बिहीबार, वैशाख १३, २०८१

तलव वृद्धिको माग गर्दै हंगेरीका शिक्षकद्वारा संसदमा प्रदर्शन

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ मंसिर ११ गते १९:२२

Image credit-Hungary Today

हंगेरीका शिक्षकहरुले आफ्नो तल वृद्धि गर्नुपर्ने माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेका छन् ।

हंगेरीका शिक्षक युनियनहरूले राजधानी बुडापेस्टस्थित गृह मन्त्रालयमा निवेदन समेत दिएका छन् । सरकारसित तत्काल शिक्षा प्रणालीमा सुधार गर्न र शिक्षकहरूको तलब बढाउन माग गरेका छन् ।

त्यहाँ शिक्षा प्रणाली ठिक नभएको, शिक्षहरुको तलब ज्यादै न्युन भएको भन्दै शिक्षक, अभिभावक र विद्यार्थीहरुले महिनौंदेखि प्रदर्शन गर्दै आएका छन् ।

सरकारले शिक्षा मन्त्रालयलाई बन्द गरेर उक्त मन्त्रालय पूर्वप्रहरी अधिकारीको नेतृत्वमा रहेको गृह मन्त्रालयमा समाहित गरेको छ । यसले त्यहाँ ठूलो बिरोध र असन्तुष्टी पैदा गराएको छ ।

शनिबार सरकारलाई निवेदन दिएपछि हजारौंले संसदमा र्‍याली गरेका हुन् ।

एउटी शिक्षिकाले भनिन् “हामीले शिक्षाको स्वतन्त्रता, शिक्षाको एक स्वतन्त्र मन्त्रालय र सबै भन्दा तलब वृद्धिको माग गरिरहेका छौं किनभने हाम्रो ठाउँ लिने र शिक्षण जारी राख्ने कुनै युवाहरू छैनन्। शिक्षकको तलब यति न्युन र शिक्षाको स्तर यति खस्कँदो छ कि अब युवाहरु आकर्षितनै भएका छैनन् ।”

शिक्षकहरुको भनाई छ “हाम्रो शिक्षा प्रणालीलाई अब कुनै पनि व्यवस्था अन्तर्गत, थिति अनुसारको भन्न नसकिने अवस्थामा पुर्‍याएकाले हामीले प्रदर्शन गरिरहेका छौं, यो समस्या र गबडबडी, समस्याको रापनै राप र निराशाको भुंग्रोनै भुंग्रोको थुप्रो हो । यो जत्तिकै गडबडीको थुप्रो अर्को छैन । यसमा आमूल र व्यापक सुधार आवश्यक छ।”

तर राष्ट्रपति ओर्बानले भने यदि ईयुले हंगेरीमा प्रजातन्त्रको क्षय भएको भन्दै सहयोग दिनुपर्ने रकम रोक्का गरेकाले रकम नभएको र यदि त्यो रकम जारि गरेमा मात्र उनले शिक्षकहरूको तलब बढाउने बताएका छन् ।

ईयुले हंगेरीले कानुनी शासनलाई कमजोर बनाएको आरोप लगाउँदै सहयोग र अनुदान रकमसमेत रोक्का गरिदिएको छ । हंगेरी ईयुका सिमाहरु तोड्ने र रुससित निकट भएको आरोप लाग्दै आएको छ ।

तपाइँको प्रतिक्रिया