शुक्रबार, चैत १६, २०८०

किन केही मानिसहरूतिर लामखुट्टे बढी आकर्षित ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ पुष १ गते ६:००

पोथी लामखुट्टे कुनै पनि मानिसतिर आकर्षित हुन्छ । तर हामीमध्ये केहिलाई अरूलाई भन्दा धेरै टोक्छ । यसको जवाफ हाम्रै छालामा लुकेको हुन सक्छ।

हाम्रो उपस्थिति पोथी लामखुट्टेबाट लुकाउन असम्भव छ । किनभने उसले हाम्रो कार्बनडाईअक्साईड श्वास, शरीरको ताप र शरीरको गन्ध मार्फत् मानव प्रजातिको कुनै पनि सदस्यलाई खोज्न सक्छ । तर हामी मध्ये केही फरक छौं । “लामखुट्टे म्याग्नेट” वा लामखेट्टीका लागि बढी आकर्षित हुन्छौं ।

रक्त समूह, रक्तमा चिनीको स्तर, लसुन वा केरा उपभोग, एक महिला हुनु, र बच्चा हुनुले कुनै कुनै लामखुट्टेप्रति मानिस बढी लोकप्रिय भईदिन्छ । चिनी धेरै छ भने रगतमा, महिला हो भने, लसुन र केरा धेरै खाएको ब्यक्ति छ भने ऊतिर पोथी लामखुट्टे बढी आकर्षित हुन्छ । यो बैज्ञानिकहरुले लामखुट्टे आकर्षित हुन्छ भन्ने सिद्धान्त दिएका हुन् ।

“तर यहिनै हो भनेर किटानका साथ भन्ने विश्वशनिय तथ्यांक भने कम छन्” न्यूरोजेनेटिक्स र व्यवहारको रकफेलर प्रयोगशालाका प्रमुख लेस्ली भोसल भन्छन् ।

यही कारणले गर्दा पिएचडी गर्दै रहेका भोसल र मारिया एलेना डे ओबाल्डियाले एक प्रयोगशालामा विभिन्न लामखुट्टेको अपील बारे अध्ययन गरे । छालाको माइक्रोबायोटासँग जोडिएको व्यक्तिगत गन्धका भिन्नताहरू व्याख्या गर्नको लागि प्रमुख सिद्धान्त अन्वेषण गर्न थाले ।

तिनीहरूले हालै एक अध्ययन मार्फत छालाबाट निस्कने बाक्लो अम्ल (फ्याटी एसिड) ले लामखुट्टेले प्रतिरोध गर्न नसक्ने अत्तर बनाउन सक्छ भन्ने प्रदर्शन गरे। उनीहरुले उक्त नतिजा ‘सेल’ बैज्ञानिक पत्रीकामा प्रकाशित गरेका छन् ।

रकफेलर युनिभर्सिटीका रोबिन चेमर्स न्युस्टेन प्रोफेसर र हावर्ड ह्युजेस मेडिकल इन्स्टिच्युटका प्रमुख वैज्ञानिक अधिकारी भोसल भन्छन्, “तपाईको छालामा यी फ्याटी एसिडहरूको ठूलो मात्रा हुनु र लामखुट्टे चुम्बक झैं आकर्षित हुनुको बीचमा एकदमै बलियो सम्बन्ध छ।”

उनीहरुले नाईलनको मोजा लगाउन र केहिलाई नलगाई लामखुट्टे आकर्षण गर्ने मलम वा वस्तु लगाई दिएका थिए । केहिलाई फेरि केहि हप्ता र दिनको अन्तरालमा परिक्षण गरिएको थियो । केहिको शरिरमा लामखुट्टे आकर्षण हुनछन् भन्ने मानिएका वस्तुको रस छर्किएको थियो । पन्जा लगाएर, नलगाईकन, विभिन्न समयको अन्तरालमा परिक्षण गरिएको थियो। ट्युब बनाएर लामखुट्टेका विविध प्रजाति आकर्षित हुने बनाइएको थियो।

मानिसले मुख्यतया दुई वर्गको गन्ध उत्पादन गर्छ जुन लामखुट्टेले गन्ध रिसेप्टरका दुई फरक सेटहरूद्वारा पत्ता लगाउँछन् : ओर्को र आईआर रिसेप्टरहरू। लामखुट्टेले मानिसलाई भेट्टाउन नसक्ने कुनै तरिका भेटिन्छ कि भनेर हेर्न अन्वेषकहरूले उत्परिवर्तीत (म्युटेन्ट) हरू सिर्जना गरे जसमा एक वा दुबै रिसेप्टरहरू हराइरहेको थियो। ओर्को उत्परिवर्तीहरू मानिसहरूमा आकर्षित भए र लामखुट्टे चुम्बकिय क्षमताहरू र कम आकर्षणहरू बीचको भिन्नता छुट्याउन सक्षम भए । जबकि आइआर म्युटेन्टहरूले फरक-फरक हदसम्म मानिसहरूप्रति आफ्नो आकर्षण गुमाए । तर अझै पनि मानिसलाई फेला पार्ने क्षमता कायम राखे।

ट्यसैले उनीहरुले प्रभावकारि लामखुट्टे निरोधकको विकास गर्न खोजिरहेका छन् । यो खोजले अन्वेषकहरूलाई मलेरिया फैलाउने एनोफेलिस जीनस सहित अन्य लामखुट्टे प्रजातिहरूको परीक्षण गर्न प्रेरित गर्ने बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक