शनिबार, वैशाख १५, २०८१

वैज्ञानिकहरूले नयाँ विशाल लिली प्रजाति पत्ता लगाए

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ मंसिर ६ गते १६:२१

वैज्ञानिकहरूले विशाल वाटर लिली अर्थात पानीमा हुने लिलीको नयाँ प्रजाति पत्ता लगाएका छन्। यो बिरुवा बेलायतको रोयल बोटानिकल गार्डेनमा छ जसमा धेरै जलीय बिरुवाका संग्रह छन् । पहिले यो गल्तीले अर्को प्रजातिको रूपमा पहिचान गरिएको थियो। यसको नाम कुमुदिनी र नलिनी पनि हो । तर यसलाई लिली भनेरै चिनिन्छ । यो १७७ वर्षदेखि जमिनमा देखिएपनि पहिचानबिना लुकेर बसेको थियो ।

अहिलेसम्म विशाल वाटर लिलीका दुई प्रजाति मात्रै चिनिएका थिए । अहिले नयाँ प्रजाति थपिएपछि तीन पुगेको छ । नयाँ प्रजातिका नमूनाहरू, भिक्टोरिया बोलिभियाना, गुफाको हर्बोरियममा १७७ वर्षदेखि र बोलिभियाको राष्ट्रिय हर्बेरियममा ३४ वर्षदेखि छन् । यसलाई सामान्यतया भिक्टोरिया अमेजोनिका भनिन्छ।

हाल वैज्ञानिकहरूले गरेको विस्तृत अध्ययनले यो विज्ञानका लागि नयाँ भएको खुलासा गरेको हो । यो विश्वको सबैभन्दा ठूलो वाटर लिलीको रूपमा पनि रेकर्ड भएको छ । यसका पात तीन मिटर भन्दा बढी चौडा छ्न् । बिरुवालाई भिक्टोरिया बोलिभियाना भनिन्छ । किनभने यसलाई दक्षिण अफ्रिकी देश बोलिभियाको नामबाट राखिएको हो, जहाँ यो अमेजन नदी प्रणालीको भागमा पानीको एकल सतह, छेउछउमा बढ्छ ।

बागवानीविद् कार्लोस म्याग्डालेना, विश्वका प्रमुख वाटर लिली विज्ञहरू मध्ये एक हुन् । उनले लामो समयदेखि यो बिरुवा अन्य दुई ज्ञात विशाल प्रजातिहरू, भिक्टोरिया अमाजोनिका र भिक्टोरिया क्रुजियाना भन्दा फरक थियो भन्ने शंका गरे ।

त्यसैले बोलिभियाका वैज्ञानिकहरूले बोलिभियाको नेशनल हर्बेरियम, सान्ता क्रुज बोटानिक गार्डेन र पब्लिक बोटानिक गार्डेन ला रिन्कोनाडाका बेलायतको केउलाई केही बीउहरू दान गरे।

उनले भनेका छन् “यसको मतलब हामीले यसलाई अन्य दुई प्रजातिहरूसँग ठ्याक्कै उस्तै परिस्थितिमा उब्जाउन सक्छौं। उब्जिएपछि हामीले स्पष्ट रूपमा देख्न सक्छौं कि बोटको प्रत्येक भाग पूर्ण रूपमा फरक हुन्छ।”

वाटरलिली हाउस यसको संग्रहहरू प्रदर्शन गर्न १८५२ मा निर्माण गरिएको थियो ।

यो सन् १८०० मा पत्ता लगाइयो त्यो बेला त्यो युगको एक प्राकृतिक आश्चर्य थियो । र जीनस रानी भिक्टोरियाको नाममा राखिएको थियो।

तर नयाँ आविष्कारले पानी लिलीमा अझै पनि केही आश्चर्य छ भनी देखाउँछ र वैज्ञानिकहरू त्यहाँ अझै धेरै सिक्न बाँकी रहेको बताउँछन् ।

आरबीजी केउका डाक्टर एलेक्स मोनरोले भने “तीन प्रजातिहरूमध्ये कुनै पनि राम्रोसँग अध्ययन गरिएको छैन।”

“हामीलाई अझै थाहा छैन त्यहाँ कति संख्यामा छन् र तिनीहरूको आकारमा कति भिन्नता छ। हामी वास्तवमा परागकण जीवविज्ञान राम्रोसँग बुझ्दैनौं। हामीलाई प्रजातिहरूको फैलावटको बारेमा धेरै थाहा छैन । यसले कसरी एक ठाउँबाट अर्को ठाउँमा सार्छ भन्ने थाह छैन ।

“त्यसैले त्यहाँ अझै धेरै अज्ञात कुरा छन् । किनभने ति एकदमै विशाल छन् । मानिसहरुले त्यसको गहिराईमा पुगेर अध्ययन गर्नेबारे राम्रोसित सोचेका छैनन् ।”

भिक्टोरिया वंशका प्रजातिहरू दशकौंसम्म कमजोर मानिन्थ्यो । किनभने पातहरु एकदमै ठूला भएकाले यो जंगली अवस्थामा सङ्कलन गर्न गाह्रो मानिन्थ्यो । १८३२ मा जीनसलाई चिनिने पहिलो प्रजाति भि आमाजोनिका थियो । तर त्यस पछि फेला परेका कुनैपनि नयाँ प्रजातिहरू तुलना गर्न विश्वशनिय तथ्यांकको अभाव थियो । यस्तो एउटा विस्तृत अध्ययनले अहिले यो कमीलाई सुधार्दैछ।

यो प्रजाति सिसा वा काँचका घरमा हुर्किएको थियो। किनकि पानीमा हुने लिली (वाटर लिली) फूलहरू अँध्यारो वा सिँयाल परेको ठाउँमा मात्र फुल्छन्।

प्लान्ट बायोलजी फ्रन्टियर्स जर्नलमा यो बिरुवाको बारेमा प्रकाशित छ।

तपाइँको प्रतिक्रिया