक्षणमा ८ प्रतिशत थियो।

जलवायु संकटसँग सम्बन्धित आत्महत्याका धेरै घटनाहरू पहिले नै सार्वजनिक भइसकेका छन्, जस्तै २०१८ मा न्यूयोर्कका वकिल डेभिड बकलको । आफूलाई आगो लगाउनु अघि ति ६० वर्षीयले एक पत्रमार्फत् घोषणा गरेका थिए :

“पृथ्वीका धेरैजसो मानिसहरु अब जीवाश्म ईन्धनहरु द्वारा अस्वास्थ्यकर बनाइएको हावामा सास फेरिरहेका छन् र धेरैको अकालमै मृत्यु हुनेछ । जीवाश्म ईन्धनद्वारा मेरो अकाल मृत्युले हामी आफैलाई के गर्दैछौं भनेर प्रतिबिम्बित गर्दछ ।”

जेभियर ब्रिफाउटका लागि, मानसिक स्वास्थ्यमा आएको यो गिरावट आंशिक रूपमा भाइरसको बारेमा चिन्तासँग जोडिएको छ । तर पछिल्ला राजनीतिक प्रतिक्रियाहरूको नतिजामा पनि जस्तै कैद, सामाजिक दूरी, जानकारीमा भ्रम…… आदि उल्लेख छ ।

अनुसन्धाताको विश्वास के छ भने मानसिक स्वास्थ्यमा जलवायु संकटको प्रभावको मूल्याङ्कन गर्न एउटै संयन्त्रहरूले काम गरिरहेको छ: पहिले त स्वास्थ्यमा प्रभाव छ । जस्तै- धेरै तातो हुनु मानसिक स्वास्थ्यको लागि राम्रो होइन । प्रकाशले मूडमा प्रभाव पार्छ। उदाहरणका लागि, प्रदूषणले स्वास्थ्यमा पनि असर पार्छ….

त्यसैले त्यहाँ एक चिन्ता गर्नुपर्ने प्रभाव छ जुन जलवायु संकटमा के हुन्छ भनेर अनुमान गरेपछि मात्रै आउँछ । तर त्यहाँ जलवायु परिवर्तन कोविड भन्दा धेरै गम्भीर छ, किनकि हामीलाई थाहा छ कि कोबिड रोकियो वा रोकिने छ तर यो रोकिने छैन।

द ल्यान्सेट प्लानेटरी हेल्थमा प्रकाशित एक अध्ययनका अनुसार अत्यधिक तापक्रमले सामाजिक सञ्जालहरूमा घृणायुक्त टिप्पणी, बचनहरु बढाउँछ। यी अनलाइन घृणा सन्देशहरू जब तापक्रम २१ डिग्री सेल्सियस भन्दा बढि हुन्छ तब बढ्दै जान्छन् र त्यो २२ प्रतिशतले बढ्छ । र त्यो ४२ डिग्री ताप बराबरको बन्छ । यो आक्रामकताले जनसंख्याको मानसिक स्वास्थ्यलाई असर गर्छ, विशेष गरी कान्छो र सीमान्तकृत समूहहरूलाइ ।

“अहिलेको लागि हामी आत्मघाती विचारहरू उत्पन्न गर्ने रोगविज्ञानको चरणमा छैनौं”, आत्महत्या रोकथामका लागि राष्ट्रिय विकास कार्यक्रम पापाजेनका न्याथाली पावेल्स भन्छिन् । पारिस्थितिक चिन्ता, अर्थात् जलवायु संकटको बारेमा चिन्ता महसुस गर्ने तथ्य मानसिक स्वास्थ्य परामर्शको कारणहरूको बढ्दो भागको रुपमापनि उनले ब्याख्या गरेकि छन् ।

द ल्यान्सेट प्लानेटरी हेल्थ जर्नलद्वारा डिसेम्बर २०२१ मा अनुमोदित गरिएको अध्ययन अनुसार, १० विभिन्न देशहरूमा सर्वेक्षण गरिएका ४५ प्रतिशत युवाहरूमा पारिस्थितिक चिन्ताका कारण उनीहरूको दैनिक जीवनलाई असर गरेको छ । तिनीहरूमध्ये ६० प्रतिशतले उनीहरूलाई अत्यधिक असर पुर्‍याएको बताएका छन्। जलवायु परिवर्तनको बारेमा चिन्तित छन् । खडेरी र यस चर्को गर्मीको धुप, तातोले अनिवार्य रूपमा बढाएको चिन्ता हो त्यो ।

तपाइँको प्रतिक्रिया