मंगलबार, वैशाख ११, २०८१

विश्वकै सुन्दर गाउँ र गल्ली कुन् होला ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ पुष १७ गते १४:०४

अचम्मको कुरा, युरोपको सबैभन्दा सुन्दर सडक राजधानी भित्र छैन । सुन्दर गाउँपनि छैन । ति राडारले देख्न सक्ने वा अत्याधुनिक शंयन्त्र, प्रविधि भएको मानिने गन्तब्यबाट बाहिरै छन् ।

आफ्नो देशका दुई गन्तव्य वरियतामा शीर्ष स्थानमा उक्लिए र स्पेनले वर्षको अन्त्य उच्च स्तरमा रमाएर अन्त्य गरेको छ ।

स्पेनको तीनवटा गाउँले पुरस्कार जितेका छन् जबकि स्पेनको एउटा सहर आधिकारिक रूपमा युरोपको सबैभन्दा सुन्दर सडक भएको शहरपनि हो ।

युरोपको सबैभन्दा सुन्दर सडक कहाँ छ ?

युनेस्कोले आधिकारिक रूपमा युरोपको सबैभन्दा सुन्दर सडक घोषणा गर्दै आएको छ । ति सडकको स्तर (र्यान्किङ) अनुसार।

सन् २०२२ को सम्मान स्पेनको सडकमा गएको छ । तर अचम्मको कुरा यो बार्सिलोना वा राजधानी शहर म्याड्रिड वा सेभिल जस्ता अन्य प्रमुख शहरहरूमा छैन ।

वास्तवमा, अवार्ड एउटा सानो दक्षिणी स्पेनी सहरको एउटा सानो सडक, काले साअन् पेद्रोमा गएको छ।

यसका तीन सर्तहरू मध्ये सौर्य प्यानलले अधिकांश उर्जा पुर्‍याउनुपर्छ र त्यो बिजुलीको उर्जा भन्दा महँगो हुनुहुन्न ।

यो बाटो ओसुना भन्ने सानो शहरको आन्डालुसियन गाउँमा छ । यहाँ १७ हजार बासिन्दा छन् ।

युनेस्कोले यस सडकलाई “१८ औं शताब्दीको पैदल यात्रा” भनेको छ । भवनहरू अन्डालुसियनको बारोक (१७ औं शताब्दीमा गिर्जा घर र पुराना गाउँको मोडेल) को एक असाधारण उदाहरण मानिन्छन् । र वर्षौंमा केही परिमार्जनहरू गरिएको युनेस्कोको भनाई छ ।

लामो छ सडक । अलि ढल्किएको छ सडक र त्यसमा स्पेनी वास्तुकलाको विकास देखाउने भिला र हवेलीहरू छन् ।

यो गाउँको प्रेमुख मुकुट आकर्षण भनेको ‘माक्विसेज डे ला गोमेरा प्यालेस’ हो । यसमा फिक्का ढुङ्गाको गार्गोइल्स शैली छ । घुमाउरो स्तम्भहरू छन् र पारिवारिक क्रेस्टहरूले सजाइएको एक भव्य घर मानिन्छ ।

काले सान पेद्रोलाई सेभिल पर्यटन बोर्ड द्वारा “वास्तुकला को खुला वायु संग्रहालय” भनेर वर्णन गरिएको छ।

यो सडक यसको सांस्कृतिक मूल्य मान्यताको लागि पहिलो पटक प्रसिद्द बनेको होइन। यो १९६७ देखि एक ‘ऐतिहासिक-कलात्मक साइट’ रहेको छ।

संसारका सबैभन्दा सुन्दर गाउँहरू

संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (युएनडब्ल्युटिओ) ले विश्वभरका पर्यटनका लागि उत्कृष्ट गाउँको वार्षिक वरियता किटन गर्दा स्पेन पनि शीर्ष स्थानमा आएको छ ।

म्यानुअल टोरेस गार्सिया

स्पेनको अवार्ड-विजेता गाउँहरू मध्ये एक एक्स्ट्रेमाडुरा क्षेत्रको ग्वाडालुपे हो । सूचीले सामाजिक र वातावरणीय स्थिरतामा जोड दिएर विश्वभरका उत्कृष्ट सामुदायिक पर्यटन गन्तव्यहरूलाई हाइलाइट गर्दछ ।

कुल ३२ शहरहरू सूचीमा परेका छन् युएनडब्ल्युटिओको । स्पेनमा तीनवटा दुर्गम समुदायहरू समावेश गरिएको छ । एकल देशको लागि सबैभन्दा धेरै सूचीमा परेको स्पेनकै हो ।

युरोपका अन्य विजेताहरूमा स्वीट्जरल्याण्डको एन्डरमेट, रोमानियाका रसिनारी र इटालीको इसोला डेल गिग्लियो छन् ।

महल भएको मध्ययुगीन क्याटालान सहर

पर्यटनका लागि संसारकै उत्कृष्ट गाउँहरू मध्येको एउटा क्याटालोनियाको रुपिट हो। बस्तीका सडक र घरहर प्राकृतिक चट्टानबाट काटिएका छन् । १० औं शताब्दीको महललाई घेरेका छन् तिनले ।

स्पेनको सबैभन्दा खोजी नगरिएको सहरमा पर्छ । तर सन् २०२३ मा भ्रमण गर्नका लागि यो पर्यटकरहित, लुकेको सुन्दर गन्तब्य हो ।

बस्तीलाई घेरेर पैदल यात्राको लागि लोकप्रिय प्राकृतिक संरक्षित क्षेत्र कोल्साकाब्रा भन्ने ठाउँ छ जहाँ सुन्दर चट्टान र रमणीय जंगलहरू छन्।

सुन्दर तर लुकेका, प्रचारप्रसारमा नआएका गाउँहरुको उजागर गर्नु, ति क्षेत्रको पर्यटकिय बिकासमा ध्यान दिनु, स्थानिय जनताको आय आर्जन बढाउनु, लुकेका स्थलको महत्वबारे दर्शाउनु युएनडब्ल्युटिओको पर्यटन गाउँ घोषणाको लक्ष्य हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक