शुक्रबार, वैशाख ७, २०८१

मध्य चीनको कारखानामा आगलागी हुँदा दर्जनौंको मृत्यु, संदिग्धहरू हिरासतमा

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ मंसिर ६ गते २०:१०

Image Credit-CCTV

मध्य चीनको एउटा प्लान्टमा आगलागी हुँदा ३६ जनाको ज्यान गएको छ भने दुई जना बेपत्ता भएको सरकारी सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार बताएको छ ।

सोमबार दिउँसो हेनान प्रान्तको आन्याङ सहरको एउटा प्लान्टमा आगलागी भएको भन्दै समाचार एजेन्सी सिन्ह्वाले थप विवरण भने नआएको जनाएको छ ।

राज्यद्वारा सञ्चालित मिडियाले भने उद्धार सेवाहरूले पहिलो पटक काइक्सिंडा ट्रेडिङ कम्पनी लिमिटेडमा ४:२२ बजे आगलागी भएको रिपोर्ट प्राप्त गरेको थियो ।

“अलार्म बजेपछि नगरपालिकाको दमकल उद्धार टोलीले तुरुन्तै घटनास्थलमा सेना पठायो” सिसी टिभी मेडियाले रिपोर्ट गरेको छ ।

“सार्वजनिक सुरक्षा, आपतकालीन प्रतिक्रिया, नगरपालिका प्रशासन र विद्युत आपूर्ति एकाइहरू आपतकालीन ह्यान्डलिङ र उद्धार कार्य गर्न एकै समयमा घटनास्थलमा पुगेका थिए” सिसीटिभीले उल्लेख गरेको छ “स्थानीय समय अनुसार राति ११ बजेतिर आगो निभाइएको थियो।”

राज्य मिडियाले साझा गरेको घटनास्थलको फुटेजमा आगो र कालो धुवाँको बाक्लो मुस्लो दखिएको छ । कम्तिमा दुई वटा ट्रकहरू आगो निभाउन लागेका छन् ।

मृतक र बेपत्ता बाहेक, दुईजनालाई अस्पताल पठाइएको थियो त खतरामा नभएको सिसीटिभीले जनाएको छ ।

अधिकारीहरूले आगलागीको सम्बन्धमा संदिग्ध अपराधिकहरूलाई हिरासतमा लिइएको बताएपनि थप विवरणहरू दिएका छैनन् ।

आगलागीको कारण भने खुलाइएको छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक