मंगलबार, चैत ६, २०८०

एनआरएनए स्वास्थ्य समितिद्वारा झापामा स्वास्थ्य शिविर सन्चालन

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ मंसिर १८ गते ३:३७

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापाको दमकमा स्वास्थ्य शिविर चलाएको छ ।

दमक नगरपालिका, दमक रेडक्रस र केआइएसको सहकार्यमा शनिवार उक्त शिविर आयोजना गरिएको हो । शिविरमा मिर्गौला, मधुमेह, हृदय रोग र उच्च रक्तचाप सम्बन्धी रोगका १५० भन्दा बढीले विरामीहरुले जाँच गराएको समितिका अध्यक्ष डा. संजिव सापकोटाले बताएका छन् ।

शिविरमा ल्याब प्राविधिकले रगत क्रिएटिनिन, एचबीइवनसी लिपिड स्पेक्ट्रम, रगत, रेडियोग्राफी एक्स- रे, इकोकार्डियोग्राफी, एकेजी मापन गर्न अत्याधुनिक उपकरणहरू प्रयोग गरेको स्वास्थ्य समितिले जनाएको छ ।

शिविरमा तीस भन्दा बढी स्वास्थ्य विशेषज्ञ, नर्स, मेडिकल प्यारामेडिकहरू संलग्न थिए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सञ्जीव शर्माले स्वास्थ्य शिविरमा नआउने व्यक्तिको मुटुमा भएको रोग पत्ता लगाउन मद्दत गर्ने इको कार्डियोग्राफी गराएका थिए । साथै बीपीकेआईएचएस र चितवन मेडिकल कलेजसँग सम्बन्धित धेरै डाक्टरहरूले चिकित्सा परामर्श प्रदान गरेका थिए ।

स्वास्थ्य शिविरमा एनआरएनए स्वास्थ्य समितिका डा. सागर पौडेल र डा. सञ्जीव सापकोटाले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक