शुक्रबार, वैशाख १४, २०८१

यि हुन् विश्वमै सबैभन्दा लामो समय शासन गर्ने ब्यक्ति

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ मंसिर १४ गते ०:२७

Image source-waltainfo.com

इक्वेटोरियल गिनीका टियोडोरो ओबियाङ विश्वमै सबैभन्दा लामो समय शासन गर्ने ब्यक्ति बनेका छन् ।

निर्वाचनमा छैठौं पटक विजयी भएपछि उनी विश्वको सबैभन्दा लामो समयसम्म शासन गर्ने शासक बनेका हुन् ।

राष्ट्रपतिको रूपमा छैटौं कार्यकालको लागि छानिएका टियोडोरो ओबियांग न्गुमा म्बासोगोले अगस्ट १९७९ देखि शासन गर्दै आएका छन् । तेलको धनी इक्वेटोरियल गिनीमा शासन गर्दै आएका उनले असहमतिलाई कुचल्ने गरेको आरोप लाग्ने गरेको छ । साथै उनको बिरुद्द कू हुनसक्ने आशंकापनि ब्यक्त हुने गरेकाले त्यसलाई निकै निगरानी र होसियारी अपनाउने गरेको बताइन्छ ।

यि ८० वर्षीय वृद्धले ४३ वर्ष सत्ता चलाए । आजको संसारमा जीवित कुनै पनि नेताको सबैभन्दा लामो समय यिनैको मानिएको छ ।

उनले फ्रान्सिस्को मासियास न्गुमाबाट शक्ति कब्जा गरेका थिए । उनी १९६८ मा स्पेनबाट स्वतन्त्र भएपछि इक्वेटोरियल गिनीको पहिलो राष्ट्रपति बने र पछि आफूलाई आजीवन राष्ट्रपति घोषणा गरेका थिए । ओबियाङका काका माकियासलाई कू गरेको दुई महिनापछि ‘फायरिङ स्क्वाड’ द्वारा मृत्युदण्ड दिइएको थियो ।

ओबियाङका विपक्षीहरू उनले देशलाई फलामको मुट्ठीमा राखेको र देश “अफ्रिकाको उत्तर कोरिया” भएको उल्लेख गर्छन् ।

उनको शासनको मानव अधिकारवादीहरुले निन्दा गर्दै आएका छन् । किनभने त्यहाँ धेरै अमानविय यातना दिने गरिएको आरोप छ । नियमित रूपमा अधिकार हनन गरेको, सामूहिक र स्वेच्छाचारी गिरफ्तारीहरू गरेको, असन्तुष्टहरूलाई भयानक जेलको अवस्थामा राखिएको र षड्यन्त्रकारीको आरोप लगाएर ति विरुद्ध बारम्बार सफाई गरेका छन्।

त्यहाँ एउटा मात्र अधिकृत विपक्षी दल छ । ओबियाङले लगभग पूर्ण राजनीतिक नियन्त्रण अभ्यास गर्दै आएका छन् ।

सन् २०१६ मा उनी ९३ दशमलव ७ प्रतिशत मतले पुन: निर्वाचित भएका थिए । यस पटक ९८ प्रतिशत मतदान भएकोमा आधिकारिक परिणामले उनलाई ९४ दशमलव ९ प्रतिशत दिएको देखाउँछ ।

ओबियाङका छोरा टिओडोरिनका नामले चिनिने ओबियाङ मङ्गेलाई उनको उत्तराधिकारीका रूपमा व्यापक रूपले हेरिएको छ । उनी मंगलवारदेखि उपराष्ट्रपतिको पदमा उक्लिएकाले अब बाबुको शासन सकिएर छोराले वर्षौं एकलौटी शासन गर्ने तयारि गरिरहेको अनुमान गरिएको छ ।

सन् २०१६ मा निर्वाचन अघि एक अन्तर्वार्तामा एल्डर ओबियाङले फ्रान्सेली भाषाको ‘जन अफ्रिक (युवा अफ्रिका)’ पत्रिकालाई आफू यो अन्तिम पटक उम्मेदवार हुन लागेको बताएका थिए ।

“म धेरै लामो समयदेखि सत्तामा छु, तर जनताले मलाई आफ्नो राष्ट्रपति बनाउन चाहन्छन्,” उनले भनेका थिए ।

तपाइँको प्रतिक्रिया