बिहीबार, वैशाख ६, २०८१

इतिहासमा सबैभन्दा महँगो विश्वकप, केमा कति ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ मंसिर ९ गते १६:५६

संसारले अन्ततः मानव इतिहासको सबैभन्दा ठूलो पुँजी अभियानको अन्तिम परिणाम देखिरहेको छ । किनभने अहिले दर्शक, खेलाडीहरु विश्वकै सर्वाधिक महँगो विश्वकपमा सहभागि भैरहेका छन् ।

कतारका अर्थ मन्त्रीले २०१७ मा देशले सडक, होटल, स्टेडियम र एयरपोर्ट स्तरवृद्धि लगायतका पूर्वाधार परियोजनाहरूमा प्रति हप्ता ५० करोड डलर खर्च गरिरहेको बताएका थिए । यति रकम विश्वकपमा यस अघि कहिल्यै भएको थिएन । त्यसैले यो इतिहासकै सबैभन्दा महँगो विश्वकप हो ।

कतारले २०१० को अन्तमा विश्वकप आयोजकको रूपमा छनोट भएदेखि एक दर्जन वर्षमा दुई खर्ब २० अर्व डलर खर्च गरेको अनुमान गरिएको छ । त्यो भनेको रसियाले २०१८ को आयोजनामा खर्च गरेको भन्दा १५ गुणा बढी हो।

यो देश सम्भावित रूपमा हजारौं कामदारहरूको लागि गहन छानबिनको घेरोमा छ जसमध्ये धेरै अन्य देशहरूबाट आएका छन् । तिनले ठूला परियोजनाहरू सफल पार्न न्यूनतम तलबको लागि गम्भीर परिस्थितिमा काम गरे र ज्यान गुमाएका पनि छन् ।

अहिले पनि यो साहसी जोखिम लिएर कतारले फिफालाई आफ्नो देशलाई आयोजकको लागि अनुमति दिन लगाएको मोटो रकम दिएर हो कि होइन भन्ने शंका गरिएको छ । यो विश्व कप आयोजनाले आफ्नो देशलाई रकम भुक्तान गर्न सक्षम हुने नहुनेपनि झनै स्पष्ठ छैन । फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले विश्व कप शुरु हुने एक साता अघि कतारलाई आयोजना गर्न दिने निर्णयलाई “खराब विकल्प” भनेका थिए।

“यो एउटा सानो देश हो” ब्लाटरले स्वीस पत्रिका समूह तामिडियालाई भने “फुटबल र विश्वकप यसको लागि धेरै ठूलो छ ।”

विश्वकपका सबैभन्दा महत्त्वपूर्ण आर्थिक तथ्याङ्कहरू (डलरमा):

१३ हजार डलर: अमेरिकाले विश्व कप जित्दा १०० डलर दाउमा बाजी लगाउनेले कमाउने रकम । यो इङ्गल्याण्ड, वेल्स र इरानभन्दा अगाडिनै बाजि समाप्त हुनुपर्ने गरि हो ।

४ करोड २० लाख डलर : यो सबै जित्ने टोलीलाई दिईने पुरस्कार राशि हो । प्रत्येक टोलीलाई खेलाडीहरूले कुन सेयर प्राप्त गर्ने भनेर निर्णय गर्न फिफाले अनुमति दिन्छ।

६० करोड डलर : फ्रान्सेली फुटबल संघलाई प्रायोजित गर्न नाइकले सम्झौता गरेको रकम । नाइकले ३२ टोलीको क्षेत्रमा १३ राष्ट्रहरूसँग विभिन्न आकारका सम्झौताहरू गरेको छ, जुन कुनै पनि कपडा ब्रान्डमा सबैभन्दा धेरै हो। सात टोलीलाई एडिदासको गियर हुन्छ र छ टोलीले पुमा लगाउनेछन् । न्यू ब्यालेन्स, हुम्मेल, काप्पा, माजिद, म्याराथन र वान अल स्पोर्ट्सले एक एक राष्ट्रलाई प्रायोजन गरेको छ ।

१२ करोड ८० लाख डलर: सबैभन्दा धेरै कमाउने खेलाडी फ्रान्सका केलियन एमबाप्पे हुन्, जसले यस वर्ष पेरिस सेन्ट-जर्मेनसँगको आफ्नो सम्झौता मार्फत मैदानमा ११ करोड डलर कमाउनेछन् । फोर्ब्सको अनुमान अनुसार मैदान बाहिर अर्को एक करोड ८० लाख डलर कमाउने छन् । उनले खेलमा फ्रान्सको नतिजाको आधारमा थप अपेक्षाकृत सानो बोनस कमाउन सक्छन् ।

२० करोड ९० लाख डलर: विश्वभरका फुटबल क्लबहरूले आफ्नो राष्ट्रिय टोलीका लागि प्रतियोगितामा खेल्ने खेलाडीहरू विकास गर्नका लागि फिफाद्वारा छुट्याएको कोषबाट प्राप्त गर्ने रकम । रकम प्रति खेलाडी लगभग १० हजार डलर प्रति दिन प्राप्त गर्छन् । ब्राजिलमा २०१४ को विश्वकपपछि कोष तीन गुणा बढेको छ ।

२७ करोड ७० लाख डलर : डेभिड बेकह्यामलाई कतारले २०२२ विश्वकपको लागि राजदूतको रूपमा भुक्तान गरेको थियो, जुन १० वर्षमा किस्तामा भुक्तान गरिएको व्यापक रूपमा रिपोर्ट गरिएको छ ।

४४ करोड डलर : २०२२ विश्वकपको कुल पुरस्कार । २०१८ मा ४० करोड थियो। तुलना गरेर हेर्दा सन् २०१९ महिला विश्वकपको पुरस्कार पूल तीन करोड डलर मात्रै थियो ।

एक अर्ब ७० करोड डलर : यस वर्षको विश्वकपको लागि फिफाले कभर गरेको खर्च, जसमा सबैभन्दा ठूलो खर्च पुरस्कार राशि, आतिथ्य र रसद (३२ करोड २० लाख मिलियन), टिभी सञ्चालन (२४ करोड ७० लाख) जस्ता परिचालन खर्चहरू छन् ।

एक अर्ब ८० करोड डलर: अमेरिकी गेमिङ एसोसिएसनका अनुसार यो वर्षको विश्वकपमा जुवा खेलिने अनुमान गरिएको रकम अमेरिकामा मात्रै हो। कार्यक्रममा २ करोड भन्दा बढी अमेरिकीहरूले दाउ लगाउने (जुवामा दाउ राख्ने) अपेक्षा गरिएको छ।

चार अर्ब ७० करोड डलर : फिफा को २०२२ को बजेट अनुसार, विश्वकपबाट अपेक्षित राजस्व। टिभी प्रसारण अधिकार दुई अर्ब ४० करोड डलर र मार्केटिङ अधिकारले अर्को एक अर्ब ३५ करोड डलर हुन्छ, जबकि टिकट बिक्री र आतिथ्य अधिकारमा ५० करोड डलरसम्म थपिन्छ।

६ अर्ब ५० करोड देखि १० अर्ब डलर : कतारले यस वर्षको विश्वकपको लागि सात फुटबल स्टेडियमहरू बनाउन कति खर्च गर्यो भन्ने अनुमानको दायरा हो । कार्यक्रम पछि स्टेडियमहरुको भागहरु झिकेर अन्य देशहरुलाई दान गरिनेछ । विद्यालयहरु, पसलहरु, क्याफेहरु, खेलकुद सुविधाहरु र स्वास्थ्य क्लिनिकहरु सामुदायिक स्थानमा लगेर पुन: निर्माण गरिने छ। एउटा स्थान, स्टेडियम ९७४ पुनर्नबिकरण शिपिंग कन्टेनर (भत्काएर, फुकालेर फेरि अन्यत्र निर्माणमा प्रयोग गर्न सकिने) हरू प्रयोग गरेर निर्माण गरिएको थियो । त्यसैले तिनलाई पूर्ण रूपमा भत्काइनेछ र हालको ठाउँबाट हटाइनेछ ।

१४ अर्ब २० करोड डलर: मस्को टाइम्सका अनुसार रूसको २०१८ विश्वकपको आयोजनासँग सम्बन्धित कुल लागत । सबैभन्दा ठूलो लगानीमा यातायात पूर्वाधार (६ अर्ब ११ करोड), स्टेडियम निर्माण (तीन अर्ब ४५ करोड) र आवास (६८ करोड) छ।

दुई खर्ब २० अर्ब डलर : कतारले विगत १० वर्षमा विश्वकपको तयारीमा खर्च गरेको अनुमानित लागत। सरकारी अधिकारीहरूले संख्याको पुष्टि गरेनन्, तर २०१७ मा, कतारका अर्थमन्त्रीले देशले पूँजी परियोजनाहरूमा प्रति हप्ता ५० करोड डलर खर्च गरिरहेको बताएका थिए ।

तपाइँको प्रतिक्रिया