बिहीबार, चैत १५, २०८०

देशलाई संवृद्द बनाउन विश्वबाट पानी र माटो नेपालमा

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ मंसिर २० गते ६:१५

फ्रान्सको ईभेत खोलाको पानी र माटो एनआरएनए कार्यालय काठमाडौंमा । अन्य देशको पानी र माटो ल्याउनेक्रम पनि जारि छ ।

नेपाललाई संवृद्द बनाउन सकिन्छ कि भन्ने उद्देश्यले विश्वका सम्पन्न मुलुकको माटो र पानी नेपाल ल्याईएको छ ।

लामो समयदेखि नेपालमा आर्थिक तथा राजनितिक समस्या रहेको, विकास सोचे अनुरुपको नभएकाले विश्वका खासगरि सामाजिक, आर्थिक क्षेत्रमा सम्पन्न मुलुकको पानी र माटो ल्याएर कोटिहोम गर्न लागिएको हो ।

मुलुक बन्ने माटो र पानीले मात्रै नभएर यसमा धार्मिक, राजनितिक, आर्थिक, सामाजिक सबै भावना र विकासका माध्यमसमेत रहेकाले विश्वभरिको माटो र पानी नेपालमा ल्याएर पूजापाठ गर्न लागिएको हो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले यो अभियान शुरु गरेका हुन् ।

उनले यहि डिसेम्वर २३ का विश्वको बिभिन्न मुलुकबाट ल्याएको पानी र माटोसहित कोटिहोम गर्न लागेका हुन् ।

उक्त अभियानकालागि एनआरएनएले आफ्ना सामाजिक सन्जालहरुमा विश्वभरिका नेपाली आफू बसेको देशको केहि माटो र पानी काठमाडौं ल्याइदिन आव्हान गरेको थियो ।

एनआरएनएको आव्हान अनुसार हाल नेपाल आउने नेपालीले माटो र पानी ल्याएर एनआरएनए कार्यालय वा महतोको निवासमा छोडिदिने गरेका छन् ।

नेपालमा आशा गरे अनुरुप आर्थिकरुपमा संवृद्द हुन नसकेकाले संवृद्द देशको माटो र पानी ल्याएर यहाँ मिसाईदिए केहि हुन्छ कि भन्ने भावनाले उपेन्द्र दाईले यो काम गर्न लाग्नुभएको हो” गैर आवासीय नेपाली संघका युवा उपाध्यक्ष रोशन थापाले नेपालप्लससित भने ।

डा महतोले कोटिहोम लगाउन लागेपनि माटो र पानीको यो कार्यक्रमलाई एनआरएनएकै एक अभियानका रुपमा हेरिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक