शुक्रबार, वैशाख ७, २०८१

धरतीभरि प्रकृतिको गलैंचा

फोटो-ददि सापकोटा२०७९ मंसिर ५ गते २३:३३

यतिखेर शरद ऋतुको रमझम छ । सबै ठाउँमा नभएपनि युरोप र एशियामा शरद ऋतुको रमझम वन, वगैंचा र उद्दानहरुमा गज्जबकै छ । प्रकृतिले वन र पाखाभरि उद्दान र वगैंचातिर गलैंचा ओछ्याइदिएकि छ । रुखका पातले ढमक्क फुल्ने कतिपय फूललाईपनि चुनौति दिएर रंगिएका छन् । पहेंलो, निलो, रातो, गुलावी कति हो रङ । वास्तवमा अहिले उत्तर अमेरिका, एशिया र युरोपमा फूल नफुलीकनै सप्तरंगी पातहरु देख्न पाइन्छ । वनका साना गोरेटाहरुमा पहेंलो, रातो, प्याजी आदि रङका पातहरु खसेर पुरै गलैंचा ओछ्याएजस्तै भएको छ । जाडो लाग्नु अघिनै रुखविरुवा जाडोको तयारी गर्न आफ्ना पातहरुको रङ फेरेर भेष बदल्दै छन् । जाडोयाम शुरु हुँदा (युरोपमा २१ डिसेम्वरबाट) तिनले पात झारेर नांगो बन्नेछन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक