शनिबार, वैशाख ८, २०८१

एनआरएनएमा विवादै विवाद, कार्यकारी अध्यक्ष थापामाथि अविश्वाशको मत दर्ता

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ मंसिर २४ गते ९:५५

रबीना थापा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व तहमा भद्रगोल हुनुको साथै वर्तमान कार्यकारी अध्यक्ष रवीना थापामाथि केहि गम्भिर आरोप सहित अविश्वाशको मत दर्ता भएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार ४ डिसेम्बरका दिन बसेको बैठकपछि संघको विवाद उत्कर्षमा पुग्गेको हो । अध्यक्ष रवीना थापामाथि झण्डै एक दर्जन आरोप लगाउँदै अविश्वाशको मत दर्ज भएको छ ।

बैठकमा अध्यक्ष रवीना थापाले दोस्रो मासिक प्रतिबेदनमा महासचिव गौरी जोशीमाथि आफू र संस्थालाई असहयोग गरेको आरोप लगाउँदै रिपोर्टमा आफूले मिल्लाएर उल्लेख गर्ने बताएकि थिईन् । तर त्यस विषयमा बैठकमा थप छलफल भएको थिएन । ६ डिसेम्वरको मितिमा सार्वजनिक नोभेम्वर महिनाको रिपोर्टमा थापाले महासचिव जोशीलाई स्पष्ठेकरण मागिएको तर जोशीले औपचारिक जवाफ नदिएको उल्लेख गरेकि छन् ।

उता महासचिव गौरीराज जोशीले भने अध्यक्ष रवीना थापाले तयार पारेको नोभेम्वर महिनाको प्रतिबेदनमा झुठा कुराहरु उल्लेख गरिएको आरोप लगाएका छन् ।

डिसेम्वर ६ को मितिमा जारि रिपोर्टको १६ औं अर्थात् अन्तिम बुँदामा भनिएको छ “गैरआवासीय नेपाली संघको नोभेम्वर पहिलो सातामा तय गरिएको पदाधिकारी बैठकलाई अन्तिम समयमा आएर कार्यकारी अध्यक्षको सहमतिबिना जवर्जस्ती बैठक स्थागित गर्ने महासचिव गौरीराज जोशीसँग औपचारिक रुपमा स्स्पष्ठिकरण मागिएको तर उहाँबाट हाल सम्म कुनै औपचारिक जवाफ प्राप्त भएको छैन्। संघको विधान र सहमतिको कार्यविधि उल्लंघन गर्नुभएकोमा जोशीलाई समेत सचेत गराइएको छ ।”

नोभेम्बर महिनाको पहिलो साता स्थगन गरिएको बैठकबारे थापाले आपत्ती जनाउँदै आएकि छन् भने जोशीले दुई जना अध्यक्ष र दुबै महासचिवको सल्लाह र निर्णय अनुसार रोकेको बताउँदै आएका छन् । उनले थापामाथि दर्ज गरेको अविश्वाशको मतमापनि उक्त कुरा खुलाएका छन् ।

संघको विधान र आम प्रचलन अनुसार कुनै ब्यक्तिमाथि कारवाहि, आरोप वा सचेत गराउनु अघि उसले गल्ति गरेका विषयको जानकारि दिनुपर्छ । तर अध्यक्ष रवीना थापाले त्यसलाई लत्याएर सचेत गराएको भन्दै रिपोर्ट सार्वजनिक गरेको आरोप महासचिव गौरीराज जोशीको भनाई छ ।

डिसेम्वर ४ का दिन बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकमापनि थापाले जोशीले कुन विषयमा गल्ति गरेका हुन् भन्ने स्पष्ठ पार्ने र त्यस आरोपमाथि स्पष्ठिकरणको अवशर नदिएको बताइएको छ ।

नेपालप्लसले महासचिव जोशीलाई ‘तपाईलाई कारवाहि, सचेत गराइएको रहेछ । कस्तो गल्ति गर्नुभयो र किन गर्नुभयो ?’ भन्ने प्रश्न गरेको थियो ।

नेपालप्लसको प्रश्नमा महासचिव जोशीको जवाफ थियो ‘नोभेम्वरको पहिलो साता तय गरिएको बैठक मैले रद्द गरेको होइन । दुई जना अध्यक्ष र दुबै जना महासचिवको सल्लाह र निर्देशनमा रद्द गरेको हो । त्यसबारे पटक पटक जानकारि दि ईसकेको छु । महासचिवमाथि कारवाहि गर्ने वा सचेत गराउने कार्यकारी अध्यक्षको कुनै अधिकार छैन । बिधानको कुन धारा, नियमावलीको कुन प्रावाधानमा टेकेर उहाँले सचेत गराएको भन्दै एकतर्फीरुपमा रिपोर्ट सार्वजनिक गर्नुभयो ? मलाई प्रश्न सोध्ने र मैले स्पष्ठिकरण दिन पाउने ब्यवस्था हुनुपर्दैन ? महासचिवमाथि कार्यकारी अध्यक्षले कारवाहि गर्ने उहाँलाई कुन विधानको कुन धारा, नियम र नियमावलीले दिएको छ ?’

कार्यकारी अध्यक्ष रवीना थापाले नोभेम्वर महिनाको प्रतिबेदनमा महासचिव गौरी राज जोशीलाई सचेत गराएको भन्ने उल्लेख गरेपछि जोशीले अध्यक्ष रवीनाथापामाथि झण्डै एक दर्जन आरोपसहित सात दिन भित्र अविश्वाशको मत दर्ता गराएका छन् ।

उनले वर्तमान कार्यकारी अध्यक्ष नियन्त्रण बाहिर र आफ्नो व्यक्तिगत लाभको लागि एनआरएनएको दुरुपयोग गर्दै रहेक्जो उल्लेख गरेका छन् । उनले उनको मासिक रिपोर्टमाथि ‘नोट अफ डिसेन्ट’ गरेको उल्लेख गरेका छन् ।

उनको अविश्वाशको मतमा भनिएको छ “धेरैजसो उनले नक्कली डाटा उल्लेख गरिरहेकी छिन् र विश्वभरका एनआरएनए साथीहरूलाई गुमराह गर्ने प्रयास गरिरहेकी छिन् । उनीसँग विश्वव्यापी नेपाली डायस्पोरालाई नेतृत्व र एकताबद्द गर्ने क्षमता छैन । त्यसैले म सबै आईसीसी सदस्यहरूसँग ७ दिन भित्र अविश्वासको मतको लागि अनुरोध गर्न चाहन्छु ।”

एनआरएनएका प्रमुख कार्यकारी अध्यक्ष (सीईओ) रवीकिरण अधिकारी विरुद्ध कार्यकारी अध्यक्ष रवीना थापाले कारवाहिको प्रक्रिया अगाडि बढाएकोपनि अविश्वाशको मतबाट बुझिन्छ । उनमाथि ‘कारबाही गर्ने अधिकार कुन उपनियम र संविधानले दिन्छ ?’ भन्दै प्रश्न गरिएको छ “के उनमाथि लगाइएको आरोप बिरुद्द उत्तर दिने अधिकार छैन ? आरोपको स्पष्टीकरण दिने अधिकार छैन ?”

अध्यक्ष रवीना थापाले महासचिवमाथि कारवाहि गर्न खोजेको आरोपपनि महासचिव जोशीको अविश्वाशको मतमा उल्लेख छ ।

“महासचिव विरुद्ध कारबाही गर्ने अधिकार कुन विधान र संविधानले दिएको छ ? २ अन्य अध्यक्ष र एकजना जीएसले बैठक रोक्न आग्रह गरेको र जीएसको कार्यलाई प्रश्न गर्ने उनी को हुन् ? सहमति जुटाउन नसके हामीले अपमान सहनुपर्ने हो ?” जोशीले दर्ज गरेको अविश्वाशको मतमा सोधिएको छ ।

सीईओले आफ्नो मनपर्ने व्यक्तिको नियुक्ति अस्वीकार गरेकाले अध्यक्ष थापा उनको विरुद्धमा लागेको आरोपसमेत उल्लेख गर्दै भनिएको छ “कुनै पनि कर्मचारीलाई प्रत्यक्ष नियुक्ति गर्ने अधिकार कुन विधान र संविधानले दिएको छ ?”

एनआरएनएको आइसिसीमा दर्ज गरिएको अविश्वाशको मतमा अध्यक्ष रवीना थापाले आफ्नो व्यक्तिगत कामको लागि आफ्नो इमेल र प्रेस नोट तयार गर्ने व्यक्तिलाई संस्थाले तिर्नुपरेको आरोपपनि छ ।

आइसिसीमा पठाइएको मतका अनुसार अध्यक्ष थापाले सरकारी संस्थाहरूमा भ्रमण गर्ने, आई एस र कुनै पनि विस्तृत योजनाहरूको स्वीकृति बिना लोकप्रिय भाषण र कार्यक्रमहरू दिने गरेकि छन् । त्यसले एनआरएनएको विश्वसनीयतामा पनि हानि पुर्‍याइरहेको छ ।

अध्यक्ष थापाले लाप्राक नमुना बस्तिमा रहेका साधन र सामाग्रिहरु आफूखुशि बिक्रि गर्न आदेश दिएको गम्भिर आरोपसमेत लागेको छ ।

“किन उनले सीईओलाई कुनै पनि कोटेशन बिना लाप्राक एसेट्स (वस्तु, सम्पत्ती) बेच्न आदेश दिईन् ? सीईओले उनले चाहे अनुसार आदेश नगरेकाले उनीबिरुद्द लागेकि हुन् ?”

उनले सचिवालयका कर्मचारीलाई पटक पटक आदेश दिएर धम्की दिने र कर्मचारीले मानसिक यातना दिएको गुनासो गरेकोसमेत मतमा उल्लेख छ । अध्यक्ष थापामाथि यस्ता गम्भिर आरोप लगाउँदै भनिएको छ “उनीसँग सामाजिक संस्थाको नेतृत्व गर्ने र संस्था हाँक्ने कुनै नैतिकता छैन ।”

महासचिव जोशीले दर्ज गरेको थापा बिरुद्दको अविश्वाशको मतमा सचिवालयलाई महासचिव र अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको स्विक्रितिबिना सबै काम रोक्न अनुरोध गर्दै भनिएको छ “म सचिवालयलाई महासचिव र अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयबाट स्वीकृति बिना सबै काम रोक्न अनुरोध गर्न चाहन्छु । किनकि हामीले उहाँ के गर्न खोज्दै हुनुहुन्छ भनेर जान्न आवश्यक छ।”

तपाइँको प्रतिक्रिया

फेसबुक