मंगलबार, चैत ६, २०८०

एमबाप्पेले डेनमार्कबिरुद्द फ्रान्सलाई जिताएपछि अन्तिम १६ को प्रारम्भिक स्थानमा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ मंसिर ११ गते १३:५७

फ्रान्सका किलियन एमबाप्पेको दुई गोलले फ्रान्सले उत्साहजनक रुपमा डेनमार्कलाई २-१ ले पराजित गर्दै ले ब्लु (फ्रान्सेली जर्सी) लाई नकआउटको प्रारम्भिक टिकट दिलाएको छ ।

यो फ्रान्सको लागि उत्कृष्ट नतिजा थियो । कडा र दृढ मानिएको टोली डेनमार्क विरुद्ध आफ्नो लचिलोपन र प्रतिभा देखाउँदै फ्रान्सलाई एम्बाप्पेले बिजयी गराउनु चमत्कारिक मानिएको छ ।

बुधबार अष्ट्रेलियालाई फ्रान्सले ४-१ ले हराएपछिको जितसँगै फ्रान्सेली टोलीले उपाधि जित्ने शीर्ष दावेदारको रूपमा आफूलाई प्रमाणित गरेको छ ।

केलियन एमबाप्पेले डेनमार्कसितको खेलमा पहिले भन्दा अझै बढि शसक्त प्रदर्शन गरे । उनी फ्रान्सको अब्बल, चमत्कारिक खेलाडी हुन् भन्ने फेरि प्रमाणित गरिदिएका छन् । डेनमार्कको कडा सुरक्षापंक्ति, वरिपरिबाट घेराउ गरिएका एमबाप्पेले ती दुई प्रहार गरी अवसरहरूमा बदल्न निकै कौशल अपनाए । निकै प्रहार गरे ।

तपाइँको प्रतिक्रिया

फेसबुक