शुक्रबार, वैशाख १४, २०८१

दशौं नेपाल साहित्य महोत्सव पुष ६ गतेबाट पोखरामा

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ मंसिर २० गते ४:१५

नेपालको चर्चित अन्तर्राष्ट्रिय साहित्य महोत्सव पुष ६ गते (२१ डिसेम्वर) बाट पोखरामा शुरु हुने भएको छ ।

यो पर्वमा नेपालको कला, साहित्य लगायत पर्यटन, संगित, प्रक्रिति, अर्थ, राजनिति लगायतका विभिन्न विषयमाथि बिशेषज्ञ र चर्चित लेखकहरुले बहस र छलफल चलाउने गरेका छन् ।

नेपालको सुन्दर र पर्यटकिय शहर पोखरामा पुष ६ देखि १० गते (२१ देखि २५ डिसेम्वर) सम्म हुने यो कार्यक्रममा नेपालका मात्रै नभएर भारत, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायत लगायत विश्वका बिभिन्न देशबाट लेखक, पत्रकार र विज्ञहरु सहभागि हुने छन् ।

यो कार्यक्रममा देशका विभिन्न जल्दाबल्दा र लुकेका विषयमा संवन्धित क्षेत्रका विज्ञयहरुलाई राखेर बहस गराइन्छ । समाजमा लुकेका तर ज्यादै महत्वपूर्ण विषयहरुमा बहस गराएर तिनलाई संवन्धित क्षेत्रका नितिनिर्माणकर्ता, सरकार र आम नागरिकमाझ ल्याइदिने गरिएको छ ।

बिभिन्न विषयका लेखक र पत्रकारहरुको जमघट हुने भएकाले विभिन्न विषयको लेखनका बारेमा बिचार, विश्वमा बदलिंदो षयमाथिको प्रस्तुति र शैली, बिभिन्न विषयको लेखनमा रहेका समस्या लगायतका विषयमा लेखकहरुले छलफल र बहस गर्नाले यो निकै महत्वपूर्ण पर्वका रुपमा रहने गरेको छ । यो पर्वलाई नेपालले आयोजना गर्ने अन्तर्राष्ट्रिय स्तरको नमुना कार्यक्रम मानिएको छ ।

यो सन् २०११ मा बुकवर्म फाउन्डेशन, एक गैर-लाभकारी संस्था द्वारा स्थापित भएको थियो। महोत्सवको हालको मुख्य प्रायोजक आइएमई ग्रुप रहेको छ । यो पर्वको पहिलोदेखि चौथो संस्करण काठमाडौंमा भएको थियो । पाँचौं संस्करणबाट पोखरामा गर्न लागिएको हो ।

तपाइँको प्रतिक्रिया