आइतबार, असोज ७, २०८०

कतारको रंगशाला बनाउँदा हजारौं नेपाली कामदारको मृत्यु : फ्रान्सेली मेडिया

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ मंसिर ६ गते २०:३३

Photo -France 24.com

विश्वकपकालागि कतारमा रंगशाला बनाउने क्रममा हजारौं नेपाली कामदारको मृत्यु भएको फ्रान्सेली मेडियाले मंगलवार दाबी गरेको छ ।

फ्रान्सेली मेडिया फ्रंस २४ (अनलाईन, टिभी र अखवार) ले कतारमा सन् २०१० देखि विश्वकप निर्माणस्थलमा हजारौं नेपाली कामदारको मृत्यु भइसकेको दाबी गरेको हो

२४ का अनुसार पीडितका शोकाकुल परिवारलाई कतारी कम्पनीहरूले विरलै कुनै क्षतिपूर्ति दिइरहेका छन् । धेरैजसो मृत्यु अग्लो भवनबाट खसेर वा हृदयाघातका कारण भएको हो ।

मानव अधिकार समूहहरूले कतारमा काम गर्ने अवस्थामाथि प्रश्न उठाएका छन्, जहाँ तापक्रम प्रायः ५० डिग्री सेल्सियससम्म पुग्छ। कतिपय कामदारहरू घर फर्किन्छन्, तर तिनीहरूको स्वास्थ्य बिग्रिएको हुन्छ। यसका बाबजुद पनि धेरै नेपालीहरू खाडीमा जाने क्रम जारी छ।

स्थानीय अधिकारीका अनुसार १३ हजार नेपाली कतारमा विश्वकप निर्माण स्थलमा काम गर्न गएका छन् । तीमध्ये करिब २ हजारको मृत्यु भइसकेको छ । विभिन्न मानव अधिकार समूहहरूले यो संख्यालाई धेरै कम आँकलन गर्ने विश्वास गर्छन् ।

आफ्नो देशमा जागिरको अभाव र उच्च पारिश्रमिकका कारण हरेक वर्ष ५ लाख नेपाली खाडी राष्ट्र र मलेसियामा काम गर्न जान्छन् । उनीहरुको काम गर्ने अवस्थालाई आधुनिक दासप्रथा भनिन्छ । फुल रिपोर्ट सुनुस, हेर्नुस् ।

तपाइँको प्रतिक्रिया

फेसबुक